-पि ए थोमस
१. आत्ममा विवशता, आत्ममा विश्राम, आत्मामा मातिनु, आत्मामा लड्नु, आत्मा फुक्नु, आत्माले हान्नु, आदि शब्दहरु प्रयोग गरी विभिन्न सेवाहरु सञ्चालित भएका छन्। फुक्ने र लडाउने सेवा चलाउने विशेष आभिषेक प्राप्त यी शिक्षकहरुले एजकिएल ३७:९ र यूहन्ना २०:२२ लाई उत्पत्ती २:७ सँग तुलाना गरी आत्मिक जीवन प्राप्त गर्न फुक्न आवश्यक छ भनी सिकाउँछन। येशूले वा प्रेरितहरुले कहिँ पनि कसैलाई आत्मा फुकेर जीवन दिएको हामी बाइबलमा पाउदैनौं।
यस्ता सेवाहरु मुख्यतः निम्न व्यक्तिहरुबाट शुरु भएका हुन् ।
मरिया वुड्वर्त इटर (१८४४-१९२४) अमेरिकाको आहियोमा अख्रीष्टियन पविारमा जन्मेर पछि १९५४मा Disciples of Christ मण्डलीमा उद्धारको अनुभव गरी पछि विवाह पश्चात Quaker मण्डलीमा आत्माको भरपूरीको अनुभव गरी सेवामा लागे। श्रीमान विश्वासी थिएन र पाएको छ वटै बच्चा मध्ये पाँचजना मरे। अन्तमा श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनले विशेष सेवा शुरु गरिन्। घण्टौ निद्रामा वा बेहोश भई उभिन्थे र एक पटक आत्माको शक्तिमा वचन बोल्दा बोल्दै तीन दिन र तीन रात पूरै त्यसरी खम्बा जस्तै उभिन र उनलाई हेर्न १,५०,००० मानिसहरु आयो रे आदि पत्र पत्रिकाहरुमा प्रसारित भएका थिए।
एइमी सेम्पिल मक्फेर्सन (१८९०-१९४४) क्यानडामा जन्मेकि यिनी आमासँग स्याल्भेषन आर्मी मण्डल जान्थे तर १७ वर्षे उमेरमा रोबर्ट सेम्पिल मक्फेसनको प्रचारमा प्रभावित भई पेन्टकोस विश्वासमा आइन् र १९०८मा उही प्रचारकलाई नै विवाह गरी चीनमा मिशनरीको रुपमा गए। त्यहाँ उनी गर्भवति भएको वेला श्रीमान बिरामी भइ मरे र उनी क्यानडामा फर्केर आइ सेवामा लागिन्। १९१३मा उनी एक व्यपार हारोल्डसँग विवाह गरे पनि पाँच वर्ष नै सम्बन्ध विच्छेद गरिन्। कपडा र सौन्दर्यमा विशेष ध्यान दिएका उनी बेलायत, अमेरिका र अस्ट्रेलियामा बेहोश बनाउने आत्मिक सेवामा निकै प्रसिद्धि कमाइन्। १९२० उनी क्यलिफोर्नियामा फोर स्क्वयर गोस्पल चर्चको शुरुवात गरिन्। शरीर, प्राण, आत्मा र अनन्तताको पूर्ण सेवाको रुपमा चार समभुजाको सुसमाचारको प्रचार उनले शुरु गरिन्। १९२६मा समुद्रमा डूबेर मरिन् भने हल्लाको बिचमा उनी एकै छोटी मेक्सकोमा देखा परिन् र एक जना पुरुषसँगको अनैतिक सबन्ध, त्यस पछि अर्का अनियमित विवाह, आमासँगको मुद्दा आदिको पश्चात १९४४मा सुत्ने गोली खाई उनी आत्महत्या गरिन्।
