इलामको पर्यटकीय स्थलको संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धन गर्न पाँच बर्षो पर्यटन गुरुयोजनाको निर्माण शुरु भएको छ।
गुरुयोजना निर्माण सुरु
विराटनगर २५ चैत
इलामको पर्यटकीय स्थलको संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धन गर्न पाँच बर्षो पर्यटन गुरुयोजनाको निर्माण शुरु भएको छ। पर्यटक तथा नागरिक उडड्यन मन्त्रालयले जिल्लाको पर्यटन पूर्वाधार बिकासका लागि ५० लाख रुपैयाँ उपलव्ध गराएपछि जिल्ला बिकास समितिको अगुवाईमा जिल्लाका सरोकारवाला संस्था र कार्यालयहरुको समन्वयमा गुरुयोजना निर्माण शुरु गरिएको स्थानीय बिकास अधिकारी रामेश्वर दङ्गालले जानकारी दिनु भएको छ।
उहाँले माइपोखरी, सन्दकपुर, सिद्धिथुम्का, श्रीअन्तु, हाँसपोखरी तथा पाथिभरा, छिन्टापु, गजुरमुखी, माङमालुङ र लारुम्बाजस्ता पर्यटकीयस्थलको संवर्द्धन गर्ने गरी गुरुयोजना निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ।
Republished in new layout on 7/18/2013


















Discussion about this post