कोशी पिडितका नाममा भएका राहत लगायतका कार्यक्रमको आयब्यय र्सार्वजनिक गर्नुपर्ने ,वाढी पीडित छानविन समितीले बुझाएको प्रतिवेदन र्सार्वजनिक गरी तत्काल लागु गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।
कोशी पिडितको आन्दोलन जारी
विराटनगर २५ चैत
कोशी विस्थापितहरुले सरकारले बनाएको छानविन समीतीले तयार गरी बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउन लगायतका माग राख्दै गरीरहेको आन्दोलनका क्रममा मंगलवार पनि सुनसरीको इनरुवा भाण्टावारी सडक खण्डमा यातायात वन्द गरे।उनिहरुको बन्दका कारण विहान ८ वजेदेखि १२ वजे सम्म पुवपश्चिम गर्ने सवारी साधन आवतजावत ठप्प भएको थियो। सरकार कोशी पिडितको माग प्रति गम्भीर नभएको भन्दै आन्दोलित हुदै आएका कोशी वाढीपिडित संघर्ष समितीले एक सातादेखि पुनः आन्दोलन गर्न थालेको हो।
उनिहरुले पुर्व पश्चिम राजमार्गको नहर चौक र दुधगंजमा राजमार्गमा वसी सावारी आवागमन ठप्प पारेका थिए। उनीहरुले कोशी पिडितका नाममा भएका राहत लगायतका कार्यक्रमको आयब्यय र्सार्वजनिक गर्नुपर्ने ,वाढी पीडित छानविन समितीले बुझाएको प्रतिवेदन र्सार्वजनिक गरी तत्काल लागु गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।
यसैबिच विश्व बैंकका कन्डिक्ट डाइरेक्टर सुजन गोल्डमाल सहितको पाच जनाको टोली मंगलवार सुनसरी स्थित कोशी वाढी प्रभावित क्षेत्रको गतिविधि बुझ्न स्थलगत निरिक्षण गरेकेा छ। टोलीले मंगलबार दिउसो कोशी कटान क्षेत्र,वाढीले भत्काएको वाँध र त्यहाँ भइरहेको पुन निर्माण कार्यको निरीक्षण गरेको हो।
उक्त टोलीले वाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नुका साथै पिडित र बाँध निर्माण गरिरहेको भारतिय कम्पनी संग तत्काल राहात वितरण र पुननिर्माण कार्यको भइरहेको प्रगतीका वारेमा जानकारी लिएको पर्ुव क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । राजधानीवाट हेलीकप्टरमा दिउँसो १ वजे आएको डाइरेक्टर गोल्डमालको टोलीले करिव ३ घण्टा वाढी प्रभावित क्षेत्रमा निरिक्षण गरि काठमाण्डौ फर्किएको जनाईएको छ ।
Republished in new layout on 7/18/2013
Discussion about this post