टिभि हेर्न नपाउने भएपछि ग्राहकहरुले धमाधम लाइन काट्न थालेपछि ब्यवसाय प्रभावित भएको टिभी नेट प्रालीका सहायक ब्यवस्थापक उमेश चन्द्र दाहाल बताउछन ।
लोड शेडिङले केवुल ब्यवसाय प्रभावित
विराटनगर २९ फागुन
लोड सेडिङ बढेपछि विराटनगरका केवुल ब्यवसायहरु संकष्टमा परेका छन ।
टिभि हेर्न नपाउने भएपछि ग्राहकहरुले धमाधम लाइन काट्न थालेपछि ब्यवसाय प्रभावित भएको टिभी नेट प्रालीका सहायक ब्यवस्थापक उमेश चन्द्र दाहाल बताउछन । पहिले मासीक ३ सय ५० रुपैया लीदै आएको टिभी नेट प्रा.लि.ले लोड शेडिङलाइ ध्यान दिदै सुल्क घटाएर २ सय ५० रुपैया बनाएको छ । तर पनि करीव ९० प्रतिशत ग्राहकहरुले कुल्क नबुझाएको सहायक ब्यवस्थापक बताउछन ।
ग्राहकले सुल्क नवुझाएकै कारण कार्यालयमा कर्मचारीहरुलाई मासीक तलव समेत दिन नसकेको सहायक ब्यवस्थापक दाहाल बताउछन । लाइन नभएको कारण जेनेरेटरवाट कन्ट्रोल रुम संचालन गर्न दैनिक एक हजारको डीजल खपत हुदै आएको छ । दाहालका अनुसार लाइन स्तगीत गराउन कै लागी दैनिक २० दखि २५ जनासम्म ग्राहकहरु कार्यलय आउने गरेका छन । उनिहरुले लाइन् नभएको कारण टिभि हेर्न नपाएकोले जव लाइन आउछ तव मात्र लाइन सुचारु गर्ने भन्दै लाइन स्थगित गर्ने गरेको दाहालले जानकारी दिए ।
ग्राहकलाइ सन्तुष्टी दिएर रकम लिने गरेको भएपनि लोड सेडिङले ग्राहकलाइ सन्तुष्टी दिन नसकेको केवल प्रालिहरुले बताएका छन । करीव ८ सय ग्राहकहरु रहेको भि केवल प्रालीमा लाइन् नभएर टिभी हेर्न नपाएको भन्दै ८५ प्रतिशत भन्दा बढिले मासीक सुल्क नबुझाएको श्रोतले बताएको छ । सुल्क बुझाएका धेरै ग्राहकहरुले लाइन स्थगीत गरेको भि केवल श्रोतले बताएको छ ।
Republished in new layout on 7/30/2013
Discussion about this post