• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मेरो छोरो

by Loknath Manaen
May 7, 2013
in Articles

मेरो अभिवादन स्वीकार्नुहोस् । टाढा समयको बाँध, बन्धनलाई नाघेर एउटी आमा, एउटी नारीको हैसियतले लेख्दैछु । मेरो नाउँ सारा । मेरा दुइओटा नाउँ तपाईले बाइबलमा पढ्नु भएको छ । साराइ र सारा । मेरो बारेमा सुन्नुभएको छ । हागारसँग जलन, सन्तानको रहर, उमेरको सुन्दरता, बाँझीपनको बोझ, बुढेस्कालको एकलोपन, परमेश्वरको प्रतिज्ञा, आदि, आदिमा लटपटिएर म घरी सामान्य घरी असामान्य व्यवहारहरू देखाउँथे । मेरो इसहाक जन्मँदा म कति खुशी भएँ, के बताउँ । तर आज भने मेरो जीवनको प्रलयकारी एक हप्ताको बारेमा केही भन्न चाहन्छु।

परमेश्वरले इसहाकलाई माग्नुभयो । अब्रहाम मेरा पतिले यो कुरो मलाई सुनाए। मलाई नमिठो चोट लाग्यो, छक्क लाग्यो। तपाई आमाहरूले बुझ्नुहुन्छ । परमेश्वरले मानव बलि रुचाउनुहुन्छ भन्ने मलाई थाहा थिएन । कुरा बुझ्न नसकेर अब्रहामको अंगालोभित्र मैले धेरै बेर आश्रय लिएँ । जाने बेलामा इसहाकलाई छातीमा टाँसेको टाँसेकै गरें । मेरो अंगालो उनीहरूले जोडजुलुमले फुस्काएर मेरो राजकुमारलाई लगें । बाहिर देखाइनँ तर भित्रभित्र म र्सवस्व गुमाएकी पगली बनें । आज ऊ परमेश्वरको निम्ति बलिदान बन्ने बेलामा मुहारका चाउरीलाई आँसुको खोल्सा नबनाउने निर्णय गरें । तर मैले जब्बरजस्ती बाँधेर सम्हालेको मन इसहाकले रुवाइदियो,

“आमा, बलिदान चढाएर आइहाल्छौं है, सुर्ता नमानी बस्नू । बुवा पनि जानुपर्ने, म पनि जानुपर्ने रे । दिनदिन सम्झन्छु है -”

ऊ हाँस्दै, उफ्रदै, हात हल्लाउ“दै गयो । सधैंका लागि गयो । मतिर हेर्न नसकी अब्रहाम चुपचाप, छिटोछिटो हिँडे । मेरो हालतमा इतिहास रोएको छैन । सब जे लेखिएको र देखिएको छ अब्रहाम मेरा पति र इसहाकका बाबा मात्रै । म, उसकी आमालाई के भयो कसले सोचिदिने – कोख फेरि शून्य भो । तारा र बालुवा भनेको कति हो – त्यस्तै असंख्य सन्तान मेरो हुन्छ भनी भन्नुभएको थियो परमेश्वरले । मलाई थुप्रै किन चाहियो – एउटा इसहाकले मेरो सिङ्गो आकाश ढाकेको थियो । मेरो बालकले मेरो धरती छपक्क छोपेको थियो । मेरो इसहाक । परमेश्वरले कति वर्षघि म एउटी बाँझीलाई बिनासित्ती जिस्काउनु भयो । सन्तानको वरदान दिनुभो । अनि आज एउटी आमालाई जमिनमा पछार्नु भयो । म ठीकै थिएँ । इसहाक बिना ठीकै थिए“ नि । किन मलाई सन्तान दिनुपर्यो – परमेश्वरले मानव बलिदान खोज्नुहुन्छ भन्दा मलाई उहाँसँगै डर लाग्यो । पशु प्राणीले उहाँलाई नपुग्दो रहेछ । इसहाकका बुवाले भन्नुभएको थियो,