क्याथरिन कूलमान (१९०१-१९७४) अमेरिकाको मिस्सूरीमा जन्मेका यिनी १४ वर्षे उमेरमा मेथोडिस्ट चर्चमा उद्धारको अनुभव गरिन् र १६ वर्षे उमेरमा आफ्नो दिदी र उनकी श्रीमान एभरटसँग सेवाको काममा लागिन्। एक पटक एभरट आउन नसकेको एक सभामा उनी बोलिन र त्यस पश्चात प्रभावकारी प्रचारिकाको रुपमा स्थापित भइन्। उनले शुरु गरेको रेडियो कार्यक्रममा विभिन्न वक्ताहरुलाई बोलाउथे र त्यसमध्ये १९३५मा बरोस भालटि्रप भने विवाहित र दुइटा बच्चाको पिता भएको एक प्रचारकसँग उनी विवाह गरिन् तर १९४६मा त्यो सम्बन्ध विच्छेद भयो। अर्का स्त्रीको सम्पत्ति चोरेको मुद्दामा भालटि्रप पछि जेलमा परे त्यही मरे। आफुले अति प्रेम गरेका पिता मरेको खबर पाई उनी डेनभरबाट लामो साहसिक यात्रा गरी उनी घर पुगिन् र पिताको लाश छुँदा उनले आत्म विवशताको अनुभव पाइन् भनी प्रचार शुरु गरिन् र लक्ष्यलिक फादर र कन्या स्त्रीहरु समेत धेरैलाई त्यो अनुभवमा डोर्याइन्। तर उनको धेरैसँगको रहस्य अनैतिक सम्बन्धको बारेमा हल्ला फैलियो र १९७६मा एक हार्ट र्सजरीमा उनी मरिन्।
बेन्नी हिन (१९५२) इस्राएलमा जन्मेका यिनी पूर्वी ओर्थडोक्स परम्परामा हुर्केका थिए। सानोमा भकभके भएका बेन्नी निकै एक्लोपन महसुस गर्थे।१९६७को लडाई पश्चात यिनका परिवार क्यानडाको ओन्टरियो बसोबास गरे। स्कूलमा पढ्दा एक विद्यार्थी प्रार्थना झुण्डमा उनी भाग लिए र उद्धारको अनुभव पाए र १९७३मा क्याथरिन कूलमानको अत्भुत सेवामा भाग लिन उनी गएका थिए र त्यहाँ क्यथरिनले आफ्नो साथी पवित्र आत्माको बारेमा बोल्दा क्याथरिनको साथी पवित्र आत्माको निम्ति आफु निरन्तर प्रार्थना गरेको र त्यस पश्चात विशेष आत्माको अनुभवहरू पाए भनी उनले प्रचार गर्छन्। शुरुमा टोरन्टोको रेडियो मार्फत प्रचार सुरू गरेका उनि अहिले आत्मा फूक्ने, आत्म विवशता र आत्मिक आगो वर्षाउने आदि नाममा विश्वव्यापी रुपमा सेवा गर्छन्। उनको क्रूसेडहरुमा भएको चङ्गाइको बारेमा निकै विवादहरु उठेका छन्, उनका ठूलो ठूलो भविष्यवाणीहरु झूठा ठहरेका छन् र उनका साम्प्रदायिक मण्डलीहरुसँगका कति सम्झौताहरु विवदित भएका छन्। फिल्मी हिरोहरुको भन्दा आधुनिक र उच्च जीवनशैली अपनाउने उनी आफ्नो अभिषेक क्याथरिन कूलमान र एइमी मक्फेसनबाट प्राप्त गरेको र आत्मिक शक्तिको नवीकरणको लागि तिनीहरुको कबरस्थानहरुमा जाने कुरा उल्लेख गर्छ। १९७९मा सुसन्न हार्थोणलाई विवाह गरे तिनीहरुको चार जना सन्तान भए। २०१०मा सूसन्नाले बेन्नी हिनबाट सम्बन्ध विच्छेदको मुद्दा हालिन् तर २०१२ मा बेन्नीले सुसन्नालाई पुनःविवाह यरेको घोषणा गरेका छन्। यही समयमा बेन्नीको अर्को प्रचारिका पाउला भाइटसँगको अनैतिक सम्बन्धको पनि चर्चा चलेको छ।
