यो वर्षकोलागि केन्द्रले २ करोड ४१ लाख थान पाठ्यपुस्तक छाप्नु पर्ने भएपनि प्रयाप्त कागज तथा मेसीन नभएकोले त्यतिका पुस्तक छाप्न नसक्ने भएको हो ।
आउने वर्षपनि पुस्तक अभाव हुने
विराटनगर
बिद्यार्थीहरुले आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको अभाव झेल्नु पर्ने लगभग पक्का भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले समयअनुसार काम नगर्दा आगामी वर्षपनि पुस्तकको अभाव हुने भएको हो । पाठ्यक्रम बिकाश केन्द्रका अनुसार भदौ महिना भित्र ३० लाख पाठ्यपुस्तक छाप्ने लक्ष्य भए पनि हालसम्म पनि त्यति पुस्तक छाप्न सकेको छैन । गत वर्षा पाठ्यपुस्तकको अभाव पुर्ति गर्न नसकेकोले जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष बेलैमा पाठ्यपुस्तकको सहज बिक्री बितरणको ब्यवस्था मीलाउने योजना भएपनि कागजको अभाव, लोडसेडिङ तथा जनसक्तिको अभावले पुस्तकको अभाव हुने देखिएको छ ।
यो वर्षकोलागि केन्द्रले २ करोड ४१ लाख थान पाठ्यपुस्तक छाप्नु पर्ने भएपनि प्रयाप्त कागज तथा मेसीन नभएकोले त्यतिका पुस्तक छाप्न नसक्ने भएको हो । मुलुककै सवैभन्दा ठुलो भृकुटि कागज कारखानामा पटक पटक त्यहाँका मजदुरहरुको अवरोधका कारण सरल तरीकाले पुस्तक छाप्न सकेको छैन । उक्त कारखानाका मजदुरहरुले बृद्धि भएको तलव पाउनुपर्ने माग राखेर आन्दोलन थालेपछि उत्पादन कार्यमा अवरोध भएको हो। दैनिक ५० मैटि्रक टन कागज उत्पादन गर्ने उक्त कारखानामा अवरोध आएपछि कागजको अभाव हुने भएको हो । मजदुरहरुले आफ्ना माग पुरा नभए सम्म कामकाज सुचारु हुन नदिने बताएका छन भने ब्यवस्थापन पक्षले माग पुरा गर्न नसक्ने बताएको छ । जसबाट कागजको कमि भई पुस्तक छाप्न समस्या हुने भएको हो ।
जसिसा केन्द्रका दुइवटा मेसिनहरु बिग्रिएर रहेका छन भने बढि क्षमता भएको मेशिनहरुबाट लोडसेडिङका कारण कछुवाको गतिमा काम भइरहेको छ । केन्द्रले २ करोड १० लाख पुस्तकको छपाई कार्य चैत १५ गते भित्र सम्पन्न गरीसक्नुपर्ने भएपनि लोडसेडिङ, मेसिन अभाव तथा कागजले समस्या पार्ने देखिन्छ ।
यता पुवाञ्चल क्षेत्रभरी पुस्तकको बितरण गर्ने गरेको विराटनगर स्थित जनक शिक्षा सामग्री केन्द्रका निमीत प्रबन्धक तव बहादुर के.सी भने आगामि बर्ष पुस्तकको अभाव नहुने बताउदछन । यस पलिको पाठ्यपुस्तक परिवर्तन नभएकोले धेरैले पुरानै पुस्तक प्रयोग गर्ने भएकाले पुस्तकको अभाव नहुने उनले बताए । उनका अनुसार पश्चिमका प्राय धेरै जील्लामा धेरै पुस्तकहरु मौजत रहेकाले समयमै पुस्तक नछापिए पनि पुस्तकको समस्या नहुने बताउछन ।
उता सरकारले गरेको बजेट बक्तब्य मार्फ आगामि फागुन मसान्तभित्र सवै जिल्लाका सदरमुकाममा पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेपनि हालसम्म पुस्तक सम्वन्धित ठाउ“मा पुग्न सकेको छैन ।
शिशिर दाहाल
बिराटनगर
Republished in new layout on 7/29/2013
Discussion about this post