अभिषिक्त, आदरणीय, मित्र हो ? योनालाई जस्तै “अबको चालीस दिनमा काठमाडौ नष्ट हुन्छ, जा त्यो ठूलो सहरलाई बचा, प्रचार गर्” भनिएको खण्डमा तपाई के गर्नुहुन्छ ? हामीले के गर्ने – मरोस् भन्ने कि बाँचोस् ? चन्दाको फन्दामा, टायरको गन्धमा, झडप, विरोध र भिडन्तको तमासाबीच सभ्यताको नियन्त्रणरेखा उहिल्यै………………………
सम्मान छ तिमीलाई ….
म तिमीलाई आदर गर्छु तिमीसँग दङ्ग पर्छु रिसाहा मान्छेलाई परमेश्वरले प्रयोग गर्न सक्नुहुन्छ भन्ने सम्भावनाको तिमी बेजोड प्रमाण बन्यौं। बधाई। धार्मिकताप्रति तिम्रो कटिबद्धतासँग परमेश्वर मुग्ध बन्नुभो। परमेश्वरले समेत तिम्रो वादविवाद खप्नुपर्योत। उहाँले तिमीलाई स्पष्टिकरण दिनुपर्ने, कस्तो शिखर व्यक्तित्व हौ तिमी बाइबलको। कत्रो सम्मान तिमीलाई र्स्वर्गको। तिम्रो मिशन ठूलो थियो। वैकल्पिक व्यक्ति थिएन तिम्रो मिशन भियाउने। तिम्रो हस्तक्षेप अपरिहार्य बन्यो निनवे बचाउन। निनवे सहर पनि बचाउने अनि तिम्रो जब्बरधोज मानसिकतालाई पनि सुधार्ने परमेश्वरको योजना थियो कि ?
व्रि्रोही योना, तिमीलाई मैले धेरै पढें। प्रभावशाली लाग्छौ तिमी मलाई। यो लेख्दा मलाई पाकिस्तानको जियाउल हकको याद आइरहेछ। ३१ वर्षअघि संसारका अधिकांश राष्ट्रप्रमुख अनि सरकार प्रमुखहरूले विन्ती गर्दा, दबाब दिँदा, हुकूम दिँदा पनि प्रेसिडेन्ट जियाले जुल्फिकार अली भूट्टोलाई झुण्ड्याई छाडे। कस्तो मान्छे होला पृथ्वीभरिको आवाज नटेर्ने ? त्यसबेला पाकिस्तानमा टायर बलेन। पाकिस्तान नै बल्यो। जियाको रटान, ‘भूट्टो एक सामान्य अपराधी हो, हत्यारा हो।’ जियाको इच्छा भूट्टमाथि अदालती कार्वाही। प्रधानमन्त्री भूट्टो कानूनभन्दा माथि होइनन्। पाकिस्तान दूतावास घेर्न पुगेका विद्यार्थीहरू प्रहरीबाट चुटिए। शान्त काठमाडौ दनदनी बल्न लाग्यो। नेपालमा ३६ सालको डडेलो त्यसरी लाग्यो। जियालाई मूर्दावाद भन्ने जनता वीरेन्द्रतिर मोडिए। पछि जनमतसंग्रहको घोषणा त्यो आगोको दमकल बन्यो। खुस्किसकेको पञ्चायतले अझ दश वर्षआयु कमायो। भूट्टोलाई माफ गरिदेऊ भन्ने विश्व-याचनाको अघि ठिङ्ग उभेर राष्ट्रपति जेनरल जियाले आफ्नो अधिकार प्रयोग गरे। माफी दिएनन्। संसारै छक्क। यस्तो हठी मान्छे। जियासँग म प्रभावित नबनी सकिनँ। उनीसँग एकपल्ट हात मिलाउन पाउनु नि भनी म भन्थे। मित्र चार्ल्स, लोक, के भनेको ? भनी तर्सन्थे।
