• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विश्वासको यात्रा

by Loknath Manaen
May 7, 2013
in Articles

पौलसको परिश्रम पनि पत्याउनैपर्छ, “हाम्रो परिश्रम व्यर्थै जाला भन्ने डरले तिमीहरूका विश्वास थाहा पाउनलाई मैले तिमोथीलाई पठाएँ”। हाम्रो, मेरो र तपाईको विश्वास अहिले कहाँ छ ? कसमाथि छ ? कस्तो छ ? कत्रो छ ? कुन हालतमा छ ? रायोको दाना जत्रो छ कि छैन? ख्रीष्टमाथि छ कि छैन ? यो सबै पत्तो लाउनु तिमोथीहरू त पठाउनु पर्दैन होला हगि ?

 Written by Sarju Rijal


विश्वासको यात्रा

लोकनाथ मनेन

 प्रभुको यो भनाइ सुन्दा मीठो लाग्छ। गर्दा पसीना आउँछ – “जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्”। विश्वास सरल पनि हो र अति कठिन पनि। “प्रार्थनामा जेसुकै माग्छौ त्यो पाएका छौ भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।” मैले बेलाबेलामा मागेको छु। रायोको गेडो जत्रो विश्वास भए पो …। अर्को वाक्य, सुनिरहूँ, पढिरहूँ र झुमिरहूँ जस्तो लाग्छ प्रभुले बोल्नु भएको “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ”। कति मिठो “छोरी” भन्नुभएको। सुटुक्क प्रभुको कपडा छुने महिला। सायद दाँतमा घुम्टो टोकेकी। कसैले नदेखोस्, नचिनोस्। लुकीलुकी प्रभुलाई छुने लजालु स्त्री। उनको विश्वासको लोभ कसले गरेन इतिहासमा? सुटुक्क प्रभुको कपडाको फेर।

प्रभुलाई धेरैले विश्वास गर्थे। तर धर्म-गुरुहरू रिसाउँथे धुमधाम। “फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ? “भनी उनीहरूले सिपाहीहरूलाई डाँटे। सिपाहीले येशूलाई पक्रेर, घोक्राएर नल्याएकोमा रिस। समात्नक गएका पहरेदारहरूले उल्टो येशूलाई र्सकाएका थिए। धर्म-गुरुहरू गर्जे, “कुन धर्म-गुरुले विश्वास गर्यो त्यसलाई?”। तर दुइ-चार महिनामा हेर्नू त? “परमेश्वरको वचन बढ्दैगयो… पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे”। उहाँ स्वर्गमा फर्किनुभएपछि यस्तो भयो।

“जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ”। यो कुरो साँचो हो भने हामीले सुनाउने काम छाड्नु हुँदैन। हरेश खानु हुँदैन। हाम्रो विश्वास कमजोर नहोस् भनेर पावलले यसरी लेखे एकचोटी, “सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थी बन।” हाम्रो नाम विश्वासी। विश्वासी, विश्वासमा दृढ हुनुपर्छ। दृढ, अर्थात् पक्का, बलियो, ठोस। आँखाले केही देख्दैपछि उफ्रने, पत्याउने र गटट कुद्नेस बानी कन्ट्रोल गर्नुपर्छ। “किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।” थोमा भन्ने चेलालाई साह्रो केके जाति हेर्नु मनपथ्र्यो। शंकाको रोगले थोमालाई च्याप्दै लगेको तीन दिन जति भाथ्यो। प्रभु आउनुभो, उसले खोजेको कुरो देखाउनुभो र थोमालाई धुरुधुरु रुवाइदिनुभो। मित्र हो, सन्त हो, मन र आत्मामा देख्ने  अभ्यास गर्नुहोस्। सबै कुरा आँखाबाट होइन। हामी अब्राहामको नाम धेरै लिन्छौं। उनलाई आदर गर्छौ। उनीजस्तो हुनु पनि मनपर्छ। कुरा सफा छ, “जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्।” यति ठूला व्यक्तिको सन्तानै बन्न पाइने रहेछ। छक्क लाग्छ। दान, दक्षिणा, पूण्य, कर्म, पूजाआजा, कुदाकुद, पसीना, परिश्रमले इश्वरको मन जित्नन नपाइने भो। सरी। बाइबल मान्दैन। उद्धार विश्वासद्वारा मात्र। “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ? कर्महरूद्वारा होइन।” हाम्रो धर्मको नाउँ ‘विश्वास’ हो। हामी ‘विश्वासी’। विश्वास ख्रीष्टमाथि। “मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो”। नयाँ करारमा जता फर्के पनि विश्वास। भित्र, बाहिर, तल, माथि, चारैतिर विश्वास, विश्वास अनि विश्वास। -“ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं।” विश्वासको बीचमा यो प्रेम अचानक कताबाट आयो? विश्वास र प्रेमले हातेमालो गर्नुपर्ने रैछ। हामी कतिजना विश्वासमा रापिला छौं तर एकता र माया, ममतामा चिलिम। पावलको यो उक्ति हामी नेपाली विश्वासीहरूमा राम्रो गरी लागू हुनु आवश्यक छ। ठूलाठूला सहरका ठूलाठूला सरहरूको खटपट भइरहन्छ। गाउँ, गाउँका विश्वासीहरू चौपट्ट मिल्छन्। विश्वास र प्रेम। यसमा ब्यालेन्स राख्नुू पर्ने रहेछ।

