चर्चले पाएको मिशन र सन्देश अपरिवर्तनीय हालतमा दुर्इ हजार वर्ष देखि हाम्रो समयसम्म आइपुगेको छ। लामो समयको राजनीतिक, अर्थनीतिक, औद्योगिक,
परिवर्तनहरूलाई कसिलो जवाफ दिएर प्राचीन समयको चरणदेखि आधुनिकताको युगसम्म येशूको सदा बहार सन्देशले विश्वको प्रत्येक देश, नगर, टापु र जिल्लालाई लगभग भियाइसकेको छ। सुधार्न, संसोधन गर्न नपाइने सधैं ओरिजिनल रहने ‘गस्पल’, ‘खुशीको खबर’, ‘सुसमाचार’को राँको नेपालमा पनि आइपुगेको छ। नेपाली जगतभरि पुगिरहेको छ।
जसको लागि हामी केही भन्न र गर्न चाहन्छौं। उसको खाँचो, उसको अवस्था, उसको बुझ्ने क्षमता, उसको उमेर, शिक्षा, आर्थिक अवस्था, पृष्ठभूमि हामीले हाम्रो सरोकारभित्र राख्नुपर्छ। श्रोता, दर्शक, पाठक, सन्देशग्राहीको बुझ्नपाउने अधिकारप्रति हामी चिन्तित बन्नुपर्छ। कान्तिपुर दैनिक वास्तवमा यो देशको कति प्रतिशत मान्छेको निम्ति प्रकाशन भएको? कति प्रतिशतले बुझ्दैछन्? एकछिन त्यसमा छापिएका विचार र भाषाहरूलाई केलाउनुहोस्, अनि नेपालभरिका समुदायहरूको हालत र शैक्षिक स्तर कल्पना गर्नुहोस्। एउटा ठूलो ट्रक ट्याङकरले विष्फोट भएर छेउछाउका भवनहरू ध्वस्त पारी असंख्यको ज्यान लिनसक्छ। अनि त्यसमा लेखिएको हुन्छ “प्रज्वलनशील”। के भनेको? कस्तो शब्द हो त्यो? कतिजनाले बुझ्छन्? ठट्टा हो कि, औपचारिकता हो कि? के हो?
धुमधाम खर्चमा प्रसिद्ध व्यक्तित्वद्वारा लिखित पुस्तकको अनुवादलाई हेर्नुहोस्। त्यो पुस्तकको भाषाले नेपाली भाषासँग, लेखकको भनाइसँग अनि पाठकको पैसा र समयसँग खेलाइँची गरिरहेको हुन्छ। प्रकाशकलाई र अनुवादकलाई कुनै फिक्री हुन्छ? हुँदैन। किन? किनभने माध्यम (र कमाइ) ठूलो कुरो हो। पाठकले के भेट्यो, भेटेन त्यो सानो कुरो हो। यो कसको लागि अनुवाद गरेको? यो कसले अनुवाद गरेको? यो पनि नेपाली भाषा हो र? भन्नु वित्तिकै सम्बन्धहरू ब्रि्रन्छ। सम्बन्ध बिग्रनुहुँदैन। सत्य ब्रि्रे हुन्छ। सन्देश नबुझे पनि हुन्छ। हामीले एकअर्कालाई बुझिदिनुपर्छ। हामीहरू कथित क्रिस्चियन शिष्टाचार र सभ्य व्यवहारहरूको कृपामा पुल्पुलिएर बाँचेका छौं (वास्तवमा मर्दैछौं)।
पाठकहरू हेपिएका छन्। पैसाको खर्च, समयको खर्च अनि प्रभुले सिकाउनु भएको सरल र सान्दर्भिक कम्यूनिकेशनको शिक्षा र सिद्धान्त कै उपहास। गल्ती कहाँ भयो? त्यो गल्ती जहाँ भए पनि त्यसको खोजी गर्नु नै ‘पाप हो’, ‘विरोध हो’, ‘आत्मिक होइन, शारिरिक हो’, ‘सांसारिकता हो’। कति मज्जा।
सन्देशग्राहीको अधिकार र स्थानलाई अवहेलना गर्यौं भने हामी कर्तव्य पालनामा चुकेका हुन्छौं। अनि हाम्रो सञ्चार, सन्देश, कम्यूनिकेशन अनौठो बन्न जान्छ।
हाम्रा दर्शक र श्रोता, अडियन्सप्रति हामी संवेदनशील बन्नुपर्छ। उनीहरूको समझ, सामर्थ्य र सर्न्दर्भ, स्थानलाई हामीले मनमा टिप्नै पर्छ।
कुन उपायबाट बताउने? कुनचाहिँ मलाई मनपर्छ होइन तर कुन माध्यमबाट उच्चतम, अधिकतम र प्रभावकारी सञ्चार हुनसक्छ?