“म रुन्न“, तिमी पनि नरुनू है – बलिदान भनेको रुँदै, सराप्दै, करकापमा चढाउने कुरो होइन । विश्वासमा स्वेच्छास“ग, खुशीसाथ चढाउनुपर्छ । उहाँको योजना के हो के हो ….यता त्रि्रो कुनै सोच बिचारले उता बलिदानको काममा खलल नहोस् है -”

पेट नबोक्ने, दूध नखुवाउने, मातृत्वको स्वभावबाट बञ्चित पुरुषको बोली । महान अब्रहामको बोली । म आमा होइनँ, म नारी होइनँ, म केही होइनँ, मेरो मुटु छैन । तर अब्रहामको भनाइ र बोलीलाई मैले आदर गर्नुपर्छ । मैले जब्बरजस्ती आफूलाई सम्झाएँ । म आमा होइन, म परमेश्वरको आफ्नो मान्छे अब्रहामकी स्वास्नी हुँ । उहाँ अब्रहामसँग बोल्नुहुन्छ । उहाँहरू दुइजना हाकाहाकी कुराकानी गर्नुहुन्छ । मेरो इसहाकको बलिदानले परमेश्वरको हृदय प्रफुल्लित हुनुपर्छ । सायद यो बलिदानले पृथ्वीमा केही राम्रो हुन्छ । हे परमप्रभु परमेश्वर, इसहाकलाई लैजानु होस् । जीवनले दिन नसकेको कुरो उसको मृत्युले दिन सकोस् । हाम्रो इसहाकलाई ग्रहण गर्नुहोस् प्रभु ।

मेरो इसहाक त्यसरी इतिहास बन्यो ।

जब उनीहरू फर्की आए त्यसबेलाको कुरा सुनाउँछु । मैले उनीहरूसँग इसहाकलाई देख्ने कुरै थिएन, देखिनँ । थाकेर आउनेहरूको अघि चुपचाप खानेकुरो राखें । केही बोलिन । के बोल्नु – के भन्नु – सबै त शून्य भइसक्यो । अचानक मेरो कानमा परिचित आवाज,

“आमा …-”

दिनमा बीसौंचोटी मेरो कानमा आउने आवाज फेरि मेरो पछिल्तिरबाट आयो । मैले आवाजतिर हेरिन“ । पहिले अब्रहामलाई हेरें । यो आवाज ममात्र सुन्दैछु कि अरू पनि सुन्दैछन् – मैले उनीहरूलाई हेरें । अब्रहामको मुहारमा बदमासीको मुस्कान देखें । किन उनीहरू हाँस्दैछन् – यी बूढा जहिले पनि जिस्किन्छन मसँग । त्यस्तो बेलामा पनि जिस्किने हो त – भ्रम हो, साँचो हो, के हो भनी मैले नआत्ती पछाडि फर्केर हेरें । ऊ पनि त आएको रहेछ यो हूलसँग । ऊ त्यही थियो । हाँसीरहेको । मेरो छोरो इसहाक । मेरो छोरो ? उसलाई मेरो भन्नु मलाई कताकता अप्ठेरो महसुस भयो ।

ममा, हामीमा, संसारमा केही ठूलो फरक आइसकेको थियो । इसहाकको बलिदान मेरो मनले चढाइसकेको थियो । त्यहाँ इसहाक थिएन । एउटा राष्ट्र थियो, मैले देख्नै नपाउने एउटा जाति थियो । थुप्रै तारा र रासरास बालुवजस्तै संख्यामा एक दिन पृथ्वी भरिने मानिसहरू मध्ये पहिलो व्यक्ति मेरो अघि हाँसिरहेको थियो । म बूढीसँग मेरो प्यारो इसहाक कति छक्क पर्यो होला त्यस दिन । खुशीले चिच्याउनु, कराउनु, उफ्रनुको साटो म त लाटीजस्तै, मूर्तिजस्तै डिङरिङ्ग उभिरहें । आँसु बगाउँदै उसलाई र उसको अर्थलाई हेरिरहें ।