मलाई हात मिलाउनु मन परेको बाइबलका व्यक्ति हुन् योना। महा अट्टेरी, ढिट र आज्ञा उल्लंघनका शिखर नमुना योनासँग हात मिलाउनु मन लाग्यो भन्दा लिडरहरूको कन्सरी तातिन्छ होला। परमेश्वरको मिशनबाट राजिनामा ठोक्ने र लुरुलुरु आफ्नो बाटो लाग्ने यी अगमवक्ता कस्ता होलान्। होहोरी र प्रचारबाजीको सिकार योना। पुलपिटको अचानामाथि दिनरात किच्याइयो तिमीलाई। तिमीले किन परमेश्वको आज्ञा बेवास्ता गर्यौ त्यसको पनि केही कारण त छ।
प्रभु येशूलाई मेरो धन्यवाद। तपाईले योनाको नाउँ सकरात्मक रूपले उच्चारण गर्नुभो। योना हामीले सोचेजस्तो कलंकित होइनन् भन्ने कुरा मैले सिकें (मत्ती १३:३९,४०)। मुक्तिको महान योजना बुझाउनलाई तपाईले योनाको घटनालाई अघि सार्नुभो।
र्स्वर्गमा आदम र हव्वासँगको हाम्रो भेट टेन्सनयुक्त हुन्छ कि भनी म अनुमान गर्छु पृथ्वीको इतिहास धेरै उलटपुलट भयो उनीहरूको गतिविधिबाट। संसार शैतान, दियाबलसको बन्यो। सायद कतिका लागि योनासँगको जम्का भेट पनि समस्यापूर्ण, आक्रोशपूर्ण हुनेछ। तर म त उनलाई खोजीखोजी पत्तो लाउन चाहन्छु र्स्वर्गको राज्यभित्र। उनलाई भेटेर भन्ने रहर छ, ‘अगमवक्ताज्यू, मानें है तपाईलाई। प्रभुसँग असहमति राख्नेसम्मको धृष्टता। निनवेका मानिसहरू क्षमादानको योग्य छैनन् भनी तपाईले क्रान्ति मचाइदिनुभो नि। आफ्नो निवासस्थानमा प्रभुसँग निक्कै तर्क चलाउनुभो (४:२)। र्स्वर्गका अधिपति प्रभुले तपाईको पोइन्ट अस्वीकार गरिदिनुभएको झोंकमा जुरुक्क उठी खुरुखुरु गएर तर्सिसको टिकट काट्ने तपाईको कीर्तिमान ठूलो छ है।”
अर्को कुरो पाठक मित्र, आँधीबेरीमा पनि कस्तो ढुक्क निदाउनसकेका ? हुकूम तोड्ने पलायनवादी त्यसरी घ्वार्घ्वार् घुरेका। उनको विवेक शान्त थियो। मस्तसँग निदाउन सके योना। उनको मगजको अदालतमा उनले निनवेलाई फा“सी दिइसके। परमेश्वरले त्यहाँ उनलाई भेट्टाउनसक्नुहुन्छ भनी भुसुक्क भुले भगुवाले। आँधीमा जहाज हल्लेको त सपनामा पनि कोक्रो हल्लेको जस्तो लाग्यो होला योनालाई।
पाप सहन नसक्ने, क्षमादानको विरोधी, दण्डव्यवस्थाको कठोर हिमायती योनासँग मलाई त्यति नै समस्या हुन्छ जति ढुङ्गा हानौं, व्यभिचारिणीलाई मारौं, भन्ने यहुदीहरूसँग हुन्छ -यूहन्ना ८)। जम्मा सातपल्टसम्म मात्र क्षमा गरौं कि – भन्ने अनि संकटको घडीमा थुत्त तरवार तानी ल्वात्त हानी च्वाट्ट बनाउने पत्रुसकै पुराना करार औतार हैनन् र योना – जाइलाग्ने र इन्कारवादी पत्रुसलाई मुर्सार्न छाड्दैनन शास्त्रका शिक्षकहरू अनि योनाको घा“टी पनि निचार्या निचार्यै गर्छन् उनै विज्ञहरू। यो बिडम्बना हो कि, मैले बाइबल नबुझेको ?