पवित्र आत्माले विभिन्न किसिमकेा अनुभवहरु मण्डलीमा शुरु देखि नै प्रकट गर्नुभएको छ। आत्मामा विवश हुनु, बेहोश हुनु, शरीर काँप्नु, हल्ला र अन्य भाषा बोल्नु, उच्चारण गर्न नसकिने शब्दहरुमा प्रार्थना गर्नु आदि अनुभवहरु प्रेरितहरुको समय देखिनै देखा परेका छन्। तर यि कुनै पनि कसैको विशेष आभिषेकको वा सेवाको काम थिएन बरु सुषुप्त अवस्थामा पुग्ने व्यक्ति र मण्डलीलाई सचेत र जागसत बनाउने परमेश्वरको काम हुन्। इ सं ३०० सम्म यस्ता अनुभवहरु मण्डलीमा सर्वत्र थिए तर रोमी साम्राज्यको प्रभावमा परेका पश्चिमी मण्डली राजकीय धर्मको रुप लिए र यस्ता आत्माका कामहरु लोप हुँदै गए। तर रहस्य रुपमा कुनै समूहहरुमा यस्ता कामहरु प्रकट भएको कुरा हामी मण्डली इतिहासमा अध्ययन गछौं। १४ शताब्दिमा डोमिनिकनहरुमा,१६ शताब्दिमा अनाबाप्तिस्टहरुमा, १७ शताब्दिका फेन्च अगमवत्ताहरुमा, १७२७मा मोरेभियनहरुको प्रार्थनामा, त्यस पश्चात जोन भेस्ली, जर्ज भँइटफील्ड, जोनाथान एडभार्ड, चार्ल्स फिन्नी, आन्ड्रू मुरे आदिको सेवामा यस्ता आत्मिक अनुभवहरु प्रकट भएको हामी पाउँछौं। १९०६मा अजुजा गल्लिमा भएको यस्ता जागृति नै आधुनिक पेन्टकोस्टल चर्चहरुको शुरुवात बनेको छ। तर यस्ता अनुभवहरु कसैको विशेष सेवा नभई व्यक्तिगत आत्मिक अनुभवहरु हुनुपर्छ र नितान्त वचन र पवित्र आत्माको नियमित सेवाको परिवेशमा जाँचिनुपर्दछ।
२. टोरन्टो ब्लेसिङ्ग तथा पवित्र हँसाइ, पवित्र कराइ, पवित्र बाधा आदि:
पवित्र आत्माको कामको प्रदर्शनको रुपमा लगातार हँसने, रुने, कराउने, भेडा कराउने, सिंह गर्जने, बाँधा गर्ने आदि अनुभवहर हुनछने भनी सिकाउने प्रचारकहरु पनि देखा परेका छन्। यस्ता कुराहरु लेकलान्डमा कापटेर्स होम चर्चमा रोड्नी होवार्ड ब्राउन भने प्रचारकले पहिले सिकाएका थिए। त्यस पश्चात क्यानडाको टोरन्टो एयरपोर्ट भिनयार्ड चर्चका पा. जोन आर्नोट र श्रीमति क्यारोलले यस्ता अनुभवहरुमा आकृष्ट भई अर्को यस्ता प्रचारक रान्डी क्लार्कलाई १९९४ मा सेवामा निम्त्याए र उनको सेवाद्वारा १२० जनाको मण्डली १०००मा वृद्धि भयो। यसप्रति सबै खालका साम्प्रदायिक मण्डलीहरु समेत आकर्षित भई संसार भरी नै यसको प्रचार प्रसार भएको छ। यस्ता आत्मिक अनुभवहरुलाई वचन र परमेश्वरशास्त्रको आधारमा जाँच्नु आवश्यक छैन, बरु फल र अनुभवको आधारमा स्वीकारे हुन्छ भनी यिनीहरु सिकाउँछन्। प्रेरित २:१३, एफिसी ५:१८-२० का पदहरुमा दाखमद्यले मातेको भने शब्द प्रयोग गरी आत्माको भरपूरीमा रक्सीले मातेका मानिसहरुले गर्ने जस्तै गर्नेछ भनी यिनीहरु व्याख्य गर्छन् तर प्रेरित २:२१ मा मानिसहरुले भनेका कुरालाई यिनीहरु ख्याल गर्दैनन्। पुरानो करारमा ३० पटक र नयाँ करारमा ६ पटक प्रयोग भएको हाँसो भने शब्दले कहिले पनि आत्माको फल वा कामको रुपमा प्रस्तुत भएको छैन। बरु पावलले गलाती ५:२२मा दिएको आत्माको फलमा आत्मसंयम वा मन थाम्नु भने गुण अति मार्मक छ। १ कोरि १४:२६,३२ पनि हाम्रो निम्ति मार्गदर्शक छ।
