Written by Govinda Sharma Gaire
मानिस सामाजिक प्राणि हो, परिवारमा जन्मन्छ र समाजमा हुर्किन्छ । मानिसले देखाउने स्वभाव र व्यवहारमा उसको परिवार र समाजको असर प्रतिविम्वित गरिरहको हुन्छ । मानिस जन्मदा असाह्य जन्मन्छ र वृद्ध अवस्थामा पनि झन्डै असाह्य अवस्थामानै पुगेको हुन्छ । हुर्कने क्रममा आमा, वाबु, परिवारका सदस्य तथासमाजको ठूलो भुमिका रहेको हुन्छ ।
उसले बोल्ने भाषा, देखाउने व्यवहार, रितिरिवाज रहनसहन र वानि व्यहोराहरुको विकासमा समाज तथा परिवेशको ठूलो असर हुन्छ । मानिस जन्मदैमा ठुलो सानो भएर जन्मदैन भनिन्छ तर उ हुर्कने र बढ्ने क्रममा जव चेतना भरिन थाल्छ उसमा सानो ठुलो, उंच, निच, धनी गरिव, निर्धो र वलियो आदि भावनाको विकास हुन हुन थाल्छ र यस्ता कुराहरुले उसको जिवन भर अमिट छाप रहन पुग्दछ । जब मानिसले अरुको व्यवहार वा आफ्नो बुझाईमा आफुलाई निर्धो, सानो वा कमजोर भएको थाहा पाउंछ उसले गर्ने व्यवहारमा परिवर्तन आउन थाल्दछ र यस्ता उस्तै खालका व्यक्तिहरुको समुहले समाजमा बर्गको रुपमा जन्म लिन पुग्दछ । त्यसैले समाजमा विभिन्न बर्गका मानिसहरुको बर्गिकरण गर्न थालिन्छ। मानिस हुर्कने क्रममा विभिन्न चरणहरु पार गर्दछ र सुरुको वाल्य अवस्था त्यसपछि वयस्क नभईन्जेल उ परिवारमा पर निर्भर रहन्छ । वयस्क नभईन्जेल उसलाई निर्णय लिने अख्तिारी दिईदैन र उसलाई अधिकार र निर्णय कसरी गर्ने भन्ने थाह पनि हुदैन। हुर्कने क्रममा उ परनिर्भरताको कारणले आफ्ना परिवार वा परिवारका सदस्यहरुमा भर पर्नुपर्ने भएकाले एक किसिमको परनिर्भतामा बांचिरहेको हुन्छ । भविष्यमा कस्तो बाटोमा हिड्ने भन्ने कुरपनि परिवार वा समाजले प्रभाव पार्दछ । त्यसैले मानिस परनिर्भरतामा हुर्किरहेको हुन्छ।
जव मानिस बुझ्ने हुन्छ र आफ्ना निर्णयहरु आफैं गर्न सक्ने अधिकार प्राप्त गर्दछ उसले आफ्नो वास्तविक धरातल थाहा पाउंदछ र समाजको कुनै बर्गमा आफूंलाई उभ्याउन पुग्दछ । त्यतिखेर उसले आफ्नो क्षमता र समाजका अन्य व्यक्तिहरु वा वर्गका मानिसहरु भन्दा के के कुरामा फरक रहेछ भन्ने कुराको मुल्यांकन गर्न पुग्दछ र आफूंप्रतिको धारणको विकास गर्दछ । मानिसको व्यक्तिगत विकासको क्रममा उसले आफूंप्रति बनाउने धारणा सबैभन्दा महत्वपुर्ण हुन्छ जुन कारणले गर्दा उसको बांकी जिवन र परिवारमा समेत ठूलो असर पुर्उंछ । मानिसको धारणा विकास हुन निकै समय लाग्छ र सो धारणा परिवर्तन हुन ज्यादै कठिन हुन्छ । त्यसैले मानिसमा धारणाहरुको विकास हुन पनि समाज र परिवारको भुमिका हुन्छ या भनौ उसले समाज र परिवारमा घटेका घटनाहरु, सिकेका सिकाईहरु र सम्बन्धहरुबाट विकास हुने भएकाले मानिसको विकास पर निर्भरतामानै भएको हुन्छ । मानिसको विकास परनिर्भतामा भैरहेको हुन्छ त्यसैले व्यक्तिको चरित्र निर्माण वा भविष्य कस्तो बनाउने भन्ने कुरा उ जन्मदा देखिनै सुरु हुने भएकोले उसको परिवारले उचित ध्यान पुरउनुपर्ने हुन्छ । मानिसहरु आफ्नो जिवनमा परिवर्तन चाहन्छन् भने आफ्नो परनिर्भरता हटाउनुपर्दछ र आफूं प्रतिको धारणामा परिवर्तन ल्याउन सक्नुपर्दछ । जव सम्म मानिसले आफ्नो आफैं प्रतिको धारणामा परिवर्तन ल्याउंदैन उसको जिवनमा परिवर्तन आउन सक्दैन । त्यसैले जिवनमा परिवर्तनकोलागि सबैभन्दा पहिले हामीले परनिर्भरता र आफूंप्रतिको धारणमा परिवर्तन गर्नुपर्ने हुन्छ ।
Republished in new layout on 8/7/2013
Discussion about this post