पौलसको परिश्रम पनि पत्याउनैपर्छ, “हाम्रो परिश्रम व्यर्थै जाला भन्ने डरले तिमीहरूका विश्वास थाहा पाउनलाई मैले तिमोथीलाई पठाएँ”। हाम्रो, मेरो र तपाईको विश्वास अहिले कहाँ छ ? कसमाथि छ ? कस्तो छ ? कत्रो छ ? कुन हालतमा छ ? रायोको दाना जत्रो छ कि छैन? ख्रीष्टमाथि छ कि छैन ? यो सबै पत्तो लाउनु तिमोथीहरू त पठाउनु पर्दैन होला हगि ?

“सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूको स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्र्छौ।” आदरणीय पाठक, यहाँ पनि कुरो त विश्वासकै छ। तर सतावट र कष्ट भन्ने अप्ठेरो र कष्टकर शब्द पनि विश्वासको साथसाथै आइदिएर पो अलि खल्लो भो। के गर्नु ? यस्तै छ मण्डलीको अनुभव र इतिहास। सतावट येशूले भोग्नुभो, चेलाहरूले भोगे। विश्वासको निम्ति उडिसा, गुजरात, भूटान, पाकिस्तान, नेपाल अनि विश्वभरिका मुलुकहरूमा हाम्रा दाजु, भाइ, दिदी, बहिनीहरूले भोग्नु पर्ने भोगिराछन्। मारिँदैछन्, पिटिँदैछन्, थुनिँदैछन् र थुकिँदैछन्। बाइबलमा हुन्छ है भनेको कुरो नै हुँदैछ। तर “सबै सतावटमा स्थिरता”। रुमेनियाका राष्ट्रपति चाउचेस्कुलाई नव गठित सरकारले बीस वर्षघि गोली हानी मार्न पर्यो। चाउचेस्कुले क्रिस्चियनहरूलाई पनि धेरै सताएका थिए। नेपालको पञ्चायत सरकार पनि बीस वर्षघि नै खतम भयो। रेडियो नेपालमा नामहरू घन्काईघन्काई नेपाली क्रिस्चियनहरूलाई जेल हाल्नेहरू खत्तम। उनीहरूको नामोनिशान मेटिएको आफ्नै आँखाले देख्ना पायौं। तर, उनीहरू दण्डित हुन्छन्, खण्डित हुन्छन् कि परिवर्तित नै हुन्छन् त्यो हाम्रो चासो नबनोस्। प्रभु जान्नुहुन्छ। योजना उहाँको। “तिमीहरूले सहिरहेका कष्टहरूको बीचमा तिमीहरूको स्थिरता र विश्वास”, यो हो गाँठी कुरो। हाम्रो प्रार्थना यति हो, प्रभु, मबाट तपाईलाई धोका नहोस्, मेरो विश्वासको जहाज नडुबोस्।
“विश्वास र स्वच्छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्”। यो पदको कुरो सफा छ। विवेकलाई ताजा राख्नुनपर्छ। विवेकलाई कुनाकाप्चामा कोचर्नु हुँदैन। विवेकलाई खाटको मन्तिर घुसार्नु थालेपछि विश्वासमा असर पर्छ। यो विवेक भन्ने कुरो कहाँ हुन्छ, कस्तो हुन्छ, कत्रो हुन्छ थाहा छैन। तर त्यो छ। त्यसले मलाई भनिरहन्छ, एइइइइ बौला के गर्दैछस् ? के गरेको ? काँ गाको ? के भनेको ? यो ठीक भएन, यो ठीक भयो, तैंले ठगिस्, तैंले झूट बोलिस्, तैंले राम्रो गरिस्, नराम्रो गरिस्, आदि। मेरो विश्वासको जहाज ठूलो न ठूलो फुटबल मैदान जत्रो होला तर विवेकको कुरा इन्कार गरे भने त्यो जहाजको नाम टाइट्यानिक हुने रहेछ। होशियार। पुर्पुरो ठोक्दै बस्नु नपरोस्। विवेकलाई इन्कार गर्नुभनेको विश्वासको जहाजमा प्वाल पार्नु भनेको रहेछ।

