२००९ मेइ १८ तारिखको दिन मैले मेरो यात्रा सुरु गरे। थाइल्याण्डको व्याङ्कक हुँदै कोरियाको शियोल भएर यु एस ए को सान फ्रान्सिस्को पुगे। तीन दिनसम्म सान फ्रासिस्कोमा म मेरो जेठानकोमा बसे। चौथो दिन मेरो एउटा अमेरिकन साथीसँग सान फ्रान्सिस्को गोल्डेन गेट तथा वरपरको ठाउँहरू घुम्न गएँ। ८९८१ फीट लम्बाइ तथा ९० फीट चौडाइ भएको उक्त पुलको विषयमा मैले धेरै सुनेको थिए र फिल्ममा तथा फोटोहरूमा देख्न पाएको थिएँ। आफै पुग्नपाउँदा झन मजा आयो।
दोस्रो दिन हामी मोन्टेरी बे एक्वारियम पुग्यौं। जहाँ सबैखाले समुन्द्री जनावारहरू पाइन्छ साथै तिनीहरूलाई आफ्नै हातले छाम्न पाइन्छ। जुन छुटै आनन्दको थियो। बढी जान्न मन लागे http://www.montereybayaquarium.org मा हेर्न सक्नुहुनेछ।
त्यस्तै युसामति निकुञ्ज पनि घुम्न गए। जहाँ छुटै खाले संसारको अनुभुति हुँदो रहेछ। साथै केही दिन म्याक्सिकन तथा अरु अमेरिकन साथीहरूकोमा पहुनाको रुपमा खाना खान गए। जहाँ पनि रमाइलो ठाउँ, पक्ष त भइहाल्छ प्राकृतिक रुपमा हाम्रो नेपालमा के छैन ररु रमाइलो छ। तर अर्को पाटो पनि त हामी नेपालीहरूको जीवन स्तर, कठिनाइ, थिचोमिचो, राजनैतिक अस्थिरता इत्यादि इत्यादि।
म यहाँ बसुन्जेल क्लोभस क्राइस्ट फस्ट भन्ने एउटा ए जी मण्डलीमा संगतिको लागि गएँ। जुन मण्डलीमा संगति गर्ने मानिसहरू एक दुइ जना बाहेक सबै ५० भन्दा पाकोहरू मात्र थियो। अधिकांश अमेरिकनहरूको उमेर ६२ देखि ६५ पुगेपछि उनीहरूले बृद्ध भत्ता पाउँदोरहेछ। जुनचाँहि निश्चित रकम नभइ कर कति उठ्छ सोको आधारमा पाउँदो रहेछ। अर्थतन्त्र डुबेपछि कर तिर्नेहरू नभएपछि पहिला महिना ५०० डलर बृद्ध भत्ता पाउनेहरुले अहिले १५० पाउँदारहेछन्। मैले भेटकोमा बृद्धा भत्ता पाउँनेहरू को महिनामा ५० डलर रहेछ र मेरो साथी आर्मी हुनुहुन्छ र उहाँ माथिलो तहकोमा गनिनुहुन्छ उहाँले महिनामा १४५० डलर पाउनुहुँदो रहेछ। पेन्सन प्रणाली सरकरको नभए आफूलाई जागिर दिनेको हातमा हुँदो रहेछ र ठूलो ठूलो कम्पनीमा लामो समय काम गर्नेहरूले केही पेन्सन पनि पाउँदो रहेछ। नभए अधिकांश कम्पनीको पेन्सन प्रणाली नहुँदो रहेछ। त्यसैले अहिले कति धेरै बृद्धहरु खान नपुगेर धौ धौ रहेछ। म जाने गरेको चर्चले महिनामा एकचोटी त्यस्ता खाना नपुग्नेहरूको लागि खाना बितरण गर्दोरहेछ म पनि खाना वितरण कार्यक्रममा भाग लिने मौका पाएँ। मैले अमेरिकन बृद्धाहरुको बास्ताविक पीडा देखे। उनीहरु ८०, ९० वर्ष पुगेर पनि विवाह गर्नुको कारण पनि थाहा पाए। त्यो त विवाह गर्ने रहर होइन रहेछ बाँच्नलाई रहेछ। वृद्धभत्ता महिना ५०० पाउने दुइजना सँगै बसेभने कमसेकम १००० डलरले घर चर्च चलाउन त पुग्छ।
