Written by Daulat Sakar (पा. दौलत साकार)
नेपाली न्यु रिवाइबल मिनिष्टी, तेल अभिभ, इस्राइल
माउण्ट खेरमोनलाई स्पर्श गर्ने मेरो चाहाना हिजो,आज र भोलि सदैंव रही रहेनेछ। यो त राजा सुलेमनकी प्रियषीको मन बहलाउने ठाउँ हो, यो त युद्धबाट थकित योद्धाहरुलाई मनाश्राम दिने विश्रान्तीस्थल हो। यो त युवा युवतीहरुको मायाको आगोलाई चिसाम्मे तुल्याउन सक्ने चिसाम्मेस्थल हो। साना नानीहरुको लागि चिप्लेटी खेल्ने स्थल हो। वृद्धाहरुको लागि वीगतका जीवन कथाहरुको पाना पल्टाउने स्थल हो। शायद माउण्ट खेरमोन र मेरो सम्बन्ध कहिल्यै पनि टुट्न सक्तैन्। भुल्न चाहेर पनि भुल्न सकिन्न।
१२ फेब्रुवरी, घुम दार्जिलिङबाट एका बिहानै फोन आयो मलाई सर माइकल गुरुङको। म अनायासै प्रपुल्लित भइ भनेथे, सर हामीहरु हिमाल हर्मोनको भम्रणमा जादैछौं २० फेब्रुवरीमा, अनि सरले भन्नुभएको थियो, थाहा छ दौलत तिमीलाई, मैंले नागाल्याण्ड बाइबल कलेजमा स्टडी गराउदा नक्शा बनाउदै पढाएको थिए नी यो हर्मोन हिमालको बारेमा। मैंले नक्शा र किताब अध्यायपन गराएँ तर तिमी भाग्यमानी छौं, प्रत्यक्ष्य तिम्रा द्धय नयनहरु हातहरु र पाइलाहरुले स्पर्श गर्न पाएका छौं। म तिमीसँग खुशी छु।
लेक्चरल माइकल सरले जब क्लासमा अध्ययनपन गराउँनु हुन्थ्यो म मग्न भएर सुन्दथे अनि भावनामा इस्राइलको डाँडा, पहाड, यर्दन नदी, गालिल ताल, भूमध्यसागर, गलगाथा, बेतलेहेम र मरुभूमि पुगेको अनुभव गर्दथे। बाइबल कलेज, माइकल सर र माउण्ट हर्मोन मेरो जीवनसँग अमिट सम्बन्ध रहेका थिए र आज झन् यसले अकाट्य सम्बन्ध राख्न पुगेकोछ। मैले क्रिसमसभन्दा अघिदेखि नै हिमाल खेरमोनलाई भेट्न चाहाना गरेको थिए। यो चाहाना म मात्र होइन तर हिमाल प्रेमीहरुलाई लिएर हिमाल खेरमोनको काखभरी खेल्ने, सबै नेपालीले राष्ट्र्यि झण्डालाई छोएर बिम्बहरु खिच्ने, शान्तिको कामना गर्दै सेताम्मे परेवाहरु उडाउने। तर तर म नै अशान्तिमा छु, हामी नै अशान्तिमा अनि देश नै अशान्तिको द्धन्द्धभित्रको आगोमा जलि रहेको छ। कसरी म शान्तिको कामना गर्न सक्छु र?