मेरो नाउँ हन्ना । अभिवादन भन्छु । इतिहासको कुन कुनाबाट यसले के भन्न लागी भन्ने लागेको होला तपाईलाई । हाम्री महान पूर्वज र हामी सबैकी आमा साराको घटना मेरो जीवनसँग मिलेको पाउँछु । छोटकरीमा भन्छु । शमूएलको जन्म भयो । तपाईलाई थाहा छ मेरो सन्तान थिएन । आमाको तन र मन पाएर बाँच्नु अनि सन्तान नहुनु कत्रो अभिशाप हो । समाजको पलपलको हेराइ, सोधाइ, हँसाइको नारकीय गोरेटोमा दिनदिन हि“ड्नु पर्ने । कतिले जानीजानी ठूलो स्वरमा सोधेर अरूलाई मेरो स्थिति र्सार्वजनिक गरिदिन्थे ए बालबच्चा केही छैन – भएकै छैन – सोध्ने व्यक्ति छक्क परेको होइन । मलाई थुक्क भनेको । हाम्रा श्रीमानकी दोस्री श्रीमती पनिन्नाह मेरो घाउमा नून-चुक दल्न कहिल्यै चुकिनन् । सानोसानो बहानामा उनका छोराछोरी मेरो अघि नचाउँथिन् । कुराकानीमा खसाल्थिन् । विरक्त बनेर जाउँ त कहाँ जाउँ – बसुँ भने बसिनसक्नु थियो । वर्षा एक चोटी शिलोको मन्दिर जानुपर्ने कुरो मेरो लागि सैयौं कोर्रा खानु सरह थियो । परमप्रभुको भवनमा जाँदा श्रद्धालुहरूको भीडमा पनिन्नाह आफ्नो हरियाली र मेरो मरुभूमिको वर्णन गर्दै तमासा लाउँथिन् । आउनेजानेलाई भन्ने गर्थिन्,

“हन्ना दिदीको लागि कुनै औषधि छैन – तपाईहरूको गाउँमा यस्तो अवस्थामा के खाने गर्नुहुन्छ ? कति बलि चढायौं, कति प्रभु पुकार्यौं हेर्नु न केही कामै हुँदैन । उल्टो मसँग रिस गर्छिन् । मलाई दिएको सन्तानसँग आरिस गर्छिन् । हाम्रा श्रीमान, एल्काना पनि गजब गर्नुहुन्छ । सन्तान जन्माएर उहाँको बंश र सम्पत्ति बचाउनेलाई भन्दा काम न काजकी बाँझीलाई फुर्फुर्याउनु हुन्छ । यस्तो कहीं हुन्छ, भन्नुहोस् त ? केही उपाय भए बताइदिनुहोस् है हन्नालाई । उनको पनि सन्तान जन्मोस् र मेरा बालबालिकामाथि पर्ने उनको कालो नजरको असर नपरोस् । बच्चाहरूलाई बिषै खुवाइदेलान भन्ने डर लाग्छ अब त …”

शिलोको वाषिर्क चाडमा चौंदिशाबाट आउने दश थरीका मान्छेको बीचमा किन मेरो बदनामी गर्छिन् हँ यो पन्निना ? मैले कसको के बिगार गरेकी छु ? चुपचाप मन्दिर आउने, बलिदान चढाउने र जाने होइन र ? किन यसरी वर्षोनी यतिका जन समुदायको अघि बदनाम गर्नु परेको ? एल्कानाको प्यार र र्समर्थन नपाएको भए म उहिल्यै विष खाएर मर्थें । बाँच्नु धेरै कठिन थियो मेरो लागि ।