व्यक्तिगत कुराकानी, नाटक, गीत, टिभि, साहित्य, हस्तकला, चित्रकला, फोटो, नृत्य कुनै पनि छान्न सकिन्छ। आफ्नो रुचि होइन, असरदार के हो त्यसलाई मध्यनजर राखेर काम गर्नु उचित हुन्छ। असरदार वा प्रभावकारिताको सरल अर्थ हो, भनेको कुरा बुझ्नुसक्नु। उल्टो बुझिएला, आधा कल्चो बुझिएला, पटक्क नबुझिएला, होशियार। श्रोताले हाम्रो सन्देश राम्रो गरी बुझेर इन्कार गर्ने अधिकार पाउनुपर्छ। बुझाउने काममा कसर राखेर विश्वास गरेन, विरोध गर्यो, मूर्ख, बेकुफ भन्नु मिल्दैन। माध्यम प्रयोगमा बेकुफी हामीबाट पनि भएको हुनसक्छ।
विशाल विज्ञापनमा लाखौं र करोडौं रकम खर्च गर्ने कम्पनी एनसेल लाई सोच्नुहोस्। त्यो विज्ञापनले उसको काम प्रभावशाली हुनेछ, बिक्री बढ्नेछ र सोचिएको उद्देश्य पूरो हुनेछ भनी उ निश्चित भएन भने उसले लाख र करोडको खर्च गर्नेछैन। त्यो खर्चको पछि जोडदार तर्क छ, उचित रिर्सच भएको छ। मान्छेको किन्ने क्षमताको मात्र होइन, उसको मनोवैज्ञानिक कमजोरीहरूको पनि रिर्सच भएको छ। बजार अध्ययन।
विश्लेषण, मूल्यांकन र र्सर्वेक्षणलाई अवहेलना गरेर वर्षौं बित्नसक्छ। त्यस्तो क्रियाकलाप साँचो अर्थमा परिणाममुखी भन्दा पनि खर्चमुखी र निरुद्देश्य बनिसक्छ। धार्मिक समूहमा त त्यस्तो फलहीन गतिविधिले अन्ततोगत्वा स्वर्गीय स्वरूप धारण गरेको हुनाले प्रश्न गर्नु पनि अप्ठेरो हुन्छ। त्यो काम र क्रियाले प्रभुको इच्छा भन्ने उदेकको टाँचा पाइसकेपछि त मरेकाटे त्यसमाथि प्रश्न गर्न मिल्दैन। प्रश्नकर्ताले बरू विदाइ समारोह भोग्नुपर्ला।
बजार अध्ययन जटिल हुन्छ। श्रोता र दर्शक अनि पाठक को हुन्, कहाँ छन्, कति बुझ्छन्? कुन जिल्ला? यी कुरामाथि केही न केही जानकारी चाहिन्छ। निकोदेमस एक धर्म गुरु थिए, सामरी स्त्री, नैतिकता हराएकी अनि सामाजिक रूपले अवहेलित वर्गकी महिला थिइन्। येशू प्रभुले दुइजनासँग गर्नुभएको छलफलको तौरतरिका एकदम भिन्न थियो। श्रोताको अवस्था जान्यौं भने हाम्रो मिशन बलियो धरातलमा उभिनसक्छ। होला होइन, हो, भन्न सकिन्छ। त्यसो होइन रहेछ, यसो पो रहेछ भन्न सकिन्छ। नेपाली भाषा नै नचल्ने ठाउँमा नेपाली भाषाको टेप, डिभिडि, असहज, प्राविधिक शब्दले भरेको पुस्तकको के काम? खर्च लाखौंमा देखियो, उपलब्धिको सम्भावनामाथि गोली ठोकियो।
यसकारण मूल्यांकन, यसकारण रिर्सच, यसकारण फिडब्याक चाहिन्छ, अध्ययन र र्सर्वेक्षण चाहिन्छ अनि ती विश्लेषणहरूप्रति इमानदार हुनुपर्छ। उद्देश्य स्पष्ट गरी किटान भएको छ भने म ठीक बाटोमा छु, कि कताकता पुगिसकेछु ठम्याउन सजिलो हुन्छ। हामीले छानेको मिडिया गलत साबित भयो भने हामी अझ कामलाग्दो मिडिया रोज्नसक्छौं। हैन, ‘मेरो गोरुको बारै टक्का’ भन्छौं भने ‘तेरो गोरु तै राख्’ भन्ने प्रतिक्रिया पनि पचाउनुपर्छ।
योजनाबद्ध ढङ्गले चल्यौं भने नै हामीलाई फाइदा हुन्छ र काम बढी प्रभावशाली बन्छ
यी खुडकिलाहरू आवश्यक छन्|
तपाईले प्रयोग गर्ने मिडियाको खास उद्देश्य र लक्ष्य आफ्नो योजनाभित्र लेख्नुहोस्।
किन त्यही माध्यम? कसको लागि? कहाँको लागि? क्षेत्र कता हो र सेवाग्राहीहरू कहाँ छ
न् योजनामा उल्लेख हुनुपर्छ। योजनाको अर्को आवश्यक अङ्ग, लक्षित समूहको विवरण तयार गर्नुहोस्। उमेर, आर्थिक, शैक्षिक, पृष्ठभूमि आदि।
श्रोतासम्म पुग्ने सोच त छ, तर स्रोत छ कि छैन? कति लाग्छ? के चाहिन्छ? को चाहिन्छ? विवरण तयार गर्नुहोस् तपाईले छानेको (रहरमा होइन, पक्का अध्ययनमा छानेको) मिडियाको प्रयोग हुन थालेपछि त्यसबाट आउने नतीजाको पूर्व अनुमान पनि योजनामा राख्नुहोस्। कमभन्दा कम अनि बढीभन्दा बढी नतीजा के हो, अनुमान गर्नुहोस्।
वर्तमान समयमा, पुराना माध्यमको साथसाथ डिजिटल, इलेक्ट्रोनिकका नयाँ माध्यमहरूबाट प्रभु येशूको प्रेम र र्स्वर्ग राज्यको सन्देश मानिसहरू समक्ष पुर्याउन उत्सुक मेरा सबै मित्रहरूलाई अघि बढ्नुहोस्, साहस गर्नुहोस् र मिलेर काम गर्नुहोस्, भन्ने शुभकामना दिन चाहन्छु।
Written by Mr. Loknath Manean
Republished on nepalchurch.com new site May 6 2013
Discussion about this post