जनयुद्धका महान शहिदहरुले हालसम्म क्षतिपुर्ती नपाएको, बेपत्ताको स्थिती र्सार्वजनिक गर्न पहल नगरेको भन्दै सरकारलाई यस तर्फखवरदारी गराउन प्रधानमन्त्रीलाई भेटेपनि कुनै चासो नदिएको विंङका केन्द्रय महा सचिव चेत नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
माग पुरा नगरे संर्घष् गर्ने
विराटनगर ७ चैत्र
माओवादिले सुरुमा अधि सारेको ४० बुदे मागहरुबारे पार्टि सरकारमा रहेको भएपनि पुरा नगरेको र मागहरुप्रति उदासिन बन्दै गएको भन्दै रिमोलुशनरी लेफ्ट विंङले आन्दोलन गर्ने चेतावनि दिएको छ।
विराटनगरस्थित पत्रकार महासंघको सभाहलमा शुक्रवार रिमोलुशनरी लेफ्ट विंङले गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रय अध्यक्ष कृष्ण अधिकारीले उक्त कुरा बताउनभएको हो । अहिले राष्ट्रियता गम्वीर संकटमा परेको तथा जनताको जिउ धनको सुरक्ष सरकारले गर्न नसकेको भन्दै सरकारलाई यस तर्फबेलैमा ध्यान दिन संघले आग्रह गरेको छ । जनयुद्धका महान शहिदहरुले हालसम्म क्षतिपुर्ती नपाएको, बेपत्ताको स्थिती र्सार्वजनिक गर्न पहल नगरेको भन्दै सरकारलाई यस तर्फखवरदारी गराउन प्रधानमन्त्रीलाई भेटेपनि कुनै चासो नदिएको विंङका केन्द्रय महा सचिव चेत नारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सरकारले उल्लेखित कुराहरुमा ध्यान नदिएकोले सञ्चार माध्यमबाट जनतालाई जानकारी दिई खवरदारीको लागी सम्मेलनको आयोजना गरेको हो।
विंङले १९५० को शान्ति तथा मैत्री संन्धी पुनरावलोकन नभइ खारेज हुनुपर्ने, नेपाल भारत खुल्ला सीमना ब्यवस्थीत हुनुपर्ने, नेपालमा भारतिय नोटको प्रचलनलाई नियन्त्रण गनुपर्ने लगायतका २९ वटा बुदे मागहरु अधि सारेको छ । माओवादिले आफ्नो मुल सीद्धान्तलाई बिषीएको भन्दै आफ्नो पार्टि चाडैनै मातृका यादवसंग मीलेर आन्दोलन गर्ने विंङका महा सचिव चेत नारायण श्रेष्ठले बताए।
Republished in new layout on 7/29/2013
Discussion about this post