समय छैन । सब आत्तिराछन् । बिजी । घरी के घरी के । यो छोटो आर्टिकल पढ्न भ्याउनुभो भने म छक्क पर्नेछु । इमेल, फेसबुक, एसएमएस, ट्विटरहरू सबले भन्दैछ छोटोमा छिटो छिटो भन्नू, इसक्यापमा भन्नु, नक्सामा बोल्नू, भिजुवलमा भन्नु, टाइम छ्रैन । नेपाल चर्च डट कममा केही भन्नु मन लाग्यो । अनुमति माग्छु । उफ ६२९ ओटा शब्द ।नेपालमा विचारको बाढी आइरहेछ । पहिले राणाहरूले बोल्थे । जनता चुप । पछि १९६० इश्वीदेखि राजा बोल्न लागे । जनता चुप । इश्वी १९९०देखि जनताले बोल्न, लेख्न र छाप्न पाए । राजा कम । इश्वी १९९६देखि जनताको एउटा जमातले राजालाई केके जाति भन्न थाले । १७ वर्ष अघि । ५ वर्ष अघि राजगद्दी हरायो ।
अब जे बोले, लेखे, छापे पनि हुन्छ । जस्तो फिलिम बनाए पनि हुन्छ । जस्तै र जत्रै संस्था, संघठन खोले पनि हुन्छ । जसले जसलाई केके जाति भने पनि हुन्छ सर्काए पनि हुन्छ । नो प्रबलेम ।
यो देशमा ख्रीष्टमाथि विश्वास गर्ने र बाइबल पढ्ने मान्ने मान्छे छ । लामो गरी नै भन्नु पर्छ म सरी भन्दिनँ । विश्वासीले पुगेन, ख्रीष्ट विश्वासी भनी छुटउनुपर्छ । अब तेतीले पनि नपुग्ला जस्तो भइसक्यो, “बाइबल पढ्ने मान्ने ख्रीष्ट विश्वासी” भनेपछि बल्ल अर्थ खुल्छ । बापमाख्रीवि । यो लेखको टाइटल ।
हो, पाठकज्यू, देशमा उ जस्तो विश्वासी छ । उसको एउटा बाउ छ । उ कहिल्यै टुहुरो थिएन र हुँदैन । शान्तिको मुस्कान भरेर उ भन्छ, “हे हाम्रा स्वर्गमा बस्नुहुने पिता” उसको चिना हराको छैन, उसको जस्तो पहिचानै कसैको छैन । Wow ! सोच्नुहोस् परमेश्वरका आफन्त । उसको एउटा राजा छ अनि राज्य छ, । ट्राइ गरे धेरैले तर कुनै देशमा पनि त्यो राज्य हल्लाउन सकिएन । ख्रीष्ट राज्य उद्घाटन हुने दिन पनि आउँदैछ । हाम्रा राजाले भन्नु भो, “पश्चाताप गर स्वर्गको राज्य नजीक छ” राजाले भन्नुभो, “मेरो राज्य यस संसारको होइन” । येशू राजाले भन्नभो, “राजा आफ्नो महिमामा आउनेछन्, महिमामय सिंहासनमा बस्नेछन्, उनको सामुन्ने सबै जातिहरू भेला हुनेछन् ।”
७० वर्ष अघि यो देशमा येशू राजाको काम सुरु भएको हो र स्वर्गमा बस्नुहुने जीवित पिताले आफ्नो सन्तान छान्ने जन्माउने, हुर्काउने काम सुरु गर्नुभएको हो । सरकार र मन्त्रीहरूले सघाउनु भन्दा पनि सताउनुहुन्थ्यो सधैं हामीलाई । संविधानमा पनि केके कोरेर जेलनेल गर्नुभो । आज हामीलाई होइन उनेर्लाई नै लाजमर्दो । हामी बलिया थियौं, एकतामा थियौं । पवित्र आत्माको उपस्थितिको कुरा धेरै सिक्यौं । अब आज “थियौं” नै भन्ने कि “छौं” भन्ने अलि सोच्नुपर्छ ।
देशको ताल र ड्रम हरेक पन्ध्र दिनमा चेन्ज हुँदैछ, नाच्नेलाई पनि हैरान, बजाउने पनि हैरान र सुन्ने, हेर्नेलाई वाक्क । नेपालको अस्थिरता बद्लने छाँट छैन । तर ख्रीष्ट मण्डलीको काम र अभियान जारी छ । येशूको काम कुरा, राज्य, नाता, मिसनहरूको काम भ्याएर समय उब्रियो भने हामीले अरू केही गर्ने हो । चर्चको पहिचान नौला राजा र नौला गद्दीहरूको अघि स्थापित गर्ने चाहनामा ख्रीष्टमण्डलीको भविष्य धरापमा नपरोस् । आज आउने, भोलि जाने मन्त्रीज्यूहरूले गालैमा चुप्पा खाइदे पनि हृदयको घृणा मेटिने छैन । बोलीमा के भन्दैन । भाषणमा कहाँ को चुक्छ ? मौका पाएको दिन उनीहरू चर्चलाई झ्याम्म हान्ने दिन गनेर बसिराछन् ।
तर खास ख्रीष्ट मण्डली उनीहरूको पहुँच र घेरोदेखि अलग छ, चोखो र सुरक्षित छ । याद गरौं ७० वर्ष हुन लाग्यो ख्रीष्ट मण्डलीको ताल र धून बद्ली भा छैन, “बन पाखा गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले”, “बादलमा फेरि आउनेछन् येशू राजा” । त्यो ताल सुन्ने, धून गाउने समूहमा पनि कतैकतै त विभाजन आइरहेछ ।
जसको कान छ उसले सुन्छ । जसको जिब्रोमा स्वाद छ उसले गाउँछ । गुरु प्रभुले भन्नुभएको कुरो सारै छोटो । एसएमएस, ट्विटर जत्रो । यति छोटो कि – हो कि होइन भनी धेरै कुराको बीचमा हराउने खालको छोटो – झुक्याउने –“चेला बन्नेहरूलाई बप्तिस्मा देऊ, मैले आज्ञा गरेका कुरा पालन गर्न सिकाओ” । काम त बप्तिस्मा पछि सुरु हुने रहेछ । सिक्ने काम, ध्यान गर्ने काम र सिकाउने काम नछोड्नु है मित्र हो । तपाईले मलाई,, मैले तपाईलाई – एक अकालाई सतर्क गराऔ (एआसग) । सबै बापमाख्रीवि ले एआसग ।
Discussion about this post