२० तारिक हिउँ पर्दैन भनेर धरैले मलाई नजाने भनी रहेका थिए। तर म हिउँ परेको हेर्न होइन खेरमोन हिमालको माथामा लगेर चिसाम्मे हावाको स्पर्श, खेरमोनको चाउरी परेको गालाको खाल्डामा अश्रुरुपी जमेका हिउँमा चिप्लेटी खेल्नु र यादगार स्वरुप बिम्बहरु खिच्नु मेरो लोभ थियो। खेरमोन हिमालको वक्षस्थल भरीभरी केवलकारमा चढेर मज्जा लिनु मेरो प्रलोभन थियो। धेरै मित्रहरुले यो भम्रणलाई परित्यक्त गरिदिए। मित्र नयन्द्रजीले जान नसक्ने भनी माफ माग्नुभयो। मित्र कृष्ण भण्डारीजीले जान नसक्ने तर सहयोगको भावना छ भन्नु भइसक्नुभएको थियो। मित्र कृष्ण थापाजीले जाने वचन दिनु भएको थियो भने तर त्यसपछि सम्पर्क बाहिर रहनु भएको थियो। म व्यस्तताको कारण सम्पर्कमा रहन नसक्दा नेपाली राजदूत अफिसका अटाचे थान प्रसाद शर्माज्यूले १९ फेब्रुवरी राती १ बजेतिर बिहाँन चाडै जानु पर्ने भएको कारण हामी जान नसक्ने भनी जानकारी दिनुभएको थियो ।
आज पा. एम. बि. राई र म ४ बजे नै चिल्ड्रेन पार्कमा पुगिसकेका थियौ। तीन वटा बसहरु रिजर्भ गरेका थियौं। माउण्ट खेरमोनको भम्रणमा जानेहरु एक दुई गर्दै भेला भइ सकेका थिए। एक जना घानाका दिदी मिल्डेड हब्सिनी पनि हामीसँग यात्रामा सहभागी भएकी थिइन भने छिमेकी भारतका चार पाँच जना मित्रहरुसहित १५० जना नेपालीहरुलाई बोकेर बिहाँन हाम्रो बस ५:३० बजे मिरमिरे रश्मिसँगै तेल अभिभको चिल्ला रोडमा उत्तरदिशातर्फ दगुर्न थाल्यो। मैले दुई वटा बसलाई गाइड गर्नु परेको थियो। ए, बि. र सि समूह गरी मैले ए र सि लाई पालै पालो गाइड गरेको थिए भने पा. एम. बि. राई मित्रले बि. समूहलाई पूरा गाइड गर्नु भएको थियो। खेरमोन हिमाल हाम्रै प्रतिक्षामा थिइन जस्तै तर सेताम्मे सल ओडेर होइन रंगी बिरंगी रंगका पहिरनमा एक वर्षसम्म नभेटेकोले ठुस्किएर बसेकी जस्ति देखिन्थिन। तर तर हाम्रो आगमनसँगै हामीलाई पुलुक्क हेरी पुलंकित हुदै आफ्नो शिरसम्म हामीलाई केवलकारबाट लगिन। सबैले आफुसगँ पकाएर ल्याउनु भएको खाना अन्य परिकारहरुको पाको खोलेर खान लाग्नु भयो भने मचाहि सबैको पोकोबाट थोरै-थोरै खानेकुरा चाख्दा नै अघाइ सकेको थिएँ। खेरमोन हिमाल बृद्ध आमाले हामीलाई नै भनेर नासो स्वरुप राखिदिइएकी सेताम्मे बर्को पहाडको त्यो काखमा ओछयाइ दिइएकी थिइन्।
