• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफ्नो पनमा रमाउनु पर्छ

by NepalChurch.com
August 9, 2013
in Articles

Written by G Neupane

संसार परिवर्तन भइरहेको छ। परिवर्तित संसारसँग मान्छेका चाहनाहरु परिवर्तन भैरहेको छन्। यही बेलामा लियोटाल्सटायले भनाई झट्ट याद आउँछ। उनको भनाइ अनुसार मान्छेले संसार परिवर्तन भएको देख्न् चाहन्छ तर आफूचाहीँ परिवर्तन हुन चाहँदैन। अहिले मुलुकमा तीन किसिमका सोचको युद्ध हुँदैछ।

१) पुनरुत्थानवादी २) यथास्थीतिवादी ३) अग्रगामी। तिनै सोचहरु राजनीति प्रणालीमा सक्रिय छन्। हुँदा हुँदैपनि अरु पनि सोचहरु छन् यस संसारमा १) भौतिकवादी कर्ममा विश्वास गर्ने २) आध्यात्मिकवाद इश्वर मान्ने अर्थात इश्वरमा आस्था राख्नेर ३) नास्तिक इश्वरै नमान्ने। राजनीतिक प्रणाली अन्तरगत अरु धारा उपधाराहरु पनि छन् जसभित्र सामन्तवादी, पूँजीवादी, अग्रगामी सोचमा बामपन्थी बिचारधारा अर्को उग्रबाम्पन्थी बिचारधारा र क्रान्तिकारी विचार धारा पर्छन्। अहिलेका युवापुस्तालाई पनि हामी यसैगरी विभाजित गर्न सक्छौँ।

कोही अग्रगामी सोचका छन् भने कोही त्यसभित्र बामपन्थी छन् कोही उग्रबामपन्थी छन्। कोही युवापुस्ता भविष्य बनाउनपट्टी लागेका छन् भने कोही वर्तमानमा जिउन चाहन्छन्। यही पुस्तामा पुनरुत्थानवादी पनि छन् र यथास्थीतिवादी पनि। यहाँ उठाउन खोजिएको कुरा राजनीतिक विचार धाराप्रतिको ठाडो प्रहार चाहीँ होइन प्रयोगात्मक प्रणालीमा कुनचाहीँ विचार हाम्रो लागि फाइदा जनक छ भन्ने कुरा हेर्न खोजिएको हो। सबै विचारधारालाई स्थान दिने हो भने कोही भन्दा कोही कम छैनन् यहाँ सबै एकनासका एक छन्। एउटै कुरा के हो भने यदी सबै विचार एकठाउँमा आएर मिलेर काम गर्यो भने देशले कोल्टे फेर्न समय लाग्दैनथ्यो। यहाँ त कसैले झुक्नै नचाहने कसैले नझुकेसम्म देशमा विकासक्रम ठप्प भएको छ। विकृति र विसङ्गतीले ठाउँ पाएको छ अन्य विकासका अवरोध अर्थात् विकास विरोधी विचारधाराले ठूलै फड्को मारिसकेको छ। अस्ती भारती पाठकको लेख पढियो, उनले घर प्रेमबाट बन्छ जहाँ आफ्नो परिवार हुन्छ। त्यही घर हो चाहे त्यो डेरा होस् चाहे त्यो आफ्नै भवन भनेको कुरा एकदमै मन पर्यो।

