बाइवल अनुसार ३ पदमा नखानु भनेको रुखको फल हेर्नमा राम्रो थियो, त्यो फल ठिक थियो, तर केवल परमेश्वरले आदमको जाँच गर्न त्यो खान निषेध मात्र गर्नु भएको थियो । तर आदम त्यस जाँचमा असफल भयो र मानिसको पतन भयो ।
आदम कि अव्राहम ?
विराटनगर,
बाइवलमा जम्मा ३५ लाख ६६ हजार ४ सय ८० बटा शब्दहरु छन्। बाइवलमा रहेका शब्दहरुमध्य जाँच शब्द पनि एक हो। जाच शब्दलाई नियालेर हेर्दा यो सजिलो लागेता पनि यो अति नै गाह्रो हुन्छ। सुन्दा जाँच र परीक्षा उस्ता उस्तै लाग्छ। तर धर्मसास्त्रमा हेर्ने हो भने यसमा आकाश र पातालको फरक छ। जाँच परमेश्वरबाट गरिन्छ भने परीक्षा शैतानबाट आउँछ। जब परमेश्वरले आदम सृष्टी गर्नुभयो तब उहाँले पहिलो पटक उसैको जाँच गर्नुभयो।
आदमको अर्थ मानिस हो । उत्पति ३ ३-६ पदमा परमेश्वरले मानिस परमेश्वरप्रति इमान्दार रहन्छ की रहदैन भनि हेर्नको निम्ती उसको जाँच गर्नुभएको थियो । बाइवल अनुसार ३ पदमा नखानु भनेको रुखको फल हेर्नमा राम्रो थियो, त्यो फल ठिक थियो, तर केवल परमेश्वरले आदमको जाँच गर्न त्यो खान निषेध मात्र गर्नु भएको थियो । तर आदम त्यस जाँचमा असफल भयो र मानिसको पतन भयो । कसैले भन्ला सानो कुराले मानिसको पतन गरायो । तर हामी यो प्रश्न पनि गर्न सक्छौ एउटा भिरवाट खस्नको लागी कती पाइला सार्नु पर्छ
यसैगरी हामी उत्पति कै २२ अध्यायमा परमेश्वरले अव्राहमको ठूलो जाच गर्नुभयो । यस्तो कठिन जाँच भयो की १ सय बर्षे बुढेशकालमा पाएको एउटै मात्र छोरो इसाहाकलाई बलि चढाउनु पर्ने भयो । तर अब्राहाम परमेश्वरको निम्ती जे पनि गर्न तयार थिए र आफ्नो बुढेशकालको एक मात्र साहरा इसाहाकालाई बलि चढाउन उनि तयार भए । यसरी बिश्वासद्धारा अब्राहामले आफूमा आएको जा“चमा सफल भई धर्मी ठहरीए । र उनको विश्वासको कारण नै उनलाई बिश्वासका पिता भन्ने गरीन्छ ।
आज पनि परमेश्वरले आफ्ना प्रीय जनहरुको जाँच गर्नुहुन्छ । कीनभने कुनैपनि बस्तुलाई भरोसा गर्न भन्दा पहिले त्यको जाँच गरीन्छ । जस्तैः कक्षा आठको विद्यार्थी कक्षा नौ मा जानुभन्दा अगाडी उसको जाँच गरीन्छ । यसवाट जान्नैपर्ने कुरा के हो भने यदि त्यो बिद्यार्थि मेहनति छ भने उसको निम्ति त्यो जाँच सजीलो हुन्छ, तर अल्छी छ भने त्यहि जाँच कठिन हुन्छ ।
आज हामीपनि आत्मीकी रुपमा कमजोर र अल्छी छौ भने त हाम्रो लागी आएको जाँच हाम्रो लागी कठिन हुन्छ, तर आत्मीकी रुपमा दह्रो र जागरीलो छौ भने त्यस जाँचबाट प्रसस्त आशिस प्राप्त गर्दछौ । जसरी अयूवले परीक्षाको सामना गरे र परमेश्वरले उनलाई पछि सात गुणा बढि अषीस दिनुभयो । हामीमा पनि यस्तो जाँच आउछ । त्यसैले हाम्रो सोच्ने समय हामी सोचौ ¸हामी कस्ता छौ – आदम जस्ता की अव्राहम जस्ता पो छौ की – आत्मीक रुपमा कमजोर छौ की – त्यस्ता छौ भने आत्मीकी रुपमा दह्रो भई जाँचमा सफल भई अब्राहम झै आसीषीत हुनमा परमेश्वरले हामी सवैलाई आषिस दिउन ।
Republished in new layout on 8/14/2013
Discussion about this post