
धरान/मिशन स्कूल अफ थियोलोजीमा अध्ययनरत १९ जना विद्यार्थीहरुमध्ये इश्वरशास्त्रीय अध्ययन पुरागरी आइतबार १८ जना दीक्षान्तीत भएका छन्। दीक्षान्त समारोह स्कूलका संस्थापक तथा प्रिन्सिपल गिदोन लामिछानेको सभापतित्वमा नेपाल न्यू कभनेन्ट कलेजका डिन डा.दिपक र्राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। धरान-९ पुतलीलाईनमा सन् २०१२ मा स्थापना भएको उक्त स्कूलमा ९ सय पूर्णंकको अध्यापन गर्राईन्छ। अध्यापनका लागि बाइबल धर्मशास्त्रको पुरानो करारका ३९ वटा पुरस्तकको विषयमा प्रि.गिदोन लामिछाने, नयाँ करारको २७ वटा पुस्तकका विषयमा रेभ. टिएच जाङ्गा, सुसमाचार प्रचार र चेलापनको विकास विषयमा पा.महेन्द्र थापा, बाइबलीय सिद्धान्तका १० मुख्या विषयमा पा. साम जी.जोन, बाइबल अध्ययन तरिका र अर्थखोलाईका नियमहरुमा पा.खड्ग थापामगर, विश्वमण्डली इतिहासका विषयमा ए.राजकुमार र्राई, मण्डली प्रशासन र विश्वासीहरुको भूमिका विषयमा पा.कमलप्रसाद गिरी, आत्मिक जीवन र बचन प्रचारको विषयमा शिक्षक नवराज बस्नेत र ख्रिष्टियन संस्कारका विषयमा प्रिन्सिपल लामिछानेले सिकाउँदै आउनु भएको छ।
यसभन्दा अघि पनि यस स्कूलमा १४ जना विद्यार्थीमध्ये ९ जनाले अध्ययन पूरा गरी दीक्षान्तित भइसकेका थिए। इर्साई मत मान्नेहरुका लागि लक्षित गरी सञ्चालन भएको उक्त स्कूलमा धरानभित्रका विभिन्न चर्चहरुका सदस्यहरुले सहभागी हुने गरेका छन्। आगामी कक्षा सञ्चालनका लागि भर्ना खुला गरिएको स्कूल प्रशासनले जानकारी दिएको छ। इश्वरशास्त्रमा अध्ययन गर्न टाढा जानुपर्ने र महंगो खर्च लाग्ने भएकाले आफुहरुले छोटो समयमा धेरै कुराको शिक्षा दिनका लागि स्कूल सञ्चालन गरिएको संचालन समितिका सदस्य पास्टर नरहरी र्राईले बताउनुभएको छ।
दीक्षान्त समारोहमा प्रमुख अतिथि र्राईले अध्ययनले व्यवहारिक परिपक्वतातर्फडोर्याउने भएकाले असल जीवन जिउन सबैलाई प्रेरणा दिनुभयो। उहाँले इर्साई जगतमा स्कूल तथा कलेज खोल्ने कुरा नयाँ नभएता पनि पर्ुवमा ऐतिहासिक कार्यहरु भईरहेको बताउनु भयो। दीक्षान्तित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिर्ँदै कलेजको तर्फाट स्कूललाई सबै सरसहयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
समारोहमा विद्यार्थी, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा धरान इर्साई समाजका अध्यक्ष कमल हृयूज र्राईले धरानभित्रका सम्पपुर्ण चर्चहरुका लागि स्कूलले ठूलो योगदान दिएको बताउनु भयो। स्कुलमा शास्त्रीय तहको अध्ययन हुने भएकाले भविष्यमा सरकारी क्षेत्रमा समेत मान्यता प्राप्त बनाउनका लागि आफुले प्रयत्न गर्ने दाबी गर्नुभयो। त्यसैगरी समारोहमा अभिभावकको तर्फाट अम्मिका वि.क र शोभा कार्कीले मन्तव्य राख्नुभएको थियो। उहाँहरुले स्कुललाई धन्यवाद दिँदै आगामी दिनमा समेत स्कुल निरन्तर सञ्चालन हुनुपर्ने माग गर्नुभयो भने शिक्षकहरुको तर्फाट पा. साम जी.जोनले बोल्नुभएको थियो। उहाँले मिशन स्कूल अफ थियोलोजी परमेश्वरको विषयमा अध्ययनगरी उहाँसँगको सम्बन्ध नजिक र बलियो बनाउन चाहने सबैका लागि राम्रो हुने बताउनु भयो।
कार्यक्रममा भूपु विद्यार्थी, नेकपा-माओवादीका प्रेम लकान्द्री, आमसञ्चार क्लबका राजेन्द्र दर्नाल, इम्मानुएल ज्वेलरीका प्रोपाइटर सञ्जयकुमार र्राई, एलोहिम चर्चका पा.तारासिं सेनेहाङ, सह-पा.भिषण थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। शिक्षक रेभ.टीएच जाङ्गाको प्रार्थनाद्वारा शुरु गरिएको सो दीक्षान्त समारोह एलोहिम चर्चका बरिष्ठ पाष्टर तारासिं सेनेहाङले आशिषको प्रार्थना गरी समापन गर्नुभएको थियो। आगामी तेस्रो समूहको कक्षा यही असोज १५ गतेदेखि सञ्चालन हुने मिशन स्कूल अफ थियोलोजीका संस्थापक तथा प्रिन्सिपल गिदोन लामिछानेले जानकारी दिनुभएको छ। उहाँले हालसम्म स्कूल सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।
Discussion about this post