पश्चिम नेपाल पुस्तक सेवकाई नेपालगंज
विषय – ख्रीष्टियन पुस्तक प्रदर्शनी र गोष्ठी सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यहि २०६६ साल चैत्र ९ र १० गते (22-23, March 2010) सम्म मध्य र सुदूर पश्चिमाञ्चलका ख्रीष्टियन समुदायका विभिन्न तहका महानुभावहरुको लागि ख्रीष्टियन पुस्तक प्रदर्शनी र गोष्ठीको आयोजना हुने भएको छ। सो गोष्ठीमा नेपाली ख्रीष्टियन लेखकहरु र केहि पुस्तक प्रकाशकका प्रतिनिधिहरुले आ-आफ्ना अनुभव साक्षी र पुस्तक पढ्ने र लेख्नेष सम्बन्धमा आफ्ना सुझाव र सल्लाह प्रस्तुत गर्नु हुनेछ।
उक्त गोष्ठीमा सहभागीहरुले केहि पुस्तक सुपथ मुल्यमा र प्रत्येक सहभागीहरुले लगभग रु. ५००।- मुल्य पर्ने किताबहरु उपहार स्वरुप पाउनु हुनेछ। सो प्रदर्शनी र गोष्ठीमा यँहाको उपस्थितिको लागी अनुरोध छ। आफु आउन अर्समर्थ भएमा अन्य इच्छुक प्रतिनिधीलाइ पर्ठाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ।
ख्रीष्टियन पुस्तक प्रदर्शनी र गोष्ठीको उद्देश्य
१) ख्रीष्टियन लेखक र निजहरुको पुस्तकहरुको परिचय गराउने।
२) हाल नेपालीमा प्रकाशित विभिन्न ख्रीष्टियन पुस्तकहरुको बारेमा जानकारी दिने।
३) विभिन्न पुस्तक प्रकाशक बारे जानकारी दिने।
४) विभिन्न ख्रीष्टियन लेखक र प्रकाशकसंग परिचय गराउने र उँहाहरुको अनुभव र साक्षी सुन्ने।
५) पश्चिम नेपालका ख्रीष्टियन समुदायलाई पुस्तक, लेख आदि पढन र लेख्न प्रेरणा दिने।
६) पश्चिम नेपालमा ख्रीष्टियन किताब पत्र पत्रिकाको विकाश बिस्तार र प्रवर्द्धन गर्न प्रोत्साहन दिने।
स्थान होटल शीशम, नेपालगंज फोन ०८१ ५५१३१९
मिति २०६६ साल चैत्र ९ र १० गते (22-23, March 2010)
आईपुग्नु पर्ने मिति : २०६६ साल चैत्र ८ गते (March 21, 2010) साँझ ६:०० बजे सम्म। (बाहिरबाट आउनेहरुको लाग मात्र)
फर्कने मिति: २०६६ साल चैत्र १० गते (March 23, 2010) दिउँसो २:३० बजे (दिउँसोको खाना पछि)। र्सर्म्पक- फोन- ९८५८०२१७७१, इमेल-sukhlal53@gmail.com
सुखलाल सिंह
संयोजक
Republished in new layout on 9/25/2013
Discussion about this post