पाठकज्यूहरूले देख्नुठ, बुझ्नुभो होला हामी नयाँ करारको सुरुदेखि लिएर ‘विश्वास’ भन्ने शब्द एकएक पुस्तकको एकएक पद हेर्दै अगि बढ्दैछौं। अब पालो २ तिमोथीको। “मैले उत्तम लडाइँ लडेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु।” पावलको बहुमूल्य विश्वास। जीवनको अन्तिम घडी, मृत्युदण्डको मुखैमा पुग्दा यो कुरो लेख्ना सके यी विश्वासका योद्धाले। जोगाएर राख्नुज पर्ने, बचाएर राख्नु  पर्ने विषय हो एक विश्वासीको विश्वास। प्रभुले सोध्नुभो लूकामा, ‘मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?’। विश्वासको निक्कै ठूलो अभाव हुन्छ कि क्या हो त्यसबेला ? यसकारण होला अब अर्को पुस्तकमा हामी पढ्छौं एउटा छुच्चो वाक्य, “तिनीहरूलाई कडासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्,”। हिजाज आँट कसको छ कसैलाई हप्काउने ? माया कसको छ त्यति बिघ्न विश्वास पक्का होस् भनी हकारपकार गर्ने ? गीतमा घन्काउने, डान्समा थर्काउने, स्तुति प्रशंसा उफ्रीउफ्री -बातैपछि कान खाने खाल्को हल्लेलुयाह र आमेन। त्यै हो फेमस र पपुलर व्यक्ति। विश्वासमा जति नै कच्चा होस् स्टेजमा फुर्तिलो हुने नै हुन् बाउको छोरो, आमाकी छोरी प्रभुको राज्यमा आजकल। विश्वास अत्यन्त गोप्य, भित्री र प्राइभेट सम्बन्धको सानो धागो हो जसले हामीलाई अदृश्य परमेश्वरसँग जोडिराखेको छ। अँध्यारो दिनमा संकटको छालले बटार्नु थालेपछि चर्को सोरले हल्लेलुयाह भन्ने विश्वासको तरंग जब स्वर्ग पुग्छ, त्यसबेला पो स्वर्गमा बस्नुहुने पिता मुसुमुसु हाँस्नु हुन्छ सायद। जाँच त्यही हो। कडा हप्काइबाट पक्का विश्वास आउँछ नयाँ करारको पानामा। ड्रम पिट्दै, गिटार फिट्दै स्टेज थर्केपछि प्रमाणित हुन्छ तर हाम्रो विश्वास यहाँको झ्याम कि झ्याम गानामा।
मेरो ट्यालेन्ट र वरदानमाथि विश्वास हैन। “प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेम…”। प्रभुको राज्यको काममा हुरुकहरुक भई सबलाई जुरूकजुरूक पार्ने मित्र हो, वरिपरि उभेका मानवहरूप्रति निठूरी नबन्नू है भने जस्तो लाग्यो यो पदले हामीलाई। “सन्तहरूप्रति तिम्रो प्रेम”। प्रभुमाथि विश्वास, अरूमाथि प्रेम। हिब्रूहरूको पुस्तक विश्वासको लागि नाम कमाएकै पुस्तक हो। “विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। परमेश्वर हुनुहुन्छ, खोज्नेलाई प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।” फेरि पक्का विश्वास। रिसमा पड्‌किने, घमण्डमा कड्किने, तर विश्वासको काम-कुरोमा घाँटीभित्रभित्रै हिक्रिक्क ? फ्यातुलोपन हो हाम्रो समस्या। पक्का आवाज, पक्का उच्चारण, दरिलो विश्वास, कडा हप्काइ गर्नसक्ने रेभरेण्ड र डाक्टर चाहियो यहाँ।
आफ्नो आस्था, मत र धर्म सिद्धान्तमा निश्चित हुनुपर्छ। पक्का। “शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, विश्वास पनि कामहरूदेखि अलग हु“दा मरेको हुन्छ।”आजदेखि हाम्रो मरेको विश्वासलाई गाडिदिनेछौं। प्रभुको अघि घुँडा टेकी पश्चाताप गरेर हामी भनौं, ‘प्रभु, मैले तपाईको बदनाम गरे, म पनि मरे, विश्वास पनि मारे अनि अब म विश्वासी भन्ने लायकको रहिनँ। तपाईसँग पृथ्वीमा पाप क्षमा गर्ने अझै पनि अधिकार छ अनि मलाई पापको क्षमा माग्ने अझै पनि अवसर छ। म विश्वास गर्छु मेरो अविश्वासलाई क्षमा गर्नुहोस्। मलाई मेरो शत्रु शैतान, दियाबलसले चपाउनु, निल्नु खोज्दैछ, विश्वासमा दहि्रला भएर त्यसको विरोध गर्ने मलाई सामर्थ्य दिनुहोस्।’

