• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मेरो गोहार कहाँबाट आउँछ ?

by Loknath Manaen
May 7, 2013
in Articles

इसाई वृत्तमा अहिले एउटा ठूलो चासो र सरोकार बढेको छ। नयाँ संविधानमा धर्म सम्बन्धी कस्तो सोच हुनेछ ? धर्मलाई कस्तो ठाउँ दिइनेछ? loknathmanenधर्मावलम्बीहरूको स्थान सुनिश्चित हुन्छ कि हुँदैन ? मेरो प्रश्न पाठकज्यूहरूमा, के इसाई मत वा इसाई समुदाय धर्मावलम्बीहरूको समुदाय हो ? इसाईत्व धर्म हो? यसलाई धर्म भनी कसले भनेको ? कहिलेदेखि? सन १९९०मा बहुदल व्यवस्था आउनेबेलासम्म ख्रीष्टको एकलेसिया राजा, पञ्चायत व्यवस्था र अतिवादी हिन्दूहरूको मारमा परेको थियो। हामीलाई धर्म परिवर्तनको दोष लगाइएको थियो। त्यसबेला ख्रीष्ट मण्डलीबाट सफा आवाज आएको थियो, “यो धर्म होइन, यो जीवन हो” “यो विश्वास हो, आस्था हो”।

मानिसहरू जेल गए, देश छोडेर पनि गए प्रहरीबाट कुटिएका, गाउँलेहरूबाट कुटिएका अनि अंगभंग भएका ख्रीष्ट विश्वासीहरू आज पनि हाम्रो माझमा छन्। त्यो कष्टको बेलामा हामीले आफ्नो बचाउमा मात्र बोलेको कि साँच्चै यो धर्म होइन त्यसबेला धर्म होइन भनिसकेर आज धर्म हो भन्दा आम समुदायमा अन्योल पैदा हुँदैन र?  त्यसबेला र यसबेलाको राजनीतिमा परिवर्तन भएजस्तै अब हाम्रो बाइबल र पुरानो भजनलाई के गर्ने, त्यहाँ त यस्तो लेखेको छ, मेरो गोहार परमप्रभुबाट नै आउँछ, जसले स्वर्ग र पृथ्वी सिर्जनु भो?

रीतरिवाज, परम्परा, पूर्वजहरूले गरिल्याएका पूजा, विधिहरूको पालनालाई धर्म भन्ने चलन छ। नेपालमा धर्मको कमी छैन अनि धर्म मान्ने भक्तहरूको पनि कमी छैन। यी चलन र रिवाजहरू हजारौं वर्षदेखि (भारत र नेपालमा) चलि आएको छ। येशू प्रभु आउनु भएको बेलामा भारतमा हिन्दू धर्म थियो, मानिएको थियो, फैलिएको थियो। बुद्ध धर्म पनि ५०० वर्षपुगिसकेको थियो। कनफिउसियन धर्म पनि त्यसबैला चीन देशमा सुरु हुन लागेको थियो (यसको देवता छैन)। ख्रीष्टपूर्व १०० मा चीन देशमा टाउ धर्म सुरु भयो। शिन्टो जापानको धर्म हो। यसमा राजाको पूजा नै माथिल्लो प्राथमिकतामा पर्दथ्यो। त्यो दोस्रो विश्व युद्धपछि कम भयो। ६०० इश्वीमा इस्लाम सुरू भयो।

हामीले मानेको त जीवित परमेश्वरलाई हो, “म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। पृथ्वी मैले बनाएको हुँ, त्यसमा मानिसहरूलाई मैले नै सृष्टि गरेको हुँ” (यशैया ४५५,१२) । हामीले तस्वीर, मूर्ति र आकृति मान्न पाउँदैनौं, “मबाहेक अरू कुनै देवता-देवी नमान्नू। आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू, (प्रस्थान २०:३,४)। “परमेश्वर आत्मा हुनुहुन्छ , र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ, (यूहन्ना ४:२४)।”

यिनै परमेश्वरको पुस्तकमा उहाँमाथि विश्वास गर्नेहरूको बारेमा भनिएको छ, “तिमीहरू चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ” (१ पत्रुस २:९)।

