उद्योग सगंठन मोरङले विराटनगरमा हिजो साँझ पत्रकार सम्मेलन गर्दै सरकारले उद्योगीको समस्या प्रती गम्भिर नभएर आलटाल गरिरहेकोले आफुहरुले वार्ता टोली र आन्दोलनको कार्यक्रम संगै अगाडी वढाउने निर्णय गरेको जनाइएको हो ।
करिडोरका उद्योगीहरुले सरकार संग गर्ने वार्ता टोली संगै तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन्
विराटनगर-चैत १ सुनसरी मोरङ औधोगीक करिडोरका उद्योगीहरुले सरकार संग गर्ने वार्ता टोली संगै तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
उद्योग सगंठन मोरङले विराटनगरमा हिजो साँझ पत्रकार सम्मेलन गर्दै सरकारले उद्योगीको समस्या प्रती गम्भिर नभएर आलटाल गरिरहेकोले आफुहरुले वार्ता टोली र आन्दोलनको कार्यक्रम संगै अगाडी वढाउने निर्णय गरेको जनाइएको हो ।
मन्त्रीपरिषदले निर्णयगर्दै भोली उद्योग मन्त्रीको टोली संग वार्ता गर्न आब्हान गरेपछि उद्योगीहरुले उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाको नेतृत्वमा पाँच सदस्यिय वार्ता टोली घोषणा गरेको हो ।
उनिहरुले वार्ता टोली संगै चारबुँदे तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । आन्दोलन अर्न्तर्गत कोशी र मेची अंचलका विभिन्न क्षेत्रमा विरोधका प्रतिक काला गेटहरु निर्माण गर्ने, हस्ताक्षर संकलन गर्ने, आज सुनसरीको धरानमा वृहद र्याली निकाल्ने र विराटनगरमा रिले अनसन सुरु गर्ने रहेको पत्रकार सम्मेलनमा जानकारी गर्राईएको छ । उद्योगीले नियमीत विद्युत आपुर्तिकोलागी भारतको कटैयावाट आयात गरिने विजुली पुर्वमै खपत गर्नुपर्ने, विद्युतमा लागेको डिमाण्ड सुल्क खारेजी, मोरङको वाँसवारीमा रहेको मल्टीफ्युल पुर्णा क्षमतामा संचालन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
यस अघिका दुइचरणका आन्दोलनमा उद्योगीले विद्युत प्रधिकारण क्षेत्रीय कार्यालय घेराउ,जिल्ला प्रसासन कार्यालय,आन्तरिक राजश्व कार्यालय घेराऊ,विराटनगरमा बृहद विरोध र्याली प्रदर्शन गरेका थिए ।
Republished in new layout on7/30/2013
Discussion about this post