सर्वप्रथम २०५० साल देखि पवित्रजन र परमेशारको विशवासीहरुको सुसमचारमा बिरोध गरियो। २०५५ साल जेष्ट २ गते देखि दायाँ पट्टीको आँखा पुरै बन्द भयो। त्यस समयमा धेरै धामी झाक्री लगाईयो र हस्पिटलको बेडमा पनि बसियो तर केहि लागेन। र घरमा मलाई सक्दो बिरामी हुँदा पनि मलाई मात्र नभैइ श्रीमती र २ छोरा १ छोरीलाई कठीनाई भोग्नु परेको थियो। तर मैले कसै गरेपनि शान्ति पाउनु सकिन। शान्तिको सट्टा अशान्तिनै अशान्ति! र छोरा छोरीलाई खान लगाउन दिन पनि गाह्रो पर्यो।
त्यसैकारण श्रीमतीले झन त्यसैबेला जग्गा जमिन बेचिकन माईत जान सल्लाह दिएको थियो। उनले दिएको सल्लाह मैले मानिन। त्यसैकारण मलाई २०६२।१।२० गते देखि मलाई घरमा छोडेर मेरो श्रीमती माइत गैन्। माइतिबाट पनि आमाको सल्लाह अनुसार अन्तै कता गयो थाहा थिएन। म भने आँखाको बिरामी, घरमा २ जना छोरा र १ जना छोरी पालेर बस्नु पर्यो तर मैले अझै शान्ति पाउन सकेको थिएन। तर २०६२।५।२७ गते अन्तिम पटक हस्पिटल जानु पर्ने भएको हुँदा, घरमा नानिहरुलाई राखेर घरबाट काठमाडौं हिडे र हात्तीवन भतिजी छोरीको पसलमा पुगेर २८ गते त्यहाँ बाट त्रिपुरेश्वर हस्पिटल गएको थिए। तर २०६२।६।१ गते मेरो आँखाको रिपोर्ट आयो। त्यस दिन हस्पिटलबाट तपाईको आँखा फेर्नु पर्छ भन्नु भयो तर मैले त्यसैबेला डक्टरलाई भने डक्टर साहेब अब मैले आँखा फेर्नु भन्दा त त्रिशुली नदीमा हाम फाल्नेछु भने। तर सिस्टर र डक्टर सबैले सम्झाई बुझाई गरियो। तर मैले मानिन। किनभने मेरो अन्तको दिन आईसकेको छ भन्नु बाध्य भयो। तर उनिहरुले सम्झाउनु भयो मैले मानिन। त्यसै दिन उहाँहरुले मलाई फेरी गाडीमा राखि हात्तीवन पठाएको थियो। त्यहाँ मैले दायाँ पट्टीको आँखाले नदेखेता पनि बायाँ पट्टीको आँखाले अलि अलि छायाँ जस्तो देख्नँ सकेको थिए। त्यसैकारण मैले ठूलो अक्षरमा चिट्ठी लेखन खोजेको थिए। त्यो चिट्ठी पनि घरमा आमा र दाजु भाउजुहरुले मेरो तीन वटा नानीहरुलाई पालन पोषण गर्न जिम्मेवारी पत्र लेखन खोजेको थिए। त्यो पत्र लेखन हात्तीवनमा ज्वाईको मनमा शंकाले मलाई नै छोडेन। त्यसकारण लेख्ना पाएन तर आज नलेखे भोली लेख्ने छु भनि हात्तीवन बाट भोली पल्ट बबरमहल आएको थिए। त्यहाँ माहालेखाको छतमा बसि लेख्नह जान्छु भन्दा कोटेशवरबाट हिडे। २०६२।६।२ विहान ८:३० बजे त्यहाँ पुगे। त्यहाँ पुग्न साथ धर्म श्रेष्ठ र दाजु र भाउजुले परमेशवरको बारेमा सुसमचार सुनाउनु भयो। र उहाँहरुले जीवनको पुस्तक बारे फिल्म पनि देखाउनु भयो। तर आँखाले नदेखेता पनि वचन सुनियो। परमेशवरको वचन सुनाई बाट २ घण्टा भित्रमा शरीरमा डर पस्योक। र सिंगो शरीर चिसो भयो। त्यसैबेला देखि त्यस रातभरी आफु र छोरा छोरी बाँच्ने र टुहुरा टुहुरी नबनाउने बिचार भयो। र भोली पल्ट विहान भाउजुले भक्तपुर मोहन क्षेत्री पाष्टर बा को मा ग्रहण गर्न लगियो। २०६२।६।३ गते ग्रहण गरि दिएर मलाई हपता दिन देखि पूर्ण रुपमा आँखाको चंगाई भएर आँखामा पलाएको मासु फाटीएर गएको छ। उनै जिवित परमेशवरलाई, मुक्तिदाता उद्धारकर्ता भनि उहाँकै सेवामा लागि रहेको छु। आमेन
गौरव श्रेष्ठ
Republished in new layout on 9/25/2013
Discussion about this post