ख्रीष्ट मत मान्ने व्यक्तिलाई सबै धर्मावलम्बीहरूसँग मिलेर तपाईको पनि धर्म हो अनि हाम्रो पनि धर्म हो भन्ने आधार के हो हामीले पहिले बुझ्नुपर्छ। मैले बाइबल समात्ने हो र पढ्ने हो भने त्यसरी बोल्ने आधार म बाइबलभित्र पाउँदिनँ। किनभने प्रभु ख्रीष्टले हामीलाई दिनुहुने कुरोलाई हामीले जीवन,प्रशस्त जीवन, भरपूर जीवन, जीवन परिवर्तन, नयाँ सृष्टि भन्दै ल्याएका छौं। बाइबलका परमेश्वर भन्नुहुन्छ, ‘म बाहेक अरू कोही छैन’। हामी भन्दैछौं, ‘सबै एउटै हो, हाम्रो पनि धर्म हो अनि उनीहरूको पनि धर्म हो’। ख्रीष्टले भन्नुभयो, ‘बाटो, सत्य जीवन म नै हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ आउन मिल्दैन’। यस्ता अभिव्यक्ति र वाक्यहरू भएको शास्त्रलाई धार्मिक पुस्तक भन्नु मिल्दैनँ। यो साँचो, एकमात्र ईश्वरको पुस्तक हो, जसले पृथ्वी बनाउनुभयो र हामीलाई मुक्ति दिने बाटो खोलिदिनुभयो। यसकारण हामी धर्म मान्ने समूह होइनौं। तर पनि विज्ञ, डाक्टर, विशप अनि रेभरेन्डहरूले त्यसो होइन, यसो हो भन्नुभो भने हामी सुन्न तयार छौं। हिजो, आज सधैंभरि हामी पनि एक समान कुरा गर्ने समूह बन्नुपर्छ।

कम्यूनिस्टहरूले आफूलाई दशचोटी बद्ली गरिसके। काँग्रेसहरू बुवा राजा, शिशु राजा अथवा लोकतन्त्र भनेर पक्कापक्की बोल्न सकेका छैनन्। त्यसरी नै हिन्दूहरू जात मानौं, नमानौं, अलिअलि मानौं भनी निष्कर्षमा पुग्न नसकेजस्तै हामी पनि बतास मुताबिक उडिरहेछौं। “क्रिस्चियनलाई जेल” लेख्नेस हिन्दूवादी शासन हो। तर उनीहरूलाई समयको हुरीले कुन्नि कता उडाइदियो। आज “क्रिस्चियनलाई फूलको माला” लेख्नेक पनि नाकको प्वालमा सास अल्झेको मान्छे नै हुनेछन्। हामी किन उनीहरूसँग मख्ख पर्नु, किन उनीहरूको सामु दण्डवतै गर्लाजस्तो गर्नु? “मेरो राज्य यो संसारको राज्य होइन” भनेर येशूले बोल्नुभएको छ। भारतमा इसाईहरू दिनदिनै मारिँदैछन् र खेदिँदैछन्। त्यो हो ६५वर्षे प्रगतिशील मुलुकको धर्म निरपेक्षताभित्रको विडम्बना। नेपालको धर्म निरपेक्षता त ठीकसँग सुरु पनि भएको छैन। शासन कुन धर्मावलम्बीको हातमा पर्छ, अर्काको धर्मलाई सम्मान देखाउनलाई त्यो व्यक्ति विदेशसिदश घुमेको, पढे, लेखेको, सुसंस्कृत व्यक्ति हुनुपर्छ। उसले घुस खानु छोड्ला तर क्रिश्चियनलाई विरोध गर्नु छोड्नेछैन। सरी। भावनात्मक र आवेगका कुरा  प्रशासनको नियन्त्रणभन्दा बाहिरका कुरा हुन्। एल साद्दाईको सम्मेलनमा त्यतिका महिला र बच्चाहरू मरे (राम्रो भाषामा प्रभुमा सुत्नु)। तम्बु निर्माणमा त्रुटी गर्ने इन्जिनेरलाई सरकारले सोधपुछ गर्ने आँट गरेन। धार्मिक समूहका कुरामा उनीहरू धेरै गहिरिन चाहेनन्। त्यो मानवीय गल्ती थियो। कानुनले सबै कुरामा हस्तक्षेप गर्न सक्छ, आतंकवाद र भावनात्मक कुरालाई तह लाउन सक्दैन। संविधानमा हामीलाई ठूलो सम्मान देखाए पनि भोलि हिन्दू अतिवादीहरूले आफ्नो खेल देखाउँदा प्रदेश, प्रदेशका सरकारहरू मुक दर्शक बन्नेछन्।हिन्दू अधिकारीहरूले अरू धर्मको पक्षमा बोलेको हामीले सुनेकाछैनौं। इण्डियाको धर्म पनि त्यही हो। त्यहाँ हाम्रा इसाई दाजु, भाइ र दिदी बैनीहरूलाई दिनदनै कुट्ने, मार्ने, जेल हाल्ने अनि चर्च भत्काउने काम भइरहेको छ। दलितको निम्ति कुनै हिन्दू प्रहरीले र न्यायधीशले नेपालमा कसैलाई, कहिल्यै सजाय दिएको सुन्नु भएको छ? आफ्नै धर्मभित्रको घृणित आक्रमणमा उनीहरू चुप्प बस्छन् भने विदेशी भनिएको धर्मावलम्बीहरूको पक्षबाट उनीहरूले कसैलाई एक बेत हान्लान्? आफ्नो धर्म र भगवान  प्रति घुमाउरो प्रकारले श्रद्धा अर्पण गर्न छाड्नेछैनन्। शिरमा टोपी लोकतन्त्रको अनि आँखामा आँसु गोहीको। त्यसभन्दा बढी हामीले आशा राख्नु् हाम्रो मूर्खता हुनेछ। हामी ख्रीष्ट पछ्याउने र ख्रीष्टको वचन मान्ने समूह हौं। यूरोपले यसलाई धर्म बनायो, अनि अमेरिकाले यसलाई धर्म ठहरायो। यसलाई नेपालमा कुन चर्चले, कुन अगुवाले कहिले “धर्म” भनी घोषणा गर्यो? त्यो हामीलाई थाहा छैन।