घर आफ्नो लागि बनाइन्छ अरुको लागि होइन उनको भनाई थियो। आजकाल घरहरु, आलिशान भवनहरु त धेरै बन्दैछन् मान्छेहरुले जसरी हुन्छ छिटो पैसा कमाइने उपाय सोच्दछन् जे चिजपनि छिटो। हतारमा गरेको काम राम्रो हुँदैन। संसारमा विकाशहरु यति धेरै भएका छन् यी कामहरु जसरी भएका छन् तिव्र गतीमा भएका छन्।त्यतिनै मान्छेबाट प्रेम र शान्ति पलायन हुँदै गएको छ। पहिला पहिलाका युवतीहरु लज्जालु हुन्थे आजकालमा युवतीहरु एकदमै छाडा हुँदै गएका छन्। छोटा कपडा लगाएको बिरलै देखिन्थ्यो। अचम्म लाग्थ्यो तर त्यो भन्दा अचम्मको कुरा त अब त साँच्चै नै नाङ्‍गिने क्रम अब बाँकी नरहने गरी नै हुन्छ की। आजकालका युवायुवतीहरु लाज मान्न छाडिसके यी यति उग्रबामपन्थी विचार धाराका भइसकेकी भनेर साध्य छैन। सच्चाइमा सत्यको पक्षमा लड्नु ठिकै हो तर नचाहिँदो कुरामा एकले अर्कालाई दुःख दिनलाई उग्ररुप लिनु राम्रो कुरा होइन। सबै कुरा पैसा होइन यसको मतलब पैसा नभई संसार चल्छ भन्न खोजिएको पनि होइन। जे चिजको पनि आ-आफ्नो प्रकारको महत्व हुन्छ। नेता पैसाले बनिँदैन। नेतृत्व पैसाले गर्दैन तर पैसाले नेतृत्वमा सघाउँछ तर नेतृत्व गर्ने नैतिकताले हो व्यक्तित्वले हो। यो कसैलाई मन लाग्ने र नलाग्ने भन्ने कुरा होइन यो एउटा जिम्मेवारी हो। जो सक्षम छ क्षमतावान छ समाजले विश्वास गर्न सक्ने खालको छ उसैले नेतृत्वको जिम्मेवार पाउँछ। हामीसँग उच्च नैतिकवान नेताहरुको कमी छ। जो छ त्यो जहिले पनि पर्दा पछाडि छ। जिम्मेवारी दिन मानिसहरु डराउँछन्। आफ्नो अस्तित्व जान्छ भनेर। समस्या माथिल्लो तहबाटै शुरु भएको छ भने साधारण जनताले के गर्न सक्छन् यति बिध्न युवाहरु बेरोजगार छन् जसको कारणले गर्दा युवा पुस्ता

विस्तारै विस्तारै नाशको बाटोतिर लागिरहेका छन्। उनीहरुलाई भाषण मन पर्न छाडेको छ। राम्रो कुरा त आदर्श लाग्न थालेको छ युवाहरु एकदमै रुचाउँदैनन्। अब विस्तारै विस्तारै युवाहरु आफू खुशी गर्दैछन् छाडा हुँदै जाँदैछन्।

लागु औषध, दुर्व्यसनी, चोरी, हत्या, डकैती, व्यभिचार, लोभ जस्ता कुलतमा फसेका छन् राज्यले जेलहरु ठूलो बनाउनु भनेको अपराध बढ्ने सङ्केत गरेको हो। ३५ जनाको ४० जनाको चाप थेग्न सक्ने जेल ६० जनाले चापाचाप भएको छ। अब त्यति मात्र होइन सुने अनुसार ३५ सय अटाउने जेल बन्दैछ मकवानपुरमा यसको मतलब अपराध तिव्र गतिमा गुणानुवाद गतिमा बढ्दै छ। अब राज्यले सोच्नुपर्छ देश कति सुरक्षित छ भन्ने कुरा समयमानै तछाड मछाड पलायन भएन भने देश सञ्चालन योग्य व्यक्तिहरुबाट भएन भने र विश्वास योग्य पात्रहरुले ठाउँ पाएनन् भने देश बिनाश हुन्छ तहसनहस हुन्छ। अब शिक्षामा जागृति आउनुपर्छ, समाज सेवामा जागृति आउनुपर्छ, धार्मिकतामा निखारता आउनुपर्छ अग्रगामी सोच यथास्थीतिवादी र पुनरुत्थानवादी सोचहरु एउटै नारामा एकै राष्ट्रिय झण्डामुनि आएर नेपाल र नेपालीको लागि योगदान दिने हो भने यो देश यो राष्ट्र बनाउन सबै शक्तिहरु एकजुट हुने हो भने एकले अर्कालाई देश बनाउने काममा सघाउँदै जाने हो भने देशको मुहार फेरिन्थ्यो।