म रुए, मेरो मन रोयो। मेरो सबै टुरका सहभागी साथीहरु त्यो सेताम्मे बर्कीमा लडीबुडी खेल्न लागे जसरी एउटा बालक आफ्नो आमाको ममतामय काखमा निडर लडीबुडी खेल्दछन्। एकल, द्धय, समुहमा बिम्बहरु खिच्दै गए। म अवाक बनी अनिमेष ती पलहरुलाई सामिप्य तर केही दुरीमा रहेर हेर्दै रहें। अनि झसङ्ग हुदै शंकर कुमार पौडेल, एम. बि. राई मित्रहरुको मनको लरबरो तोते बोलीहरुलाई भिडीयो क्यामेरामा कैद गर्न पुगे। म पनि एक वर्षको भर्खर तातेताते हिड्न सिकेको बालक झै ती सेताम्मे अल्प हिउँमा आङ छिरिङ मित्र, मञ्जु, मिरा, अरुणा…आदि आदिसँग बिम्बहरु खिच्न लागे।
खेरमोन हिमाल यी ममतामयी आमालाई यती चाडै छोडेर जान मेरो मनले मानेको थिएन। तर.. तर म विवश थिएँ। मेरो मनलाई ढुंगा बनाएर सबै मित्रहरुलाई भने अब जाऔं। फर्कदाको त्यो निलाम्मे क्षितिजको अधर केही कालाम्मे र मलिन देखिन्थो। शायद उसलाई पनि हाम्रो पलभरको समायोग पछि विदाइ हुनु परेकोले होला कि? तर मलाई मेरो न्यास्रोपन मेरी वृद्ध खेरमोन आमालाई देखाउनु थिएन। यसैले मनलाई कठोर तर मूहारलाई मुस्कुराहटले भर्न खोज्दै केवलकारमा चढेर शिखरमा चढ्न चाहानेहरुलाई भन्दै रहें, शलोम, बाइ बाइ, शलामालेकम आदि आदि।
हाम्रो बसले एक बजे खेरमोन हिमालको काखबाट विदा भएर नागबेली अलकत्रे रोडमा सुस्तरी घुम्ति, कोइनेटो तल तल झर्दै रहयो। फर्कदा वाटोको यात्रामा बहिनीहरु रोजा, मिना, मिरा, गोमा, भाइहरु मिलाप, रामकुमार आदिले ज्यादै रोमाञ्चित डान्स गर्नु भएको थियो भने बहिनी मिका खालिङले ज्ञानेश्वर मण्डलीले निकालेको सिटीबाट आराधना सेवाको भजनहरु देखाउनु भएर आशिषमय बनाउनुभएको थियो। हाम्रो गाडीहरु भूमध्यसागर किनारै किनार दगुरी रह्यो। शायद साँझ खस्न अघि नै हामीहरु तेल अभिभमा पुग्नुपर्छ भनेर होला। ५ बजे सन्ध्या खस्न नपाउदै हाम्रो बस हामीलाई लिएर तेल अभिभ सहर आइ पुगी सकेको थियो। हामीहरु सबै जना बसबाट उत्रिएर फेरि समयले साथ दियो भने मिनी इस्राइल, एलात आदि रमणिय स्थानहरुको भम्रण गर्ने वचन दिदै मान्छेहरुको भीडमा आ आफ्नो काममा जान हतारमा हराउन पुग्दछौं। समाप !!
हिमाल खेरमोनको संक्षिप्तमा परिचय:
१. परिचयः
अंग्रेजीमा माउण्ट हर्मोन, अरबीमा जबल इल शायख (हिउँको हिमाल) र हिब्रुमा हार खेरमोन भनिन्छ। यो हिमाल लेबनान हिमाली श्रृंखला अन्तर्गत पर्दछ। यसको सबैभन्दा अग्लो भाग करिब २,८१४ मिटर समुन्द्री सतहमाथि रहेकोछ। यसले सिरिया, लेबनान र इस्राइल त्रय देशहरुलाई स्पर्श गरेको छ। सिरियाले खेरमोन हिमाललाई आधा भागभन्दा बढी ओगटेको छ।
२. भूगोलः