मन्दिरमा बालकलाई मागेकी थिए“ एक दिन । परमप्रभु, सेनाहरूका परमेश्वरले दिनभयो । मैले भाकल गरी मागेको शमूएल साँच्चै जन्मियो । दूध आउन छाडेपछि पनि मैले उसलाई दूध चुसाइरहें । अनि झसङ्ग बनें । के भनेकी थिइस् मन्दिरमा भुलिस् – भनी मेरो विवेकले मलाई छडी चलायो । शमूएलको मन्दिर जाने बेला भइसकेको थियो । गाउँघरको हाम्रो चलनमा चार वर्षम्म दूध खुवाउनु पर्छ भन्ने थियो । विछोडको दिन आयो । उसले बोली बुझनु अघिदेखि म सधैं उसलाई भन्थे, तिमी मेरो होइनौ, मैले मागेको । तिमी मेरो होइनौ, मागेको । ऊ तीन वर्षपुगेको दिनदेखि मैले उसलाई भन्न लागें, तिमी एक दिन जानुपर्छ, एक दिन जानुपर्छ ।

मन्दिर कस्तो हुन्छ, त्यहा के गर्नुपर्छ, त्यहाँ को बस्नुहुन्छ, त्यहा कसको काम हुन्छ भनी सधैं बताउँथें । शमूएलसँग मैले सामान्य आमाको सम्बन्ध राख्न सकिनँ । मैले भुलेर उसलाई बढी आफ्नो छातीमा टाँसेको दिन म सोच्थें, ए हन्ना, मुर्खता नगर् है । यो तेरो होइन । रुनुपरेको दिन बुझ्लिस् । आफूलाई सम्हाल्थें । शमूएलको प्रशिक्षणमा खुब ध्यान दिएँ । उसको मनमा मन्दिर भरिएको थियो । घर होइन । उसको मगजमा आमा, बाबाभन्दा पनि परमेश्वर, पूजारी, भेटी, बलिदान भन्ने शब्द र तिनको अर्थले बढी जग्गा ओगटेको थियो । सानैदेखि तोते बोलीमा उ भन्थ्यो, म त मन्दि जाने, पूजा गन्ने । एक पल खुल्लामा हाँस्थें, अर्को पल लुकेर रुन्थें ।

पनिन्ना मेरी सौता भुत्भुतिन्थी, कस्ता कस्ताका सन्तानले मन्दिर पस्न पाछैनन् बाँझीले बल्लतल्ल पाएका छोछोरी मन्दिर जाने । घरकाले नपुगेर पर्ठाई त्यसका सन्तानलाई मन्दिरको भाग खान ।

शमूएललाई मन्दिरमा बुझाएर एक्लै फर्केको दिन मन एक तमासको भइरहेको थियो । पनिन्नाको कुरोले मलाई पोल्यो । मैले उसलाई शान्त स्वरमा नै भनें, पनिन्ना, बच्चा नपाउ“दा पनि तिमीलाई अशान्ति, पाउँदा पनि अशान्ति, म के गरूँ – मन्दिरमा एक्लैएक्लै रातमा, दिनमा सानासाना हातले केही गरिरहेको छ । घरको याद आउँदो हो, गाउँको आखापाखा झल्झली देख्दो हो । त्रि्रा त तिमीसँगमा छन् । उनीहरूलाई स्याहार सम्भार गरन पनिन्ना । नभएकोलाई किन केके भन्छौ – मेरो ठाउँमा आफूलाई सम्झ त –

कोठाबाट बाँउठिएर हिँडिन पनिन्ना , तिम्रा ठाउँमा आफूलाई सम्झनुपरेको छैन । न जन्माउन सक्ने, न जन्माकोलाई हुर्ुकाउन सक्ने । एस्ती लोदर्नी, कुलांगारको ठाउँमा आफूलाई सम्झनु पर्या छैन । जानूनि आफू पनि मन्दिरमै बस्नु ।