अब विगतका कमीकमजोरीलाई बिर्सेर त्यसबाट पाठ सिक्दै सबै शक्तिहरु एकभई देशको भलो गर्नतिर लाग्नुपर्छ। एकले अर्काको बिरोधै मात्र गरिरहने हातेमालो नगर्ने हो भने देश झन् धरापमा पर्छ। यो देशको बल भनेको युवापुस्ता हो। यो देशको खम्बा भनेको युवा पुस्ता हो यदि युवा पुस्तालाई जोगाउन सकियो भने उनीहरुले आफ्नो खुबी देखाउने मौका पाउँछन् अनि काम युवाहरुले गर्छन् यदि मौका दिइयो भने। अहिले देशका जम्मै युवा शक्ति विदेश पलायन भएका छन्। यो देशमा भने केही शक्ति मात्र छन् यदि जम्मै शक्ति एकजुट भएर देश बनाउनतिर लाग्ने हो भने हाम्रो देश पनि अरु देशहरुको दाँजोमा जान सक्थ्यो। अन्तराष्ट्रिय स्तरमा हाम्रो बजार बढ्थ्यो।

अन्तराष्ट्रिय कम्पनीहरुले हामीहरुसँग कारोवारको हात मिलाउँथे छिटो भन्दा छिटो देश विकास भई ठूलै फड्को मार्थ्यो। अहिले पनि बहुराष्ट्रिय कम्पनीहरु छन् देशमा यस्ता बहुराष्ट्रिय कम्पनीहरु धेरै हुनुपर्छ। तर हुन सकिरहेको छैन कारण एउटै छ काँचो राजनीति सस्तो राजनीति। राजनीति कति महत्त्वपूर्ण ढोका हो भन्ने कुरा राजनीतिकर्मीहरु र नेताहरुले अब बुझ्नुपर्छ र यस्लाई विशेष राजनीति र खास राजनीति एउटा अर्थपूर्ण राजनीति बनाउनुपर्छ। जस्ले गर्दा जनताले मजाले आफ्नै देशमा रोजगार पाओस्। जब राजनीति राम्रो हुन्छ सुधारिन्छ तब विकास छिटो हुन्छ। त्यसैले राजनीति गर्ने मान्छे लरोतरो हुनुहुँदैन। युवाहरुले जुनसुकै होस् जे सुकै होस् आठ घण्टा मजाले काम गर्न पाओस् युवा भावनाको देशले सही मूल्याङ्कन गरोस्।

त्यसै अनुसार परिचालन पनि गर्नुपर्छ युवा पुस्तालाई। युवाले चाहेको इच्छाएको पेशा अपनाउन पाउनुपर्छ राष्ट्रिय नैतिकतामा आँच आउने काम बाहेक। सबै कामको सही मुल्याङ्कन र सम्मान होस् सबैको हकहितमा आँच नआओस्। जनता सबै हुने खाने हुन सकुन् हुँदा खाने भन्ने कुरा बिरलै होस् अझ भन्नुपर्दा हुँदा खाने भन्ने कुरानै नसुनियोस्। देशमा बनेको सबै कुराहरु देशमानै खपत हुनुपर्छ देशमा बनेको चिजबिज सुपथ मूल्यमा देशको मान्छेले उपभोग गर्न पाउनुपर्छ। यी कुराहरुले नै राष्ट्रियता झल्किन्छ यसरी देशप्रतिको माया बढ्दै जान्छ। अहिले देशप्रतिको माया घट्दै गएको अबस्था छ। देखाखिसीको कारणले नै हो। यसमा कुनै दुइमत छैन। आफ्नो पनमा रमाउनु जस्तो ठूलो कुरा अरु केहि हुँदैन।

 

Published on 2011-08-27

Republished in new layout on 8/7/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In