म नेतृत्ववृन्दमा आग्रह गर्छु संविधान कोर्ने व्यक्तिहरूको सामु यो मतलाई धर्म भनी बताउनअघि यो धर्म हो भन्ने बाइबलीय आधारहरू हामीलाई खुलाइदिनुहोला। धर्म भनेको पूजा हो, दिन र मिति हो अनि पर्व र चाड हो, सामूहिक क्रियाकलाप हो। बाइबलमा चाडहरू खुलाइएका छैनन्, मिति र विधिहरू तोकिएका छैनन्। कसरी बोल्नु, कसरी हिँड्नु भन्ने आचारणका कुराहरू प्रशस्त खुलाइएको छ। क्रिसमस र इस्टर मानिएको कुरो मान्छेको परम्परा हो। यी विषयहरूलाई हामी हप्ताको सातै दिन र दिनको चौबीसै घन्टा मान्न सक्छौं। चर्चा गर्न सक्छौं। बाइबलमा तोकिएको कुरो उनका भक्तहरूद्वारा प्रभु ख्रीष्टप्रति प्रेम अनि ख्रीष्ट को नाउँमा मानव समाजप्रति  प्रेम हो। उहाँका अनुयायीहरूले ख्रीष्टको बलिदानको बारेमा विश्व मानवजातिलाई (कुनै भेदभावविना) बताउनु र उहाँको महान राज्यको उद्‌घाटन र पुनार्गमणको प्रतीक्षा गर्नू भनेर बाइबल नयाँ करारमा बताइएको छ।

(जो आफैभित्र झगडामा व्यस्त छ) त्यस्ता मानिसहरूले कोरिदिने अधिकारको निम्ति हामीले मरिमेट्नु कस्तो कुरो हो।  देश मनभित्र टुक्रिसकेको छ। समयले भूमि र जातिलाई यथार्थमा टुक्राउने छ। तर हिजोको बेलामा र भोलिको बेलामा पनि ख्रीष्टको सन्देश उतिकै जटिल र आवश्यक रहन्छ। आज हामीले धर्म, धार्मिक समूह, धर्म मान्ने भनेर आफ्नो पहिचान कागजमा कोर्यौं भने भोलि हाम्रो मान्यता त्यति नै हुन्छ, “धर्मावलम्बी” हरू मध्ये एउटा धर्मको सिटमा हामी बस्नुपर्छ। भोलिको नेपाललाई शान्तिको निम्ति र आशाको निम्ति अनि एकताको निम्ति बोल्ने र सम्झाउने एउटै पक्का समूह भनेको यो समूह हो। यसले आफ्नो निधारमा धर्मको टाँचा सजाउने हो भने, यसले धार्मिक समूहहरूको लाइनमा आफूले बोल्ने पालोको प्रतीक्षा गर्नुपर्छ। संविधानमा मान्छेको आधारभूत अधिकारको कुरामा जे लेखिएको हुन्छ त्यसभित्र सबै धर्म मान्नेहरूको सुरक्षा सुनिश्चित गरिएको हुनेछ। तर क्रिस्चियनले म हिन्दू बन्न चाहन्छु, बुद्धिष्ट बन्न चाहन्छु भनेको खण्डमा उसलाई धर्म परिवर्तनको अधिकार हुनुपर्छ। त्यो हाम्रो सरोकारको विषय हो। अनि कुनै पनि हिन्दूले म बुद्धिष्ट बन्छु अथवा मुस्लिम बन्न चाहन्छु भनेको खण्डमा उसलाई त्यो बाटो खुलिएको हुनुपर्छ। साँचो मनले कुनै कुरोमा आस्था जागेपछि त्यसको प्रतिफल भोग्ने र मूल्य चुकाउने इच्छा पनि मानिसमा जागिहाल्छ। यसकारण चुनौतीसँग किन डराउने? सबै कुरो सजिलो हुँदा मान्छेको संघर्ष शक्ति क्षीण बनेर जान्छ।