वास्तवमा पुराना चेला र हामीमा ठूलो अन्तर छैन। उनीहरू हामीहरू एउटै अनुग्रहका सन्तान हौं। पाएको कुरो एउटै हो। पत्रुस निर्धक्क लेखीपठाउ“छन् आफ्नो पत्र। उनी कसलाई लेख्छन् ? “हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई। “अर्थात् यो युगमा बाँच्ने इसाईहरूलाई। हामीलाई पनि। त्यो अनमोल विश्वास, बहुमूल्य विश्वास…..। तर विश्वासको पूजा होइन यो। ‘कसमाथि विश्वास राखे सो म जान्दछु र मलाई निश्चय छ….’। ‘म विश्वास गर्दछु एक पिता स्वर्ग र पृथ्वी सिर्जनुहुनेमाथि अनि उहाँको एकले पुत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि…’ विश्वासको पूजा होइन यो। “हाम्रा विश्वास शुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं”। कसमाथि विश्वास? येशूमाथि। मै हुँ येशू भन्दै उफ्रिने कोरियालीहरूमाथि हैन है मित्र हो। नयाँ करारको येशूमाथि विश्वास। उहाँले भनेर जानुभा छ, ‘मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्ने छ’, ‘मकहाँ आउने भोकाउने छैन, मलाई विश्वास गर्ने तिर्खाउने छैन’ ।

चुनौती दिएर जानुभो येशू। संसारलाई पिठ्यू फर्काउनू भन्नुभो। त्योसँग एकै हलोमा ननारिनू भन्नुभो। संसारका होइनौ तिमारू भन्नुभो। तर … हा..हा..हा.. संसारले क्रिस्चियनहरूलाई पेलेको पेलेकै छ। हा..हा.. गरेर हाँस्ने कि ग्वाँ..वाँ.. गर्दै रुने, था छैन। संसार चर्चचर्च, घरघरभित्र पसिसक्यो, हाम्रा छोछोरी खोसिसक्यो। हामीलाई अत्तो न पत्तो। संसारमा जानै पर्दैन। त्यो नै आइपुग्छ। इन्टरनेट, टिभि, फेशन, म्यागजिन, एसएमएस, डिभिडि, आइपड, साइपड। हामीमाथि संसारको कुल्चिमिल्ची। हामी चित, शैतानको जित। “संसारलाई जित्ने हाम्रो विश्वास हो।” सिरानीमुनि घुसारेको बाइबल हैन। झोलीमा हालेको दशांश हैन। हरेक आइतबार र शनिबार टुप्लुक्क चर्चको हाजिरी संसारलाई जित्ने हाम्रो हतियार हैन।

