युवा स्वरोजगार कार्यक्रमले युवाहरुलाई रोजगार प्राप्त गर्न मद्दत पुग्ने भएपनि आवश्यकता अनुसारको तालिम संचालन र मन्त्रालयहरुबीचको समयन्वय नभएकोले प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो।
बन्द हड्ताल निषेध गर्नुपर्नेः उद्योगमन्त्री
विराटनगर २५ चैत
उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले बन्द हड्ताल र उर्जा संकटका कारण उद्योग कलकारखानाहरु दिनदिनै रुग्ण र धरासायी बन्दै गएको बताउनु भएको छ।
प्रेस चौतारी उदयपुरद्धारा मंगलवार सदरमुकाम गाईघाटमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाक्यले आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योग कलकारखानालाई बलियो बनाउन बन्द हड्ताल निषेध गरिनुपर्ने बताउनु भयो।उहाँले बन्द हड्ताल र उर्जाको कमीका कारण मुलुकभरीका उद्योगहरु संकटमा परेको बताउँदै सरकारले उद्योगधन्दाहरुमा आवश्यक उर्जाकालागि डिजेलमा सहुलियत, जेनेरेटर खरिदमा छुट लगायतका सुविधाका प्याकेजहरु ल्याएको जानकारी दिनुभयो।
उहाँले उद्योगलाई छरपस्ट ढंगले होईन, एकै ठाउँमा पुवाधार निर्माण गरेर संचालन गर्नुपर्ने समेत बताउनु भयो। त्यसका लागि सरकारको देशभर १० वटा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने उदेश्यका साथ काम गरिरहेको जानकारी दिँदै त्यसकालागी सवैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो। औधोगिक क्षेत्र बिस्तार र सहयोगका कार्यक्रममा आफु लागिपरेको जानकारी मन्त्री शाक्यले दिनुभयो।
सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमले युवाहरुलाई रोजगार प्राप्त गर्न मद्दत पुग्ने भएपनि आवश्यकता अनुसारको तालिम संचालन र मन्त्रालयहरुबीचको समयन्वय नभएकोले प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो।
Republished in new layout on 7/18/2013
Discussion about this post