खेरमान हिमालले त्रय देशहरुलाई एउटै फुलको गुच्चामा आवद्ध गरेकोछ। यो विश्रृंखलित लेबनानको लगभग १५० किमी उत्तरपूर्वीदेखि दक्षिणपश्चिमसम्म र पश्चिमी श्रृंखला समान्तर रुपमा फैलिएकोछ। खेरमोन हिमाल श्रृंखलाले करिब १००० वर्ग किमी क्षेत्रफल ओगटेकोमध्ये ७० किमी इस्राइली नियन्त्रणमा रहेको छ। खेरमोन हिमालमा हिउँद र शरद कालमा हिउँ खस्दछ। प्रायः खेरमोन शिखरलाई वर्षभरी नै सेताम्मे हिउँले ढाकेको देख्न पाइन्छ। खेरमोन हिमालको हिउँ पग्लिएर दक्षिणतर्फको चट्टान, खोल्सा, खहरे हुदै अन्तमा यर्दन नदीमा समाहित हुनपुग्दछ। खेरमोन हिमाली सिमारेखा मुनीको भूभाग कृषि र बनस्पतिको लागि ज्यादै उर्वरभूमि मानिन्छ। यहाँ अंगुखेती, अनारस, बज्राटको रुख, चिनारको रुख, र स साना झाडीहरु हरियाम्मे देख्न पाइन्छन्। खेरमोन हिमाललाई खौंरो कपाल भएको हिमाल वा इस्राइलको अद्धितीय द्धय नयनहरु मानिन्छन्।
३. बाइबलीय इतिहासः
किबदन्ती अनुसार खेरमोन हिमाललाई एमोरीहरुले सेमीर र सिदोनीहरुले सिरियोन भन्दथे (व्यव्श्था ३:९ र भजनसंग्रह २९:६ र श्रेष्ठगीत ४:८)। यो प्रतिज्ञाको भूमिको उत्तरी सिमाना मानिन्छ (व्यवश्था ३:८)। खेरमोन हिमाल वरिपरिको भूमिलाई यहोशूको नेतृत्वमा गएका इस्राइली सैन्यहरुले विजय गरेका (यहोशु ११:१७,१२:१ र १३:५) थिए। खेरमोन हिमालको शिखर कनानीहरुले बसोबास र उपभोग गरेका थिए। कनानी लोककथामा यो हिमाललाई बाल खेरमोन (न्यायकर्ता ३:३) भनिन्थ्यो र यसलाई सिओन वा सियोन हिमाल भनिन्थ्यो (व्यवश्था ४:४८)।
नयाँ करारमा खेरमोन भनी उल्लेख नगरिएता पनि अदेख रुपमा येशू ख्रीष्ट र उहाँका चेलाहरुले महत्वपूर्ण सेवाकार्य गरेको पाउँदछौं। येशू ख्रीष्ट र चेलाहरु गालिल तालको उत्तरी बेथसइदलबाट खेरमोन हिमाल सामिप्य भएर कैशरिया फिलिपी सहर गएका पाउँदछौं। खेरमोन हिमालको सबैभन्दा अल्गाइ भएको स्थानमा येशु ख्रीष्टको रुप परिवर्तन भएको मानिन्छ। जहाँ एक पटक येशूले विशेष तीन जाना चेलाहरु पत्रुस, यूहन्ना र याकुबलाई लिएर खेरमोन हिमालमा जानुभएको थियो (मति १७:९)
४. विवादित वातावरण:
सन् १९६७ मा भएको ६ दिने युद्धमा इस्राइलले गोलन हाइट्स पहाड र माउण्ट खेरमोनको दक्षिणी भूभाग सिरियाको नियन्त्रणबाट लिन सफल भएको थियो। सिरियाले ६ अक्टुबर १९७३ मा योम किप्पुर यहुदीहरुले चाड मनाइ रहेको समयमा एक्कासी खेरमोनको निम्ति प्रथम युद्ध धावा गरेको थियो भने ८ अक्टुबर दोस्रो युद्ध धावामा सम्पूर्ण खेरमोन हिमाल सिरियाले अधिन गरेको थियो। तर २१ अक्टुबर दिन इस्राइली गोलानी सैन्य दस्ताले खेरमोन हिमालको निम्ति ज्यानको आहुती दिदै तृतीया युद्ध धावा गरी सम्पूर्ण खेरमोन हिमाल सिरियाबाट फिर्ता लिन सफल भयो। तर डेर्जट अपरेशनको अन्त्यपछि इस्राइलले पछि जितेको भूमि सिरियालाई नै फिर्ता गरिदियो।
५. सुरक्षाः
