विडम्बना मान्नुपर्छ की एउटा राष्ट्रिय राजनीतिक पार्टी अनिवार्य सन्तुलित नीति विपरीत फोरमको यादव समूहले जसरी एक चिन नीति विपरीत जुन खाले हरकत देखाइरहेको छ, यसले साउथ ब्लकको आर्शिवाद त प्राप्त गर्ला तर महाशक्ति बन्ने होडमा लागेका दुइ शक्तिकेन्द्र विचको सानो मुलुकमा एउटा बलियो र राष्ट्रिय राजनीतिक शक्तिको रुपमा उदाउने उसको सपना शून्य विदेश नीतिकै कारण अन्त्य भने अवश्य हुनेछ।
तिब्बत तरंग, जनवादी क्रान्ति र मुक्ति संग्राम
धर्म र पूजीवादको दोहोरो हतियारले एक साथ चिनलाई हान्ने सपना देख्दै भारतको धर्मशालामा बस्दै आएको धार्र्मि नेता दलाई लामाको समुहले अन्ततः नेपाली सभासद्को एउटा सानो समूहलाई पनि आफ्नो राजनीतिक झण्डा बोकाएको आभाष भएको छ । पर्दापछाडी जुनसुकै रणनीति अस्त्रले काम गरेपनि दलाई लामा आफ्नो मुभमेन्टमा एक कदम अघि बढेको कुरा वाहिर देखिएको छ । आफ्नो मालिक दिल्लीदरवारलाई खुशी पार्न एकाध नेपाली सभासद्हरुले संन्तुलित वैदेशिक नीति र कुटनीतीक मर्यादालाई नष्ट गर्दै जसरी स्वतन्त्र तिब्बतको पक्षमा घुमाउरो पाराले कुम जोड्न पुगे, अन्ततः त्यो कुरा सम्वन्धित नेपाली राजनीतिक पार्टर्को निम्ति निकै महंगो सावित हुने मात्र होइन, अपितु दक्षिण एशियाली राजनीतिक शक्ति संन्तुलन र एशियाली खरो सैन्य प्रतिस्पर्धामा यसले नेपाललाई समेत जवर्जस्त रुपमा एउटा जरुरी पात्रको रुपमा मंञ्चमा उभिन वाध्य पार्ने छ ।
धर्मशालाको पटाक्षेप – शून्य नीतिको पराकाष्टा:
आफैले राजनीतिक शरण प्रदान गरेको मान्छे जव आफ्नै पार्टी संसदिय दलमा आफैलाई अल्पमतमा पारी उपप्रधानमन्त्रि बन्न पुग्यो, फोरमको यादव समूहको निम्ती एउटा खतरनाक गोटी चाल्नु अनिवार्य जस्तै थियो। एशियामा चिनीया धुवतिर टाँसिएको आरोप लगाई दिल्लीद्धारा तत्कालीन नेकपा (माओवादी) को By product को रुपमा हेरिएको स्थितिलाई भत्काउन पनि यादव समूहद्धारा एउटा जोखिम पूर्ण तंरग पैदा गर्नु अत्यन्तै जरुरी भै सकेको थियो। त्यस्तो तरंग अन्ततः दलाई लामासंगको भेटघाट, वार्तालाप र सहकार्यको पटाक्षेपको रुपमा प्रकट भयो। यो एक मट्याङग्रारुपी पटाक्षेपले यादव समुहलाई एकै साथ तीन ढुकुरहरु मारेर दिने उसको बुझाई थियो। पहिलो हो – आफु माओवादीको By product भएर चिनिया धु्रवतिर टाँसिएको नभै साउथ ब्लककै आदेश पालक र उसकै एजेन्ट भएको कुरा पुष्टिहुने।