ख्रीष्ट पछ्याउने र बाइबल मान्ने मित्र हो, म तपाईहरूमा आग्रह गर्दछु, नेपाल बद्लिने प्रक्रिया संविधानसभापछि समाप्त हुने छैन। बद्लिने, टुक्रिने, ठुस्किने र धक्काधक्की, तानातानी गर्ने बेला त अब सुरु हुन्छ। बाइबलका पानाहरूमा ख्रीष्ट विश्वासीलाई कस्तोकस्तो सम्बोधन भएको छ सोच्नुहोस्। बाइबलले ख्रीष्ट विश्वासीहरूलाई कस्तो आशाको लागि र भविष्यको लागि बोलाएको छ मनन गर्नुहोस्। बदली भइरहने, दुइ वर्षलाएर पनि सहमतिमा पुग्न नसक्ने मान्छेहरूले कोरेको संविधानबाट धेरै आशा नगर्नुहोस्। कानुन र संविधानको उल्लंघन हुने यहाँ परम्परा र इतिहास छ। मल्लिक आयोग र रायमाझी आयोगका नाटक र नौटंकी नभुल्नुहोस्।

हाम्रो निम्ति ख्रीष्टको सर्वोच्चता र बाइबलको मौलिकता विशिष्ट कुरा हुन्। सम्झौतावादले हाम्रो स्वाद खल्लो नबनोस्, समिश्रणवादले हाम्रो उज्यालो धमिलो नबनोस्। धार्मिक समूहको लाममा होइन, हामी ख्रीष्ट विश्वासी समूहको दरिलो जमीनमाथि उभिनुपर्छ। संविधानमा जति नै परिमार्जित हरफ लेखिए पनि र जति नै लचकदार वाक्य भेटिए पनि कसैले ख्रीष्टमा विश्वास गरेको दिन कुनै न कुनै परिवारमा भुकम्प आउने नै छ। विवाह, मृत्युका पलहरूमा हाम्रा हक अधिकार प्रहरीको निगरानीमा हुँदैन। कट्टरवादी परिवार अथवा बौलाएका गाउँलेको मुठ्ठीमा हुन्छ। यसकारण हामीले स्वर्गका परमप्रभुलाई नै प्रथम प्राथमिकता दिनु बढी सुहाउँछ। æहामी दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेको परमेश्वनरले हामीलाई यसबाट बचाउनु सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ, उहाँले त्यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरको देवताहरूको सेवा गर्नेछैनौ, सुनको मूर्तिलाई दण्डवत गर्नेछैनौं….।(दानिएल ३:१७,१८)” त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्, (एस्तर ४:१६)” उहाप्रतिको भरोसा नै उहाँले माग गर्नुभएको कुरो हो। पहिलेको विधानले जेलमा हाल् भनेको बेलामा हामीले प्रभु येशूलाई देश परिवर्तनको निम्ति पुकारेका थियौं। अब परिवर्तित देशमा उहाँको शान्ति र सन्देश फैलाउनुको लागि हामीले पहल गर्नुपर्छ। जस्तो सुकै काल परिस्थितिमा पनि हामी बाइबलमा फर्केर जानैपर्छ । अपवित्र सम्बन्धहरूलाई चिन्नु र पर राख्नुा सिक्नुपर्छ। आजको फूलको माला, भोलिको गलापासो नबनोस्। राणाकालभरि सिंहदरवारमा जति गर्भपतन भो हत्या भो र छल, बेइमानी र पाप भयो त्यसमाथि केही बेर मनन गर्नुहोस्। त्यो स्थान श्रापित छ। रगत बगेको, बगाइएको भूमि हो त्यो। त्यहाँबाट हुने प्रशासनले कहिल्यै नेपालको भलो हुनेछैन। æत्यसकारण यदि तिमीहरू ख्रीष्ट सँग जिइउठाएका छौ भने माथिका कुराहरूको खोजी गर जहाँ ख्रीष्ट् हुनुहुन्छ। माथिका कुराहरुमा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन” (कलस्सी ३:१,२)

“हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दहि्रलो थामिराखौं “, “आउनेहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन”,”यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ हौं”, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाईत्याग्नेछैन”, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ” (हिब्रू १०:२३, १०,३७, १२:२८,१३:५,६)।

-लोकनाथ मनेन

Written by Mr. Loknath Manael

Republished on nepalchurch.com new site on may 7

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In