प्रधान पूजारी एली र उनका दुइ छोराको मृत्यु एकै दिनमा भएको दिन इस्राएलीहरू साह्रै आत्तिएका थिए । देशभरि अन्धकार नै भयो । पूजारीका छोराहरू मैदानमा मरे । पूजारी स्वयम् मन्दिरमा ढले । मैले परमप्रभुसँग मागेको मेरो छोरोले अचानक कसैले, कहिल्यै नचिताएको पद र स्थानबाट हाम्रो जाति र राष्ट्रको सेवा गर्न पर्यो । पनिन्ना त्यस दिनदेखि मस“ग केही आदरपूर्वक बोल्न लागिन् । प्रभुलाई लाखलाख धन्यवाद चढाएँ । मेरो बन्न नसकेको मेरो छोरो शमूएल…कहाँ पुग्यो …के बन्यो …

म, मोशाकी आमा । मेरो पनि तपाईलाई अभिवादन । मेरो छोरो मोशाले जुन प्रसिद्धी लाभ गर्यो त्यो पनि कल्पना र विचारको दायरादेखि बाहिर नै पर्ने कुरो हो । हामीले मिश्रमा धेरै दुःख पायौं । हाम्रा उहिलेका पूर्खा योसेफले यही मिश्रमा राज्य गर्थे भन्ने कुरो पत्यार लाग्दैन थियो । मिश्रको घट्टमा दिनरातको पिसाइले हामी इतिहासको कुरा सोच्न सक्दैन थियौं । योसेफ दन्त्यकथा बनिसकेका थिए । ह्रि्रु जातिका प्रधानमन्त्रीले उहिलेको मिश्रमा राज गरे पनि नगरे पनि हामीलाई के – कमाराको जीवन गुजारिरहेको मानिसहरूको लागि इतिहास होइन, गाँस र वास ठूला कुरा थियो ।

हाम्रो संख्या बढ्दै गयो । मिश्रीहरू आत्तिन लागे । हाम्रा पुरुष बालकहरूलाई मार्नुपर्ने अध्यादेश आयो । मोशा जन्मँदा म डरले काँपेकी थिएँ । उ ठूलो सोरले कराइकराइ रोइदेला भनी थर्थरीमा बाँच्थें । दुइ वर्षो ह्रि्रु बालकहरूलाई फारोका सिपाहीहरूले गिँढेको मैले देखेकी थिएँ। मिरियम मेरी छोरीको मदतले मोशालाई एउटा डालामा राखेर नील नदीमा हामीले छोडिदियौं । बाँचे भाग्यले बाँच्छ मर्ने हो भने यी मेरा आँखाले हेर्न नपरोस् भनी मैले मुटु बलियो गरें । बालककी दिदी मिरियमले त्यो कोक्रोमाथि राखेको निगरानीले गर्दा कुरा कहाँदेखि कहाँ पुग्यो । मिश्रकी अधिराजकुमारीले कोक्राको बालकलाई टिठाइन् । मिरियम बाठीले कुरा ठ्याक्कठुक्क मिलाइछ । बालकलाई दूध खुवाउने काम मैले नै पाएँ । मेरो छोरो यसरी मरेर बाँच्यो । म भनिरहन्थे उसलाई, तिमी ठूलो कामको लागि छानिएका छौ । मिश्र दरवारको मान्छे हौ तिमी । हाम्रा पूर्खा योसेफले जस्तै तिमीले पनि मिश्रमा राज्य गर्नुपर्छ । तिमी सानो मान्छे होइनौ । तिमी ह्रि्रु हौ । कमरा होइनौ । दरवार पसेका राजकुमार हौ ।

उसलाई छातीमा टाँसेर म कतै भागिजान चाहन्थे । उसलाई उसको खास घर, महलमा पठाउनु मनले दिँदैन थियो । आफन्तहरू भन्थे, भाग्य हो भाग्य । दुःखमन नगर, उसलाई राम्रो हुन्छ, के थाहा हाम्रै जातिको भलो होला ।

पछिपछि ऊ आफ्नो चमकदार रथहरूमा चढी बाटाहरूमा आउ“दाजा“दा म लुक्थें । उसले चिन्ला, विचलित बन्ला भनी डराउँथे । उ अब अर्कै सोखिन उच्च समाज र संसारको मान्छे बनिसकेको छ । उ हाम्रो झुत्रे तहको मान्छे होइन । मेरो छोरो मोशा, हेर त कहाँको मान्छे कहाँ पुग्यो ।