३. प्रेस आन्ड भर्सिप र भर्सिप डान्स:
येशूमा भएको विश्वासद्वारा पवित्र आत्माले जम्मा गर्नुभएको सन्तहरुको भेलामा (प्रेरित २:४२-४६) परमेश्वरको आराधना गर्नु कुनै विशेष काम थिएन। तिनीहरुले त्यहाँ गरेका सबै कामहरु (प्रेरितीय शिक्षा, प्रार्थना, सँगति, रोटी भाँच्ने, बास्ता गर्ने आदि) आराधनाका अविभाज्य भागहरु थिए। स्तुति प्रशंसा, आत्मिक गीत (एफी ५:१८,१९), वचनको अध्ययन, बुद्धिको अर्ति सल्लाह (कल ३:१६), आफ्नो जीवनको साक्षी (प्रेरित २१:१०), प्रकाश, अन्यभाषा, त्यसको व्याख्या, अहमवाणी (१कोरी १४:२६) आदि सबै आराधनाको रुपमा मण्डलीको भेलामा प्रकट हुन्थ्यो। गीत गाई नाच्नु नै आराधना हो भने नवीन चिन्तन र शिक्षा मण्डलीहरुलाई निकै प्रभावित पारेको छ। त्यो मात्र गरी परमेश्वरलाई मख पार्न खोज्ने र वचनको गम्भीर शिक्षा र अन्य सेवाहरुलाई कम महत्वको ठान्नु आपत्तिजनक कार्य हो।
आराधनामा छुट्कारा, आरधनामा चङ्गाई, आराधनामा शक्ति आदि सिद्धान्त छाटेर आफ्नो केही क्षणको उत्तेजित आराधनाको कामले परमेश्वरबाट खोजेका कुराहरु प्राप्त गर्न मण्डललिाई उक्साउँछन्। परमेश्वरको अनुग्रह र उहाँको वचनमा नम्र भई भरोसा गर्नुको सट्टा आफ्नै कर्म र कोशिशबाट आत्मिकता कमाउन खोज्नु र त्यसमा रमाउनु अनुत्पादक हुनेछ। अक्सर यसका प्रवर्तकहरु आफ्नो गीत, धुन र मस्तताको सेवा सिद्धिएपछि वचन र अन्य मण्डलीको सेवाहरुलाई बेवास्ता गर्ने र अरोचक मानने हुन्छन्। यिनीहरुले जवान र स्त्रीहरुलाई नेकै प्रभावित पार्ने भएकोले मण्डली अगुवाहरु पनि यसलाई सकरात्मक र ठीक मान्ने गर्छन्। आराधनालाई म्युजिकको धुन र आवाजहरुबाट नियन्त्रित गर्न खोज्ने यिनीहरुको चाल पनि आपत्तिजनक छ। येशुले भन्नुभयो, “मेरो पतिालाई आराधना गर्नेहरु आत्मा र सत्यतामा पुज्नुपर्दछ”। जुन सत्यता येशू हो, वचनमा प्रकट भएका शिक्षा हो। सत्यको आत्मा म्यूजिकको धुनभित्र होइन वचनको अक्षरमा प्रकाशित हुन्छ। हाम्रो हृदयका विचार र भावनाहरुलाई एकत्रित पारी एकै किसिमको बोली र शब्दहरुमा एक भई परमेश्वरको सत्यतालाई स्मरण गर्ने र हाम्रो उहाँप्रतिको प्रेम, श्रद्धा र भक्ति प्रकट गर्ने सशक्त माध्यम हो भजन गीतहरु। धूनमा नभई शब्द र भावनाहरुमा हामी मग्न हुनुपर्ने हो तर आज भोलीको भर्सिप टीमहरुले विश्वासीहरुलाई गीतको शब्दहरुमा नभई तिनीहरुको सोच र आत्मिकतामा मनोवैज्ञानिक रुपमा कैद गरी नियंत्रण गर्ने प्रयास भएको छ, मण्डलीलाई गाउनेहरु भन्दा पनि श्रोताहरु बनाएको छ।
