पुर्वाञ्चल तर्राई आदिवासी जनजाति संघ संस्थाहरुको एलाइन्स-दमकले विराटनगरमा शुक्रवार आयोजना गरेको सुझाव हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख नेम्वाङले उक्त कुरा बताउनुभएको हो ।
अब बन्ने संबिधान जनताले बनाउने नेम्वाङ्ग
विराटनगर ७ चैत्र – पहिलेको संबिधान केही ब्यक्तिहरुमात्र बसेर बनाएको बताउदै सबिधान सभाका सभामुख सुभाषचन्द्र नेम्वाङले अव बन्ने संबिधान नेपाली जनताले बनाउने बताउनुभएको छ ।
पुर्वाञ्चल तर्राई आदिवासी जनजाति संघ संस्थाहरुको एलाइन्स-दमकले विराटनगरमा शुक्रवार आयोजना गरेको सुझाव हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख नेम्वाङले उक्त कुरा बताउनुभएको हो । उहाले सबै सभाषदहरु गाउ गाउ पुगी जनताको सुझाव संकलन गर्ने कार्य सम्पन्न हुन लागी सकेकोले चैत्र १० गते सम्ममा सम्पुण सुझाव राजधानि पुग्ने बताउनुभयो । उहाँले अहीले सम्म पछाडि पारीएका सीमान्तकृत जाति र बर्गलाई नयाँ बन्ने संबिधानले सम्वोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो अब बन्ने संबिधान अगाडी बनेका संबिधान जस्तो पटक पटक परीबर्तन नहुने गरी बनाइन लागेकाले सबैका हक अधिकार ग्यारेन्टी गरीन्छ । अब बन्ने संबिधानमा तराइका आदिवासिहरु गन्गाई, थारु, ताजपुरीया, धिमाल, मेचे, उराव, सन्थाल तथा तर्राईमुल माझिहरुको हक अधिकारलाई संबिधान सभामा सुनिश्चित गर्न माग गरेका छन । नेपालको तर्राई भेगमा आफूहरु आदिम कालदेखि रगत र पसीना बगाई बाघभालु तथा औलोको परवाह नगरी सेवा गरेको भएपनि पाउनुपर्ने अधिकारदेखि सधै पाखा लगाउने काम भइरहेको कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन । त्यसैले अब बन्ने संबिधानमा सिमान्तकृत बर्ग र अहिले सम्म दमीत बनाइएका जातिहरुको उत्थान गर्नेगरी उल्लेख हुनुपर्ने उनिहरुले जोड दिएका थिए ।
Republished in new layout on 7/29/2013
Discussion about this post