चारजना भन्दा बढी सन्तान भएका र आय आर्जन नभएका दम्पतिलाई भने एउटा बच्चा बराबर महिनाको ६०० डलर सरकारले भत्ता दिँदो रहेछ। २४०० डलरले ६ जनालाई साधारण तरिकाले बस्यो भने खान पुग्छ। औषधी उपचार पनि निशुल्क हुँदो रहेछ। एउटाको कमाइले परिवार पालौला भन्ने आशा मैले त्यति देखिन हाम्रो देशमा त घरको मुली काम गरे सम्पूर्ण परिवारलाई खान पुग्छ। फरक यति हो कि हामी अल्छी छौं हामी काम गर्दैनौं। सरकारी कार्यलयहरू एकजनाले सक्ने काम तीन चार जनाले गर्नुपर्छ र त्यसमा पनि ढिला सुस्ती।
मण्डलीमा जवान तथा अर्धपाकोहरू कता गए भनी सोध्दा उनीहरू अब मण्डली आउन मान्दैन एउटा सोही मण्डलीको बृद्धाको उत्तर थियो। मलाई लाग्छ अब अमेरिका ओरालो लागेछ जहाँ गएपनि त्यही अर्थतन्त्रको पीडा र अभावको कुरा मात्रै सुन्न पाइन्छ। अनि अर्को नैतिकता भन्ने कुरा छैन। बृद्धाको आदर छैन। इतिहासमा हेर्नेहो भने युगौ अघि त्यत्रो चर्चामा आएको रोम शहर, मिश्र शहर, सदोम गमोरा जब नैतिकताको सीमा पुग्यो तब परमेश्वरले तिनीहरूलाई तीतर वितर पार्नुभयो त्यसरी नै मलाई लाग्छ अब परमेश्वरले अमेरिकालाई योभन्दा बढी आशिष दिनुहुन्छ किनकि जवानहरु सबैले परमेश्वरलाई त्यागीसकेको अबस्था छ। बेलायतलाई हेर्नुहोस् एक जमना ख्रीष्टियान देश थियो र शक्तिशाली थियो जब त्यहाँका मानिसहरूले परमेश्वरलाई विर्से तब अहिलेको बेलायतको हालत हेर्नुहोस्।
उनीहरुको हामी प्रतिको हेराइः मैले सोचेको थिए यहाँ चोरी डकैती धेरै कम हुन्छ र शान्तिप्रिय हुन्छ भनेर। तर वास्तविक्ता फरक रहेछ। यहाँ त सबैले बन्दुक बोक्न पाउने भएकोले आफ्नो बाटो चुप लागेर हिड्नु बाहेक अरु उपाय छैन रहेछ अलिकति फरक पर्योको कि त बन्दुक निकालेर हान्दोरहेछ। मेरो जेठानको घर भएको ठाउँ त्यस्तै अरु धुप्रै ठाउँहरूमा डकैति हुँदो रहेछ। त्यसैले उहाँले आफ्नो घर अरुलाई भाडामा दिएर आफू अर्को ठाउँमा भाडा बस्नुहुँदो रहेछ। विशेष गरेर म्याक्सीकोबाट आएका हप्सीहरू खतरा हुँदो रहेछ। यहाँका आदिवासीहरूले बाहिरबाट आएर बसेकोहरुलाई अति साह्रो घृणा गर्दो रहेछ।
बृद्धाहरूको जीवन स्तर कठिन छ र उनीहरू आदर छैन अनि नयाँ पुस्ताले परमेश्वरलाई प्रेम गर्न छोडेको छ अब यो देश पनि ओरालो लागे जस्तो छ। क्यालिफोर्नियामा पनि समलिङ्गी विवाहको आवाज उठाइ रहेको रहेछ अब मेरो विचारमा यस विषयमा छिटै कानून बन्छ होला। गर्भ पतन त छँदै छ। यो मैले क्यालिफोर्नियामा रहँदा बुझेको कुरा हो म आज कोलोराडो जाँदै छु त्यहाँ परमेश्वरलाई प्रेम गर्ने जवानहरू देखे र बृद्धाहरूको स्थिति राम्रो देखे भने अबस्य पनि लेख्दै रहेछु।
धन्यावाद।
एन डी लामा
क्यालिफोर्निया, अमेरिका
Republished in new layout on 8/14/2013
Previous Comment
chaso
written by Narendra K. Shrestha , June 18, 2009
Maile Pani America Ramro Socheko Thiye Sabai Christian Hun chan Melmilap Hun cha Bhanera Tara N.D.Lama ko Caliphornia Ko Sasmaran Padhera Derai Dukha Lagy, Uniharulai Mero Parmesorma Prathanama Samjhane Chu. Byeee me Narendra K. Shrestha
Discussion about this post