जातिय बिभेद धेरै अधिदेखि सुरुभएकोले यसलाई सजिलै हटाउन नसक्ने बताउदै उहाँले आगामी मार्च २१ मा देश ब्यापीरुपमा यो दिवस मनाउन पहल गर्ने बताउनुभयो ।
बिचार गोष्ठी सम्पन्न
विराटनगर २ चैत्र
४४ औं अन्तराष्ट्रिय जातिय बिभेद तथा रंगभेद बिरुद्धको दिवसको एक साता अधि नेपाल दलित मानवअधिकारको अवस्था बिषयक एक दिने बिचार गोष्टि सम्पन्न भएको छ । जागरण मिडिया सेन्टर र सान्तिका लागी सझा अभियान -कोक्याप) को संयुक्त आयोजनामा विराटनगरस्थित होटल स्वागतममा सम्पन्न उक्त कार्यक्रममा मानवअधिकारकर्मि, राजनितीक दलका प्रमुख, सभासद, पत्रकार, नागरीक समाज, बुद्धिजिबी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदष्य तथा सभाषद राधा ज्ञवालीले नेपालले सन् १९७१ मा नै जातिय बिभेद तथा रंगभेदको बिरुद्धको घोषण पत्रमा हस्ताक्ष्ँर गरी सकेको भए पनि हाल सम्म बिभेद अन्त्य नभएको बताउनुभयो । जातिय बिभेद धेरै अधिदेखि सुरुभएकोले यसलाई सजिलै हटाउन नसक्ने बताउदै उहाँले आगामी मार्च २१ मा देश ब्यापीरुपमा यो दिवस मनाउन पहल गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै इन्सेक पुर्वाञ्चलका संयोजक सोमनाथ थापाले हाल बिश्वकै शक्तिको रुममा रहेको अमेरीकामापनि पहिले जातिय बिभेद रहेको बताउदै सरकारले बिभेद गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
देशमा रहेको जातिय बिभेद तथा रंगभेद सम्बन्धि पाँचै बिकास क्षेत्रबाट सुझाब संकलन गरी आगामि मार्च २१ तारीख राजधानिमा एक कार्यक्रमका साथ उक्त सुझाब संबिधान सभामा बुझाउने आयोजकले जनाएको छ । कार्यक्रम जागरण नेपालका महासचिव दिलीप नेपालको अध्यक्षता तथा सभाषद राधा ज्ञवालीको प्रमुख आतित्यमा सम्पन्न भएको थियो ।
Republished in new layout on 7/30/2013
Discussion about this post