माओवादीले युद्धको धङधङी त्याग्न नसकेको कारण सरकार संचालनको जिम्बेवारी सम्हाल्न नसकेको दावी गर्दै खनालले पार्टिका कार्यकर्ताको ब्यवहारमा आमुल सुधार गरेर मात्र सरकार संचालन गर्न सक्ने वताउनु भयो ।
माओवादीको सरकार चलाउने आधार छैनः खनाल
विराटनगर २५ चैत
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको अपराधिक क्रीयाकलापमा सुधार नआएकोले सरकार चलाउने नैतिक आधार गुमाएको वताउनु भएको छ ।
विराटनगर १९ स्थित मोरङ क्षेत्र नंम्बर ५ मा मंगलवार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले माओवादीले जनयुद्धकालको ब्यवहारमा सुधार गर्न नसकेको र अझै अपराधिलाई संरक्षण दिई पार्टिलाई अपराधिक थलोको रुपमा राखेको कारण सरकारको नेतृत्व गरी मुलुक संचालन गर्ने नैतीकता गुमाएको स्पष्ट पार्नुभयो ।
माओवादीले युद्धको धङधङी त्याग्न नसकेको कारण सरकार संचालनको जिम्बेवारी सम्हाल्न नसकेको दावी गर्दै खनालले पार्टिका कार्यकर्ताको ब्यवहारमा आमुल सुधार गरेर मात्र सरकार संचालन गर्न सक्ने वताउनु भयो । मुलुकलाई सहि मार्ग निर्देशन गर्ने शक्ति र ऐतिहासीक जिम्बेवारि लिन सक्ने क्षमता बनाएको पार्टि एमाले भएको उहाँले दावी गर्नुभयो । त्यसैले जनताले एमालेलाई उपनिर्वाचनमा जिताए त्यसमा थप बल पुग्ने स्पष्ट पार्दै उहाँले छ वटै निर्वाचन क्षेत्रका एमालेका उम्मेद्धवारलाई विजयी वनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
कांग्रेसले मुलुक र जनतालाई पटक पटक धोका दिइ तहसनहस बनाएको र फेारम विखण्डनकारी शक्ति भएकोले मुलकमा शान्ति स्थापना गरी समयमा नयाँ संविधान निर्माण गर्न एमाले मात्र संक्षम पार्टि भएको अध्यक्ष खनालले दावी गर्नुभयो ।
वजेट बाबुराम भट्टर्राईले वाचन मात्र गरेको हो र त्यहाँ उल्लेख गरेका स्वरोजगार ,बृद्ध भत्ता जस्ता विकास निर्माणका कुरा छलफलवाट सरकारले ल्याएकोले माओवादीले जागीर दिन्छ भनेर प्रलोभनमा परी भ्रममा नपर्न उहाँले सवै संग आग्रह गर्नुभयो ।उहाँले एमालेले विराटनगर जुटमिल संचालनमा ल्याउन लागी परेको र जुट उद्योगको विकासका लागी नयाँ रणनिती तयार गर्न लागी परेको समेत जानकारी दिनुभयो ।
सोहि सभामा बोल्दै संबैधानिक राज्य समितीका सभापति एवं नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले माओवादीले सरकारी स्रोत र साधन दुरुपयोग गरेर आतंकवादलाई प्रोत्साहीत गरिरहेको वताउनु भएको छ ।
नेता नेपालले माओवादीलाई सरकार वाँदरको हातमा नरिवल भएजस्तै राज्यको ढुकुटी जथाभावी छरपस्त पारेर सिध्याउन लागेको आरोप लगाउनु भयो ।
माओवादीले जनयुद्धकै शैलीमा सरकार चलाएर जनतालाई दुख दिएको दावी गर्दै नेपालले अपराधीलाई संरक्षण दिएर दण्डहिनता वढाएको कारण अब माओवादीले नेतृत्व गर्न नसक्ने वताउनु भयो ।
उहाँले जंगली ब्यवहारले राज्य संचालन हुन नसक्ने भएकोले माओवादीले आफ्नो ब्यवहार सुधार्नु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष असोक र्राई लगायत एक दर्जन केन्द्रिय नेताहरुले वोल्नु भएको थियो ।
Republished in new layout on 7/24/2013
Discussion about this post