माओवादीको फुर्तिलाई आछ्युँ खायौं वाछ्युँ खायौं झुसे वारुलो भन्दै सामान्य रुपमा लीँदै उहाँले राणा,राजा र शाहिकाल त खाईयो भने माओवादीको फुर्तिले कोहि डराउने वाला छैन भन्नुभयो।
सरकारको कार्यशैलीप्रति आक्रोस
विराटनगर २५ चैत
नेकपा एमालेका नेता के पी शर्मा ओलीले एमाले सरकारमा बस्ने नबस्ने आगमी केन्द्रीय समितीको बस्ने बैठकले निर्ण्र्गर्ने वताउनु भएको छ।
विराटनगर विमानास्थलमा मंगलवार संचारकर्मीहरुसंग कुरा गर्दै नेता ओलीले माओवादी नेतृत्वको वर्तमान सरकार वारीमा राख्ने बुख्याँचा जत्तीको पनि काम लाग्ने नभएकोले सरकारमा रहने विषयमा पार्टिले गम्भिर छलफल गर्ने वताउनु भयो।
सरकारको कार्यशैली प्रती आक्रोस पोख्दै ओलीले ब्यक्ति हत्यामा संलग्न भएकालाई संरक्षण दिएर माओवादीले जनताको सरकार हो भन्ने नपारेर अपराधीहरुको सरकार भएको नमुना देखाएको दावी गर्नुभयो।
माओवादीको फुर्तिलाई आछ्युँ खायौं वाछ्युँ खायौं झुसे वारुलो भन्दै सामान्य रुपमा लीँदै उहाँले राणा,राजा र शाहिकाल त खाईयो भने माओवादीको फुर्तिले कोहि डराउने वाला छैन भन्नुभयो।
ओलीले अपराधिक क्रीयाकलाप तत्काल सुधारेर जनताको मन जित्न माओवादीलाई सुझाव समेत दिनुभएको छ ।
Republished in new layout on 7/18/2013
Discussion about this post