“संसारलाई जित्ने हाम्रो विश्वास हो।” भन्दैछ १ यूहन्ना ५:४ । ‘संसारले तिमीहरूलाई घृणा गर्नअघि त्यसले मलाई घृणा गरेको हो’ भन्नु हुने प्रभुलाई धेरै क्रिस्चियनले गाल पार्दैछन्। कारण हामी त संसारको मायाजालमा, इन्डियन आयडलको तालमा, संसाररूपी दलिलाको काखैमा शिमसोनीय आसन ग्रहण गरिसकेका छौं। संसारसँग लुटुपुटु। सुनको औंठी ड्रामामा भनेजस्तै मुटमुटु। केको घृणा ? न हामी घृणा गर्र्छौं तेसलाई न तेसले गर्छ घृणा हाम्लाई। संसारसँग एकै जाल, एकै चाल। मीतेरी साइनो लाइसक्यो संसाररूपी अजिंगरले। “त्यो प्राचीन र्सप, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो…” प्रकाश १२:९। “संसारलाई जित्नेम हाम्रो विश्वास हो” भने, ‘संसारबाट हार्ने हाम्रो अविश्वास हो।’ प्रभुले भन्नुभो, ‘साहस गर, मैले संसारलाई जितेको छु।’

प्रेरित १४:९,१० मिलेर पढौं, “पावल बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन, ठूलो सोरले कराएर भने, ‘तेरो खुट्टाको भरमा सीधा उभी।’ अनि त्यो जुरुक्क उठ्यो र हि“ड्न लाग्यो।” आहा, हेर्नुस् विश्वासको करामत। संसारले लडाएको छ ? कुँजो बनाएको छ ? पराजित गरेको छ तपाईलाई ? नासरतको येशूको ख्रीष्टको नाउँमा हिँड्डुल गर् भनी बाइबल भन्दैछ। निको हुने विश्वास चाहियो। प्रेरित ३ को १६, “उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले ….।” संसारको देव दियाबलसको नाउँमा पछारिएका र बजारिएकाहरू नासरतको येशू ख्रीष्टको नाउँमा उठ्नुहोस्, अहिले। “म उठेर आफ्ना बाबुकहाँ जानेछु।” कसको नाउँमा उठने ? नासरतको येशू ख्रीष्टको नाउँमा। उठेर जाने कता ? आफ्नै बाबुको घरमा। तपाई नउठी कतिपय प्रभुको काम हुनसक्ने छैन। तपाई नै चाहिएको छ प्रभुलाई।

विश्वास सम्बन्धी अन्तिम पद प्रकाशबाट, “तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ।” हाम्रो काम, कुरो सबै थाहा राख्नुहुने प्रभुले आज फेरि हामीलाई बोलाउनु हुन्छ। उहाँसँग केही लुकाउनु नै व्यर्थ छ। सबै थाहा छ। संसारसँग अँगालो मार्ने क्रिस्चियन घरका न घाटका हुन्छन्। चर्चमा फूल्न सकिन्छ न संसारमा फक्रन। तर साहस गर्नुहोस्। आफ्नो घरमा फर्किजाने आधार बुवाको माया नै हो। हाम्रो सुकर्म होइन। प्रभुले नै त्यो कथा सुनाउनुभयो। पश्चाताप गरी उहाँमा र्फकने आँट आज पनि दिनुहुन्छ येशू। प्रभुले भन्नुभयो, “जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्”।

मत्ती ८:१३, मर्कूस ११:२४, लूका ८:२५, यूहन्ना ७:४७, प्रेरित ६:७, रोमी १०:१७, १ कोरिन्थी १६:१३, २ कोरन्थी ५:७, गलाती ३:७, एफिसी २:८, फिलिप्पी ३:९, कल्लसी १:४, १ थिस्स ३:५, २ थिस्स १:४, १ तिमोथी १:१९, २ तिमो ४:७, तितस १:१३, फिलेमोन ५ पद, हिब्रू ११:६, याकूब २:२६, १पत्रुस ५:९, २पत्रुस १:१, १ यूहन्ना ५:४, प्रकाश २:१९

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7

Comments from previous site:

…
written by Birendra Rai , July 26, 2011

pravuko stuti hos, aajaka biswasiko lagi yo article chunauti purna chh.

deelu
written by deelu , July 23, 2011

jaimasi ma dherai khusi chhu vishwas ko yatra padna pauda god bless u

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In