येशूलाई चेलाहरुले आराधना गरेको अवसरहरुमा तिनीहरु गीत गाएर होइन अन्य कार्यहरुद्वारा गरेका छन् (मत्ती १४:३२,३३, २८:९, लूका २४:५२,५३) स्वर्गमा पनि चौबीस जना धर्मगुरुहरु गीत गाएर होइन परमेश्वरको कामको वर्णन गरेर र मुकुटहरु फेंकेर आराधना गरेका छन् (प्रकाश ४:८,१०-४४) । प्रकाश ५:९ मा गाउने कुरा पनि लेखेको छ। बायबलमा हिब्रू भाषाको शहाह भने शब्द आराधनाको सिलसिलामा १७० पटक प्रयोग भएको छ। त्यसको अर्थ निहुरिएर श्रद्धा, भक्ति, आदर देखाउने कार्यहरु हुन्। ग्रीकमा यसलाई समान रुपमा प्रोसक्यूनियो भने शब्द प्रयोग गरिएकोछ जसको अर्थ चुम्बन गर्नु हो जसले समर्पित प्रेम, आदर र भरोसा प्रकट गर्छ। अर्को शब्द ल्याटि्रयो हो जसले आत्मिक सेवा र उपासनालाई दर्शाउँछ। परमेशवरको महिमाको सम्झना र प्रकाशको सामु मानिसले दिने समर्पण र स्वीकार, परमेश्वर जो हुनुहुन्छ र जे गर्नुहुन्छ त्यसप्रतिको मानवीय प्रतिक्रिया आदि नै आराधना हो। यो भावना र व्यक्तिगत अनुभव (Subjective) तथा परमेश्वरको स्त्यताको (Objective) स्वीकार दुबै हो । यसमा परमेश्वरको स्तुति गर्ने र उहाँलाई धन्यवाद दिनै दुबै अन्तरनिहित हुन्छ । Worth-ship भने बाट आएका नयाँ अंग्रेजी शब्द हो worship। यसलाई बढी व्याख्या गरी प्रस्तुत गर्ने निकै प्रयास भएको छ र भर्सिपलाई थुप्रै भागहरुमा वयान गर मिानिसहरुको दिमाग खलबल्याउने काम भएको छ। आज भोली भर्सिप स्कूल र कोर्सहरु फाशन भएको छ र यो सबैले कतिको ख्रीष्टिय जीवन र चरित्रको निर्माण हुँदैछ भने कुरा मूल्याङ्कनको कुरा भएको छ।
नाच्नु र कम्बर हल्लाउनु मानिसको निम्ति स्वाभाविक रुपमा आनन्दको अनुभूति दिने कुरा हो र जिन्दगीमा धेरैजसो परिवेश र परिस्थितिहरुले बाँधिएको अनुभव गर्ने मानिसले एक क्षणको लागि भए पनि ज्यु हल्लाएर नाच्न पाए संतृप्ति महसुस गर्छ। धेरैले उसको लागि ने रक्सी र मादक पदार्थहरुमा भर पर्छ। अब येशुको नाममा र फिल्मी धूनहरुमा ख्रीष्टिय शब्द भरी नाच्नु पाए त्यो पनि अवश्य आत्म-सन्तुष्टिको माध्यम बन्छ। यो पनि आज भोली निकै प्रचारमा र प्रयोगमा आएको छ। तर वचन र प्रार्थना गर्दा सूतिराख्ने, प्रभुभोज तथा अन्य सेवाहरु अरोचक मान्नेहरु उत्तेजित भइ नाच्न थाल्दा तिनीहरुलाई कुन आत्माले नचाएका हुन् भनी सोच्नु पनि जायज कुरा हो। हाम्रोलागि सबै कुरा जायज छ, तर सबै कुरा फाइदाको होइनन् भने वचन यी सबै कुराहरुमा स्मरणीय छ।
Discussion about this post