Written by Rev.K.P Devkota
July 25 – during the 1990s along with the fast growth of the Church, many bible training centers, bible schools and colleges were started in Nepal. Many of them have positive impact. ITEEN started with a slogan “Ghar Gharai Bible College,”(“Bible College at Home’). ITEEN started with a target of reaching thousands of Christian 14 year ago. ITEEN has established itself during these 14 years and has become a blessing to the Churches in Nepal. Today we would like to thank all the tutors, students praying friends, pastors, leaders, supporters and well wishers.
ITEEN has been successful in teaching the bible in a very simple way from Mechi to Mahakali, India, U.A.E., Malaysia, Dubai, Hongkong etc.
Because of this the Churches have developed in leadership and discipleship. Christian have started to be more practical, Churches have become stronger spiritually. Believers have become active in Church work, It has been able to give leaders, teachers, businessmen, farmers a practical teaching.
There are about 4000 students studying ITEEN courses in Nepal. ITEEN has developed tutor’s trainings locally. The work of ITEEN is growing along with the growth of the Church. In youth fellowship, ladies fellowship, men’s fellowship, house fellowship, leaders fellowship, Y.F.C. , CBS fellowship and in jails ITEEN has taken its grip.
In the different denominations, the ITEEN courses have become their need. The people ages range from 10 years old to 75 year olds.
We hope to get help, support, advises and prayers from all. Let our Great God be honored and praised.
In service,
Rev. K.P. Devkota
Chairperson
आइटीनको १४ वर्ष
जुलाइ २५ – नब्बेको दशकमा नेपालको मण्डलीको तीब्र वृद्धिसँगै धेरै किसिमका बाइबल तालिम केन्द्रहरू, बाइबल स्कूल/कलेजहरू सुरु भए। कयौले मण्डलीलाई सकारात्मक टेवा नै पुर्याएका छन्। तर यस्ता तालिम केन्द्र र स्कूल/कलेजमा बसेर अध्ययन गर्न नसक्ने हजारौं ख्रीष्टियनहरुलाई लक्षित गरी “घर घरै बाइबल कलेज” भन्ने नारा लिएर आज भन्दा १४ वर्षअघि सुरु भएको आइटीनले आफ्नो छुट्टै पहिचान स्थापित गरी नेपालको मण्डलीलाई विशेष योगदान दिन सक्षम भएको छ। आज चौधौं वर्ष सफल र प्रभावकारी सेवा पूरा गरी पन्ध्रौ वर्षमा प्रवेश गरेकोमा हामी हाम्रा समस्त विद्यार्थीहरू, प्रार्थनामा साथ दिने आदरणीय पास्टर/अगुवाजनहरू प्रार्थना सहयोगीहरू, शुभेच्छुकहरूलाई आइटीन बोर्ड र स्टाफहरूको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं।
आइटीनले १४ वर्षको अवधिमा व्यापकरुपमा मेचीदेखि महाकालीसम्म र नेपाल बाहिर यू ए ई, बहराइन, मलेसिया, आसाम, सिलिगुडी, सिक्किम, दार्जिलिङ र हङकङका चर्चहरूमा परमेश्वरको वचन सरल प्रकारले अध्ययन गराउन सफल भयो।
जसको फलस्वरुप मण्डलीमा अगुवापन र चेलापनको विकास भयो र प्रचारकहरू तयार भए। विश्वासीहरू व्यवहारिक हुन थाले मण्डली आत्मिकरुपमा बलियो हुन सक्यो। झूटा शिक्षाबाट मण्डलीलाई जोगाउन सजिलो भयो। पास्टरको काममा सजिलो भयो। दशांसको मात्रा बढ्यो, मण्डली संख्यात्मक र आत्मिकरुपमा वृद्धि भयो। विश्वासीहरू सक्रिय भएर प्रचारप्रसार गर्न सक्ने भए। साधारण लेखपढदेखि मास्टर डीग्री गर्नेहरू, बिटिएच, एमडिभ, एमटिएच गर्नेहरू, पास्टर, अगुवाहरू, शिक्षक, व्यापारी, कृषक सबैकोलागि व्यवहारिक शिक्षा आइटीनले दिन सक्यो।
नेपालमा झण्डै ४००० व्यक्तिहरू आइटीनका अध्ययनरत हुनुहुन्छ भने लगभग १० हजार जनाले अध्ययन गर्नुभएको छ। शिक्षक तालिमहरू अहिले स्थानीय क्षेत्रमा नै पास्टर अगुवाहरूकोलागि हुन थालेको छ। मण्डली वृद्धिको साथसाथै आइटीनको काम पनि तीब्ररुपमा हुँदैछ। मण्डलीमा सजिलो तरिकाले अध्यापन हुँदैछ। जवान संगतिमा, आमादिदीबहिनी संगतिमा, दाजुभाइ संगतिमा, घरेलु संगतिमा, अगुवा संगतिमा वाइ एफ सी यूथ संगतिमा, भद्रबन्दि कारागार काठमाडौं, कारागार पाल्पा र बिराटनगरका कारागारहरूमा पनि अध्ययन हुँदैछ।
नेपालमा भएका विभिन्न चर्च सम्प्रदायहरूमा आइटीनको पाठ्यक्रम सबैको निम्ति आवश्यक देखिएको छ। साना चर्च, ठूला चर्च, गाउँ सहर पहाड तराइ र हिमाली भेगमाहरुमा आइटीनका पाठ्यक्रम अध्ययन हुँदैछन्। १० वर्षदेखि ७५ वर्षसम्मका मानिसहरू अध्ययनरत छन्।
आगामी दिनहरुमा पनि सबै पक्षबाट सहयोग सल्लाह र प्रार्थनाको अपेक्षा गर्दछौं। हाम्रा अद्धितीय परमेश्वरलाई नै इज्जत र सम्मान होस्।
सेवामा
रेभ. के.पी. देवकोटा
अध्यक्ष आइटीन नेपाल
Republished in new layout on 7/30/2013
Discussion about this post