दोस्रो हो- दिल्लीद्धारा गच्छदार समुहलाई प्राप्त भैरहेको सहयोगलाई भत्काएर उसको आशिर्वादको हकदार आफू भैइने। र तेस्रो हो – भारत र अमेरिकाको एशियाली मूल मिशन बन्दै गैरहेको स्वतन्त्र तिब्बतको आन्दोलनलाई घुमाउरो पारामा र्समर्थन गरी भारतदेखि अमेरीका र तिब्बतसम्मलाई आफ्नो समग्र मधेश एक प्रदेशको मागको पक्षमा उभ्याएर मजबुत आधार तयार पार्ने।
विडम्बना मान्नुपर्छ की एउटा राष्ट्रिय राजनीतिक पार्टी अनिवार्य सन्तुलित नीति विपरीत फोरमको यादव समूहले जसरी एक चिन नीति विपरीत जुन खाले हरकत देखाइरहेको छ, यसले साउथ ब्लकको आर्शिवाद त प्राप्त गर्ला तर महाशक्ति बन्ने होडमा लागेका दुइ शक्तिकेन्द्र विचको सानो मुलुकमा एउटा बलियो र राष्ट्रिय राजनीतिक शक्तिको रुपमा उदाउने उसको सपना शून्य विदेश नीतिकै कारण अन्त्य भने अवश्य हुनेछ।
तर्राई र तिब्बतका साझा खलनायकहरु
बढ्दो बहुध्रुर्बोन्मुख विश्व राजनीतिक बदलाव, क्षेत्रिय राजनीतिक र सैन्य त्रि्र प्रतिश्पर्धा र अन्तरदेशिय असन्तुलनको विचमा तिब्बत र तर्राई हान्न खोज्ने विभिन्न शक्तिकेन्द्र र एशियाली एजेन्टहरु बहुशरीर भएतापनि एउटै टाउको र उहि खुट्टाको रुपमा देखा पर्दैछन्। तिब्बतबाट तर्राईमा गोल हान्ने र तर्राईबाट तिब्बतमा गोल हान्ने विस्तारवादी-साम्राज्यवादी षडयन्त्र बमोजिम अहिले नेपालका केहि सभासद हिमालबाट र अन्य केहि सभासद तर्राईबाट राँको बाल्ने तयारीमा देखिन्छन्। एक मधेश एक प्रदेश पक्षधर शक्तिको उर्जालाई तिब्बत टुक्र्याउन र धर्मशालामा अवस्थित दलाई लामाको शक्तिलाई तर्राई टुक्र्याउन प्रयोग गर्ने खालको अन्तरदेशिय अन्तर सञ्जाल तयार पार्ने शिलशिलाको एउटा नयाँ दृष्य सहितको लामासँगको भेटलाई त्यसैको तयारीको रुपमा लिन सकिन्छ।
झण्डै ३७ वर्षपहिले चिनबाट तिब्बत टुक्र्याउन अमेरिकाले नेपालका जुन भागहरुबाट खम्पा व्रिद्रोह गराएको थियो, तिनै भु-भागमा हिमाली युथ फोरम र तिब्बत युवा कँग्रेस (टि.वाई.सी) आदीको नाममा फेरि अहिले आर्थिक सहयोग र विकासको नाममा पैसा खन्याउदै छ। नेपालका तिब्बतसँग सिमा जोडिएका प्रायजसो भु-भागमा विभिन्न खाले आर्थिक प्रलोभन र विकासको नाममा त्यहाँका सोझा र इमान्दार जनता, जसको रहन-सहन, भेषभुषा र बोलीचाली तिब्बतसँग मेल खान्छ, लाई चिन विरुद्ध स्वतन्त्र तिब्बतको पक्षमा पार्ने र तिनीहरुलाई नै आफ्नो राजनीतिक मिसनमा प्रयोग गर्ने खेल खेलिदै छ। किनकी मिल्दो संस्कृतिमा हुर्केका नेपालका हिमाली जनताले मात्रै तिब्र रुपमा स्वतन्त्र तिब्बतको लर्डाईलाई चाँडै नै निष्कर्षा पुर्याउँछन् भन्ने उसको बुझाई हो।