एक दिन मैले सुनें मोशा दरवारमा छैनन् । हत्या गरेर भागेको भन्ने सुनें । वर्षौं दबाएको ममताको ज्वालामुखी फुटेर आयो । उसलाई भेटुँली भनी खोज्दैखोज्दै सहरको बाहिर बाहिर धेरै दिन घुमें । सुख सयलमा बसेको मान्छे – के खायो, कहाँ सुत्यो, के भयो भनी रुँदैरुँदै हिँडे । भेटिनँ ।

हारून र मिरियमलाई वाक्क भइञ्जेल कुदाएँ मैले । उनीहरू कराउँछन्, दरवारको मासु खानेलाई झुपडीको ढिँडो कसले दिन्छ आमा ? छैन आमा, मोशा छैन, मरिसक्यो होला । यतिका वर्षभइसक्यो, अब आउँदैन । चारैतिर मरुभूमि देखिनौ ?

हँ ? अब आउँदैन ? मनमनै म आत्तिन्थे । सानो छँदा त्यसलाई दरवार नपठाएर कतै लिएर गए पनि हुन्थ्यो भनी म पछुतोमा जल्न लागें । मोशा मिश्रबाट हिँडेको तीस वर्षबितिसकेको थियो । आँखामा एक चिम्टी उज्यालो बचाएर पर्खिबसें । उ आएन । कमजोर बनें । ज्यान बिलकुल गलेर गयो । सास फेर्ने अप्ठेरोबाट मेरो मृत्यु भयो । मिश्रबाट तीस वर्षअघि हराएको मेरो छोरो, मेरो राजकुमार, मेरो मोशाको आशैआशमा मेरो आयु समाप्त भयो । त्यही मेरो छोरोको हातबाट पछिपछि परमप्रभुले के गर्नुभयो वारि मृत्युको दुनियाबाट बुझ्ने, हेर्ने मलाई अनुमति मिल्यो । जन्माएपछि गुमाउन परेको, आफ्नो भएर पनि आफ्नो भन्न नपाएको मेरो छोरो मोशाले इतिहासको गद्दी चढिछाड्यो ।

म मरियम । मेरो अघि बोल्ने हाम्रो जातिकी प्रसिद्ध आमा, मोशाकी आमालाई हाम्रो समाजमा योशाबेद अथवा योशाबेट भन्ने चलन छ । उनका छोरा मोशाले कत्रो ठूलो उद्धार गरेर हाम्रा मानिसहरूलाई मिश्रबाट निकाले र कनानी, हिब्बीहरूको देशमा पुर्याए । म त्यस्तै अर्की आमा । मेरो कति यश फैलिएको छ । मेरो नाउँमा प्रार्थना गर्छन्, पूजा गर्छन् मानिसहरू । म येशूकी आमा भएकोले होला । येशूकी आमाको रूप उतारेर,सुन्दर-सुन्दर मूर्तिहरू खोपेर चित्रकार, मूर्तिकारहरूले प्रसिद्धी हासिल गरे । इतिहासले मलाई कुनकुन शिखरतिर पुर्यायो भन्दा पनि मेरो जीवनकालमा मैले के भोगें सायद त्यो वास्तविकताको नजिक छ ।

र्स्वर्गदूतसँगको कुराकानी मेरो लागि भयानक अनुभूति थियो । गब्रिएलस“ग वार्तालाप भएको कोठामा म धेरै दिन पस्न सकिनँ । पवित्र आत्मा ममा प्रवेश गरेर मैले गर्भधारण गर्नु र कोही, कसैलाई जन्माउनु भनेको प्रकृति, समाज, सृष्टिमा कहिल्यै नसुनिएको अस्वाभाविक घटना थियो । मैले केही पनि बुझिनँ ।

