माओबादी नेताहरुले सरकार छाडेर बन्दुक बोक्छौ भन्नु बाँदरे घुर्की भएको बताउनु भयो। उहाँले बाँदरले मान्छेलाई तर्साउन पर्यो भने रुखको हाँगा हल्लाएर रुखनै ढालि दिन्छु भन्छ तर बाँदरले रुख कसरी ढाल्न सक्छ -प्रश्न गनुभयो ।
जनताले गल्ती गरेको
विराटनगर २५ चैत
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले माओवादीलाई भोट दिएर गल्तीगरेको महशुस अहिले नेपाली जनताले गरीरहेको बताउनुभएको छ। नेकपा एमाले मोरङले मंगलवार अपरान्ह विराटनगर स्थित भृकुटी चौकमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले शान्तीको सास फेर्न पाईन्न भनेर माओवादीलाई भोटदिने जनताहरु अहिले माओवादीकै अपराधिक क्रीयाकलापवाट अशान्ती भएपछि पछुतो मानिरहेको दावी गर्नुभयो।
एमाले नेता नेपालले माओबादी नेताहरुले अहिले पनि जंगली स्वभाव देखाइरहेको आरोप लगाउँदै भन्नुभयो माओबादी नेताहरुको स्वभाव देखेका कार्यकर्ताहरुले पनि उनिहरुकै सीको सिकेर त्यस्तै व्यहार देखाइरहेका छन। उहाँले नेपालमा इदीअमिन र पोलपोटको जन्म हुन नसक्ने दाबी गर्दै यदि कसैले आफुलाई इदि अमिन र पोलपोटको रुपमा प्रस्तुत गर्न खोजे नेपाली जनताहरुले उनीहरुको अबस्थामा त्यस्तै बनाइदिने चेतावनी दिनुभयो।
सो सभालाई सम्बोधन गर्दै एमाले नेता केपी शर्माले माओबादी नेताहरुले सरकार छाडेर बन्दुक बोक्छौ भन्नु बाँदरे घुर्की भएको बताउनु भयो। उहाँले बाँदरले मान्छेलाई तर्साउन पर्यो भने रुखको हाँगा हल्लाएर रुखनै ढालि दिन्छु भन्छ तर बाँदरले रुख कसरी ढाल्न सक्छ -प्रश्न गनुभयो ।
त्यसैगरी उहाँले अहिले सरकारमा बसेर माओबादीले चरम गुण्डागर्दी गरेको आरोप लगाउँदै राणा शासन ढालेका जनताले माओबादीको गुण्डागर्दी पनि समाप्त पार्ने चेतावानी दिनुभयो। सभामा एमालेवाट उम्मेद्धवारी दिनुभएका मोरङ क्षेत्र नंम्बर ५ का जिवन घिमिरे र ७ का विनोद ढकालले आफुहरूलाई जनताको सेवक बनाईदिन आफ्नो अमुल्य मत दिई विजयी गराउन हुन आम मतदाताहरुलाई आग्रह गर्नुभयो।
Republished in new layout on 7/18/2013
Discussion about this post