हिमाली युथ फोरमको नाममा स्वायत्त हिमाली राज्यको निम्ति आन्दोलन चलाउने र भित्री रुपमा खम्पा विद्रोहको अर्को संस्करणको भव्य तयारी गर्ने षडयन्त्र हुँदैछ भने अर्कातिर समग्र मधेश एक प्रदेशको निम्ति हुने लर्डाईको चरमोत्कर्षो विचबाट पनि स्वतन्त्र तिब्बतकै पक्षमा प्रतिरक्षात्मक खम्पा विद्रोहकै एउटा नयाँ आधार तयार पार्ने कार्य हुँदैछ ।चाँडो वा ढिलो भारतको धर्मशाला देखि भारतकै शरणार्थी क्याम्प र नेपालका शरणार्थीं क्याम्पसम्मबाट तिब्बती शरणार्थीहरु स्वतन्त्र “मधेश-तिब्बत” को समानान्तर मागका साथ देखा परे भनेपनि कुनै आर्श्चर्य मान्नुनपर्ला । तरपनि यो संभावना एउटा सम्भावना मात्रै हो । त्यसैले साम्राज्यवाद, विस्तारवाद, दलाई लामाको निर्वासीत सरकार र कथित नेपाली केहि सभासदहरुको सञ्जाल, यि सम्पूर्ण पक्ष तिब्बत र तर्राईका साझा खलनायकहरुको रुपमा देखापरेकाछन्।
जरुर गठ-जोडः जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति संग्रामको
अत्यन्तै तिब्र राष्ट्रिय अन्तर संर्घष, रस्सा कस्सी र चरम संक्रमणको विचमा अहिले नेपालमा घरेलु प्रतिक्रियावाद,सामन्तवाद र राष्ट्रिय आत्मसंमर्पणवाद विचको गठ-जोडको शक्ति, धार्मिक तथा आध्यात्मिक नेताको नामबाट दक्षिण एशिया र विशेष गरी चिनिया भु-भागमा साम्राज्यवाद- विस्तारवादको संयुक्त अखडा खडा गर्न चाहने दलाईलामा सँग सम्बन्धित शक्ति र विभिन्न कुटनीतिक नियोग, गैर सरकारी संस्था र अन्य यस्तै खाले आवरणमा क्रियाशिल साम्राज्यवादी-विस्तारवादी गठबन्धनको खतर्नाक छद्मरुपी शक्ति विचमा जुन किसिमले नेपालको राष्ट्रियता, स्वाभीमान र भौगोलीक अखण्डतालाई समेत सिध्याउने गरी गठ-जोड भैरहेको छ, अन्ततः यसको अनिवार्य परिणती भनेको राष्ट्रिय मुक्ति संग्राम नै हो। सवाल कति मात्रै हो भने यसखाले मुक्ति संग्रामको उठान र नेतृत्व जनवादी क्रान्ति सहित हुन्छ वा रहित हुन्छ भन्ने मात्रै हो।
निश्चय नै आफ्नो देशको पूँजिवादी राज्यसत्ताको विरुद्धको र्सवहारा र श्रमजीवि वर्गको जेहादबाट जनवादी क्रान्तिको जन्म अपरिहार्य बन्दछ भने आफ्नो देशको राज्यसत्ता यदि विदेशी शक्ति केन्द्रको आदेश पालक मात्रै भएमा राज्यका सबै उपरिढाँचामा राज्य सत्ताको नियन्त्रण नभएर विदेशी शक्ति केन्द्रको ठाडो नियन्त्रण बाहेक अरु सबै कुरा निकम्मा हुन पुग्दछन्। कटुवाल माथिको कारवाही, प्रचण्ड सरकारको राजिनामा र माधव नेपालको आगमनले त्यही कुरालाई पुष्टि गर्दछ। यस्तो अवस्थामा केबल जनवादी क्रान्ति मात्रैको उठान भयो भने यसले न त विदेशी शक्तिहरुको हस्तक्षेपलाई निस्तेज पार्ने हैसियत राख्छ, न कठपुतली सरकार र राज्यसत्तामाथी निर्णायक विजय हाँसील नै गर्न सक्तछ। त्यसैले यस खाले बिषम परिस्थितीमा देशीय पुँजीवादी तथा प्रतिक्रियावादी राज्य सत्ताको अन्त्य गर्न जनवादी क्रान्ति र विदेशी शक्ति केन्द्रहरुको ठाडो हस्तक्षेपको विरुद्धमा राष्ट्रिय मुक्ति संग्रामलाई एकै साथ उठान गर्नु अत्यन्तै जरुरी हुन्छ।