मेरो रजस्वला ठप्प भयो । म भीरबाट खसें । शरीरको वृद्धि प्रस्टिन लाग्यो । मोटामोटा कपडाहरू लाएर मैले जिउ लुकाउन खोजें । समाज हाँस्न लाग्यो । पहिले मुसुमुसु अनि पछि खुलेर हाँस्न लाग्यो । जोरीपारी हसाउनु भनेको के हो बुझें । घरकाहरू सब नाराज बनें । एक दिन मेरा मगेन्तर योसेफले मलाई बोलाउनु भयो । मन्द, मधुरो, शिष्ट शैलीमा बोल्नुभो, म आँसु चुहाउँदै सुनिरहें,

“जे हुनु भइगयो मरियम । मेरो प्यार र स्नेहले मलाई तिमीप्रति उग्र बन्न दिँदैन । आशा थियो, सपना थियो, एउटा भविष्य थियो । सब चूर भयो । कसैले जब्बरजस्ती गर्यो होला, कसैसँग त्रि्रो मन बस्यो होला । जे भयो भयो । हाम्रो मगनी भइसकेको छ । यो बालक मेरो होइन भनी पञ्चायत बोलाउने मेरो अधिकारलाई म प्रयोग गर्न चाहन्न । तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु । आफैलाई सम्हाल । बढी हल्ला नमचाउनु वेश हुन्छ …”

मैले नै नबुझेको कुरो, मलाई माया गर्ने योसेफले नबुझेको कुरो, समाजले बुझ्ने सवालै थिएन । मेरो जीवन संकटमा थियो । मेरो चरित्रमाथि छिटा लाउने अनुमति समाजलाई मिलिसकेको थियो । मेरो गर्भ र पेटमा कसैको चलमल थियो । ऊ के हो, को हो म जान्दिन थिएँ । कुनै पुरुषको कारणले होइन, त्यस्तो केही होइन भन्नेसम्म मलाई थाहा थियो । तर यस्तो विषयमा पुरुषसँग यौन सर्म्पर्क हुनैपर्छ भन्ने सामाजिक मान्यताको विपरीतमा प्रस्तुत गर्नसक्ने मसँग भरपर्दो, निर्णायक तर्क थिएन ।

मैले जस्तै र्स्वर्गको आवाज सुनेपछि योसेफ मकहाँ कुदेर आउनुभयो, मलाई क्षमा माग्नुभयो । हामी दुवै रोयौं । किन रोयौं थाहा छैन ।

मान्छेको चियोचर्चो, घोंचपेच र आलोचना उहाँले खप्नुभो, मैले खपें । जे भयो त्यो इतिहासमा पवित्र आत्माले बुझाउँदै जानुभयो हाम्रो जीवनकालमा हामीले बुझ्न सकेनौं ।

उ हराएको दिन मैले हैरानीमा उसलाई डाँटेकी थिएँ,

कहाँ बेपत्ता बन्यौ हँ – तिम्रा बुवा र मैले तीनतीन दिन कहाँ कहाँ खोज्नु पर्यो । यो के ताल हो?

मैले सब कुरा बिर्सेर मातृत्वको प्रबल वेगमा रिस, माया, चिन्ता, डर सबको समिश्रणमा उसलाई हप्काएँ । बाह्र वर्षो मेरो कलिलो बालकमाथि खनिएँ । खानु पिउनु भुलेर योसेफ र म यताउता कुदेका थियौं । आफ्नै बच्चा हराएको जस्तै उसलाई खोजेका थियौं । यही थियो मेरो समस्या । घरीघरी भुल्थें उ मेरो होइन । मेरो छोरो मेरो होइन ।