स्वभाव र चरित्रले अटेरी होइनन् योना। सिद्धान्तका धनी मात्र। व्यवस्थाका पालक। कानूनका रक्षक। कानूनी हिसाब किताब र दण्डनीतिमा समर्पित योना पाप र अपराध देख्ने बित्तिकै आँखा राता बनाइहाल्थे। निनवेलाई दिनैपछि थुक्थे कि, के था ? उनलाई मन पर्ने बाइबल पद यशैयाको पुस्तकमा १३:९, १३:१३, ६३:३। परमेश्वर क्रुद्ध हुने, जातिहरूलाई जलाइदिने, मारिदिने, स्वाहा पारिदिने खण्ड उनलाई मनपर्छ। तर उनलाई मन नपर्ने पद प्रस्थान ३४:६ जुन उनले योना ४:२मा परमप्रभुसँगको प्रसिद्ध वाद-विवादमा उल्लेख गरेका छन्, “तपाई (परमेश्वर) अनुग्रहकारी र करुणामय, रिस गर्नमा धैर्यवान, दयामा प्रशस्त र दुःख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ”। यो त उहाँको प्रशंसा होइन तर दोषको रूपमा उल्लेख गरे योनाले। अनुग्रहकारी, प्रेमी होइन प्रभुको अनिष्टकारी, क्रोधी पक्ष मनपर्छ योनालाई। पापको ज्याला मृत्यु मात्र भन्न रुचाउँछन। अनुग्रहको वरदान, कृपा, क्षमा भन्ने अक्षरहरूसँग दिगमिग लाग्छ हाम्रा योनालाई। नयाँ करार युगमा जन्मेका भए राम्रा फरिसी बन्न सक्थे योना। अति कडा, अलचिला। यसैकारण परमेश्वरले मोशाजस्ता मधुर, नरम व्यक्तिलाई व्यवस्थाका जन्मदाता बनाउनुभो। चालीस वर्षमानिसहरूलाई योनाले लिड गरेका भए उजाडस्थानमै सब भुकुट्ट। खतम।
उनको रिसको बारेमा हामीले प्रचार गर्नुपर्छ र खण्डन गर्नुपर्छ। अति क्रोधी। धार्मिकताले घमण्डी बनाएको व्यक्ति। पाप र पापी, सबैलाई एउटै बोरामा खाँदेर भीरतिर घु“इक्याइदिनु मनपर्छ यो व्यक्तिलाई। त्यही क्रोधले सायद योनालाई आत्महत्यामुखी बनाउँदैथ्यो कि ? मर्न रुचाउने एकदम। आँधी मच्चिएको समुद्रमा फालिन रुचाए। आत्मिक आत्महत्या र बोलवटको विनाश त गरिसकेकै थिए अब बाँच्ने चासो पनि उनको समाप्त भो। ‘दुष्ट र भ्रष्टहरूलाई परमेश्वरले मौका दिने, पुल्पुयाउने हो भने, म बाँचेर के फाइदा ?’ सायद यस्तो थियो उनको धारणा। त्यो भीषण आँधी बेह्री ल्याउने परमेश्वर हुन् भनी जानेर पनि योनामा पश्चाताप आएन। ज्या है, परमेश्वर त मलाई लखेट्दै यहाँ पनि आइपुग्नुभएछ गाँठे, भनेर उनले घुँडा टेकी पश्चाताप गरेनन्। विपत्तिमा परिरैछु, अरूलाई पनि पारिरैछु भन्ने सुधी आएन योनालाई। विपतग्रस्त, बेहाल अवस्थामा पनि उता निनवे गएर त्यो सहरलाई बचाउनुभन्दा यतै मर्नु निको लाग्यो उनलाई। जोडजुलुम गरेर नावीकहरूलाई आफूलाई तल फाल्न लाए। योना सरले किन अरूलाई रिक्वेस्ट गरेको र आफै हाम नफालेको भन्ने मैले त्यति बुझेको छैनँ। विराट माछाको पेटभित्र उनले परमेश्वरलाई सम्झे। बल्ल अनुग्रह, स्तुति प्रशंसा, परमेश्वरको पवित्र मन्दिर भन्ने शब्दहरू उच्चारण गर्न लागे उनले त्यो लिसाइलो गुफाभित्र। हामीलाई पनि गाल्न र गलाउन परमेश्वरले कतिपल्ट अचम्मको अनि कठोर युक्ति चलाउनुहुन्छ।