अवश्यपनि राष्ट्रिय मुक्ति संग्रामले बामपन्थी भित्र र बाहिरका सबै खाले देशभक्त र राष्ट्रवादी शक्तिका विचमा एकखालको मजबुत एकता र गठ-जोडको माग गर्दछ भने जनवादी क्रान्तिले क्रान्तिकारी आन्दोलन र वलिदानको विचबाट निर्माण भएको अपराजेयी नेतृत्व र यसले निर्माण गरेको लाँखौको क्रान्तिकारी पंक्तिको माग गर्दछ। यदि यि दुवैलाई एकै ठाउँमा फ्युजन गराउन सकियो भने यसको अनिवार्य परिणाम भनेको जनवादी क्रान्तिको निम्ति तम्तयार लाँखौको क्रान्तिकारी पंक्ति र अर्कातिर लाखौ लाखको संख्यामा राष्ट्रिय मुक्ति संग्रामको दिशामा अग्रसर राष्ट्रवादी शक्ति दुवैको नेतृत्वको रुपमा क्रान्तिकारी आन्दोलन र बलिदानको विचबाट जन्मिएको कम्युनिष्ट नेतृत्व नै निर्विवाद ढङ्गले अगाडी आउँदछ। यसले नै राष्ट्रलाई सबैखाले बैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मर्समर्पणवादी राज्यसत्ताबाट मुक्त गर्ने एउटा युगिन अभिभारा पुरा गर्दछ। नेपालको वर्तमान राजनीतिक परिवेशले यस्तै प्रकृतिको जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति संग्रामको फ्युजनको अपरिहार्यतालाई संकेत गरिरहेको छ। यसखाले नविन क्रान्तिको उठान गर्न ढिला गरे राष्ट्र नै नरहने खतरा एकातिर छ भने यसको अवश्यमभावी उठानले नेपालमाथी हस्तक्षेप गर्ने सबै विदेशी शक्तिकेन्द्रहरु, नेपालको बुर्जूवा राज्य सत्ता र अन्ततः तर्राई र तिब्बतका साझा खलनायकहरु सम्पूर्णको अन्त्य हुने कुरा पनि प्रबल र छद्म रुपमा प्रकट भैरहेको छ । के यस तर्फनेपालको क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरुले ध्यान दिएका छन् – यसको जवाफ पाउन सायद धेरै वर्षपर्खनु पर्ने छैन, केबल बाह्र/चौध महिना मात्रै हो ।
Republished in new layout on 8/13/2013
Previous Comment
need of indiginous idia
written by prakash bagale , July 13, 2009
तपाईंको लेख पढेर नेपालको बैदेशिको नितीको अर्को झलक पाएं, एसकालागि धन्याबाद। देख्दै र लेख्दै जानोस। एक ख्रिष्टको अनुयाई र बाईबल पाठकको हैसिएतबाट कुरा गरौं, यो देशमा राष्टिय अकण्डता, नेपालको सर्वभौमिकता जोगाउने कुशल नेत्रित्व जसले मौलिक विकास हुनमा योगदान दिन सक्छ कसरि र कहाँबाट सम्भव देख्नु हुन्छ ?
Discussion about this post