पछि त उनले मलाई आमा भन्न छोडे । ए नारी भनी पराइजस्तै उनले सम्बोधन गर्दा छाती चरक्क हुन्थ्यो । तर हाम्रो सांसारिक नाता तोडिनै पर्ने थियो । उनी सबैका हुन्, मेरो मात्र होइनन् । गर्भधारण जतिको असहज थियो, छोरालाई छोरा भनी आफ्नो छेउ बसाउन नपाउनु, आफ्नो हातले खुवाउन नपाउनु झनै कष्टकर थियो । प्रेम र आज्ञा पालन उनको मूल मन्त्र । मलाई प्रेम गर्ने, मेरो आज्ञा पालन गर्ने सबै मेरा आफन्त हुन् भनी उनले सयौंको भीडमा प्रचार गर्दा म छटपटिन्थें । मेरो मातृत्व चिच्याउँथ्यो । मनमा आन्दोलनको ज्वाला सल्कन्थ्यो । इर्ष्याले म मनमनै जल्थे । यो मेरो छोरो, मैले जन्माएको, दूध खुवाएको मेरो छोरो हो भनी म चित्कार गर्न चाहन्थे । मानिसहरू उनलाई भन्थे, तपाईलाई जन्माउने, दस धारा दूध खुवाउने आमा कति भाग्यमानी, कति धन्य । थाहा छ उनको जवाफ?

परमेश्वरको वचन सुन्ने र पालन गर्ने पो धन्यका हुन् ।

हाम्रो आँखा जुद्धा कति पल्ट म थाहा पाउँथे उनी मजस्ती एउटी महिला, टोल छिमेकका एक हूल मान्छे, एउटा, दुइटा जातिको निम्ति आएका होइनन् । सम्पूर्ण संसारका मानिसहरूको छुटकाराको लागि, उद्धार र अनन्त जीवनको लागि उनको मनमा एउटा आगो जलिरहन्थ्यो । टाढाटाढा हेर्दै संघर्ष छटपटिएका आँखाले के भनेका, के खोजेका म बुझ्दिन थिएँ । धरतीमा छन् तर उनी धरतीका होइनन् । के खोज्छन्, के चाहन्छन्, के भन्छन् म हैरान बन्थें ।

सैयौं, हजारौं मानिसहरूलाई खुवाउने, चँगा गर्ने, शिक्षा दिने ती असल व्यक्तिलाई अधिकारीहरूले क्रूसको काठमा किला ठोकेर झुण्डाइ दिए । यै हातले खेलाएको, खुवाएको, हुर्काएको मेरो येशुआलाई उनीहरूले कोर्रा काँडाको मुकुट पहिराए । दरदनाक अवस्थामा झुण्डाए । के थियो उनको अपराध – बप्तिस्मा दिने योआनेसले भन्थे, हेर संसारको पाप उठाइ लैजाने थुमा । यही मेरो छोरोले त्यो काम गरेका हुन् -सबलाई पाप र शैतानबाट छुटकारा दिने काम गरेका हुन् कि भनी म अनुमान गर्थें । मर्ने बेलामा उनले एउटा चेलाको हातमा मेरो देखभालको लागि झुण्डीझुण्डी कुरा मिलाए । मलाई हेरबिचार गर्नेहरू थिए, र पनि असीम पीडा र कष्टमा सास अल्झँदै, होशबेहोशको बेलामा उनले मेरो बस्नेखाने बारेमा सु्र्ता गरे ।हेर्ेन नसकेर आँखा बन्द गरें । सुन्न नसकेर कान थुने ।

मैले जन्माएकी मात्र तर छोरा भन्न नपाएको मेरो छोरो, येशुआ । म त एक माध्यम मात्र, एक शरीर मात्र । आमाको मनले र्स्पर्श गर्न नपाएको । आमाको हातले सुम्सुम्याउन नपाएको । बेथलेहेमको गोठमा जन्मेको, रातारात मिश्रमा लगी लुकाएको, नासरतमा हुर्केको, यरूशलेममा झुण्डेको, जैतुन डाँडामा उठाइएको येशुआ … मेरो भन्न जति नै मन लागेता पनि मेरो होइन … परमेश्वरको पुत्र येशुआ …।

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on May 7

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In