खेरमोन हिमालको सुरक्षा विशेष सैन्य सर्तकता इस्राइलले अपनाएकोछ। जसमा प्रतिरक्षा सैन्य, इस्राइल प्रहरी, इस्राइली सुरक्षा फौज आदि रहेका छन्। यी सुरक्षा बलहरुले मित्ज्पे श्लागिमबाट सिरिया र लेबनानको सैन्य गतिविधिको अवलोकन गर्दछन्। खेरमोन हिमाल र गोलान पहाड इस्राइलको लागि सामरीक दृष्टिकोणले महत्वपूर्ण राख्ने हुनाले आप्नो नागरीकको सुरक्षाको लागि भनि इस्राइलले सन् १९८१ बाट गोलन हाइटस पहाडको कानुन पास गरि खेरमोन र गोलन पहाडको भूभागमा शासन गर्दै आएकोछ।
६. पर्यटनः
हिमाल खेरमोनमा इस्राइलले स्की रिसोर्ट स्थापना गरेकोछ। जहाँ वर्षभरी नै स्नो स्कि, माउण्टेन स्लेडस, स्नो स्लेडिड०, केबलकार र अन्य मनोरोञ्जनात्मक खेलहरु खेरमोन हिमालको काखभरीभरी खेल्न पाइन्छ। हिमाल र हिउँ प्रेमीहरुको निम्ति खेरमोन हिमाल स्पदन बन्न पुगेकोछ। वर्षमा कम्तिमा एक पटन नगई बेचैन हुने मनहरु धेरै हुन्छन्। खेरमोन हिमालको पर्यटन विकासको लागि इस्राइल सरकारले विष्शेष ध्यान दिनुको साथै टिभी, रेडियो, समाचार पत्रहरु आदि सञ्चारहरुको भरपूर प्रयोग गरेको पाइन्छ। तर सन् २००६ मा हजबुललाहको विरुद्धमा इस्राइलले लेबनानको दक्षिणी भूभागमा युद्ध गर्दा खेरमोन हिमालको भम्रणमा निषेध गरिएको थियो। हिमाल खेरमोनको भम्रण गर्न स्वदेशी र विदेशीहरुको भीड नै लाग्दछ। हिउँदमा सालाखाला ३ लाख र गर्मी याममा ४० हजार र प्रति दिन १२ हजार पर्यटकहरुको आगमन र प्रत्यागमन हुन्छ। जेरुशलेम, तेल अभिभ, बेर्शेबा, इलात, अश्कोलोन, हाइफा आदि इस्राइलको सहरहरुबाट खेरमोन हिमालको भम्रण गर्न निजी सवारी साधनहरु लिएर आउछन् भने विदेशी कामदारहरुले ठूला साना बसहरु रिभर्ज गरेर हिमाल खेरमोनसँग स्पर्श गर्न लालायीत हुन्छन्।
७. सारांषमाः
हिमाल खेरमोन वैंशले उन्मदपनमा अनुहारभरी लालीमा चञ्चला प्रस्फुरित हुन नपाउदै सेताम्मे सल ओडेर कसैको अपेक्षामा रहेकी झै देखिन्छे। रंगीबिरंगी पहिरनमा मान्छेहरुको भीड उनको वक्षस्थटथलमा हिउँ क्रिडा गरी रहेका हुनछन् जुन टाढाबाट हेर्दा जन्तिको लस्कर भैं दिग्भ्रम हुन्छ। सेताम्मे हिउँमा तन्मय भएर स्कि र स्नो बोडिड० खेलमा रमी रहेका युवा युवतीहरुको जमातहरु अनि केवलकारमा चढेर ब्याइफ्रेण्ड र गर्लफ्रेण्डहरु उन्मुक्तीपूर्ण चुम्बन गरेको परिदृष्यहरुले चिसाम्मे वातावरण नै गरम तुल्याइ दिन्छ। बुढ्यौंलीपनको बिस्मृतिबाट एक पटक तपाई र मलाई खेरमोन हिमालसँग स्पर्श र स्मरणभित्र हराई दिन मन लाग्नेछ।
Republished in new layout on 8/13/2013
Discussion about this post