निनवे बचाउने चाबी योनासँग थियो। आफ्नो वरदान थाहा थियो उनलाई। भ्रष्ट, अन्धकार सहर बचाउन कसैमाथि एउटा स्वर्गीय अभिषेकको आवश्यकता थियो। अनि त्यो अभिषेक योनामाथि मात्र थियो। नबाँचून्, सब मरून् भन्दै योना अभिषेकको मुकुट लिएरै भागेका थिए। उनले पापी मानिसहरूलाई परमेश्वरको मायाको योग्य देखेनन्। जहाज डुबेर मर्न लागेका एकमुठ्ठी मान्छेको दुरावस्था थाहा भो बल्लबल्ल उनलाई। गर्जिरहेको समुद्रमा आफूलाइ फेकिदिने आग्रह गरे। आँधी शान्त भयो। ती निर्दोषहरूको विजोगै भो। जहाजको धनमाल धेरै नोक्सानी भयो। हाम्रो क्रोधले, जिद्दी अनि प्रतिशोधी निर्णयहरूले हामीलाई जहाँ पुर्याउँछ त्यहाँ अनिष्ट हुन्छ। हामीलाई पनि क्षति अनि अरूलाई पनि क्षति। परमेश्वरको योजनालाईचाहिँ प्रश्न र परिमार्जन गर्ने अनि आफ्नो अवधारणालाई जगदम्बा सिमेन्टले लिप्ने, पोत्ने योना गजबकै प्राणी रहेछन्। धैर्यशाली प्रभुले उनलाई फर्काइल्याउनुभयो। पुनः पठाउनुभो पुरानो परियोजनामा। योना हिँडे प्रचार गर्न। प्रभु हामीलाई सेकेण्ड चान्स दिनुहुन्छ। योनालाई प्राप्त शक्ति र मन्त्र हेर्नुहोस् त ? छ ओटा, केवल छ ओटा साधारण शब्दमा सब काम फत्ते भो, “अबको चालीस दिनमा निनवे नष्ट हुनेछ”। त्यति बोले यी अनिच्छुक, अभिषिक्त मान्छेले। निनवे पर्लक्क पल्टियो। अभिषेकविहीन एक घन्टे फतौरे प्रवचन बोल्नेहरूलाई पाठ।
उनको अट्टेरीपन भन्दा पनि उनको खरो नैतिकता र चर्को सिद्धान्तवादबाट परमेश्वरले योनालाई निको पार्ने कोसिस गर्नुभो। निनवे बाँच्यो। तर योना जस्ताको तस्तै। निनवेको इतिहास बद्लियो, योना बद्लेनन्। अगमवक्ता महोदय फेरि मुर्मिरन लागे, त्यै पनि र्स्वर्ग र पृथ्वी बनाउनु हुने, धीर, कृपालु परमेश्वरसँग, “देख्यौ त – बचायौ हैन- यी पापीष्टहरूलाई बचाइ छाड्यौ हैन ? रिसाउँछु, मर्छु तिम्रो दयालु स्वभावसँग म दिक्क भइसकें” गनगन, गुनासो, गलफती गर्दै फेरि सन्किन लागे योना। हामी पनि आँधी भुल्छौं, ह्वेल माछा भुल्छौं, अर्काको नोक्सानी भुल्छौं अनि दुनियाँले हामीबाट पाएको आशिष् भुल्छौं, प्रार्थनाका उत्तरहरू भुल्छौं र लुसुक्क पुरानो स्वभावमा र्फकन्छौं।
अभिषिक्त, आदरणीय, मित्र हो ? योनालाई जस्तै “अबको चालीस दिनमा काठमाडौ नष्ट हुन्छ, जा त्यो ठूलो सहरलाई बचा, प्रचार गर्” भनिएको खण्डमा तपाई के गर्नुहुन्छ ? हामीले के गर्ने – मरोस् भन्ने कि बाँचोस् ? चन्दाको फन्दामा, टायरको गन्धमा, झडप, विरोध र भिडन्तको तमासाबीच सभ्यताको नियन्त्रणरेखा उहिल्यै नाघिसकेको यो काठमाडौमाथि दण्ड नै परोस् कि ? हामी जुन संसारलाई विनाशको योग्य देख्दैछौं परमेश्वरले त्यसैलाई बाँच्ने योग्यको देख्नुभो। यसैले त येशू पठाउनुभयो हैन र ?
Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7
Comments from previous site:
written by karan Pun , October 20, 2009
Uncle Jayamasihi kee Tapaile lekhnu bhayeko lekh padhna paye dheree khusi lagyo awne dinharuma pani yasarinai tapaidwaara likhit lekh padhna paiyos bhanne chhahana garda chhu.KARAN PUN.Abu Dhabi U.A.E.
written by Bhojraj Bhatta , December 25, 2008
Daju,
A beautiful picture and a great tribute to the power of God’s word…enough gems for us as well!
written by Pratiksha Khanal , December 24, 2008
happy to read your articles dear uncle.
may God bless you all the more.
– Pratiksha Khanal
Discussion about this post