अध्यक्ष थापाले माओवादीका गतिबिधी एकपछि अर्को गर्दै असफल भएका कारण माओवादीको गतिबिधी म्याद सकिएको औषधी सरह भएको उहाको धारणा थियो ।
माओवादिको बिचार म्याद सकीएको औसधि
विराटनगर १९ चैतराप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादीको बिचार म्याद सकिएको औषधी सरह भएको बताउनुभएको छ । मंलबार बिराटनगमा राप्रपा नेपाल मोरङले अयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो । अध्यक्ष थापाले माओवादीका गतिबिधी एकपछि अर्को गर्दै असफल भएका कारण माओवादीको गतिबिधी म्याद सकिएको औषधी सरह भएको उहाको धारणा थियो । सभालाई सम्वोधन गर्दै अध्यक्ष थापाले माओवादीकै कारण मुलुक बिखण्डन तर्फउन्मुख भएका कारण उनीहरुको बिचार र व्यव्हार सान्दभीक नभएको बताउनुभयो । उहाले माओवादी अधिनायकबाध र र्सवसत्ताबाद बाट परिचालीत गरेका कारण यदि यस्ते गतिबिधी जारीरहे मुलुक बिखण्डन हुने सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । तत्कालीन परिस्थीतीमा कांग्रेस र एमालेले सहि निर्णय लिन नसकेको कारण मुलुक उग्रबामपन्थिको हातमा परेको भन्दै त्यसतर्फ सम्पूर्ण राजनितिक दल र चेतनशील वर्ग सचेत रहन समेत आग्रह गर्नुभयो । बर्तमान सरकारको नेतृत्व गरीरहेको माओवदीको योजना र कार्यतालिका परिवर्तनको आवरण मात्र भएको भन्दै वास्तविक रुपमा मुलुक अधोगति तर्फर्र्न्मुख भएको आरोप लगाउनु भयो । सभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष थापाले जनताका लागी अत्यावस्यक बिद्युत, स्वास्थ्य, शिक्षा जस्ता अत्यावस्यक र सम्वेदनशिल क्षेत्रमा समेत करका नाममा हस्तक्षेप गरेका कारण मुलुकमा बेरोजगारीको संख्या चुलिएको बताउनुभयो ।
Republished in new layout on 7/24/2013
Discussion about this post