प्रसासनले कडा कदम चाल्ने भने पनि उनिहरु प्रदर्शन गर्दै नारावाजी गर्न थालेपछि केहि गर्न नसकेको स्थनियवासीहरुले वताएका छन्।
बाढीपीडीतद्धारा निषेधको अवज्ञा गर्दै प्रदर्शन जारी
विराटनगर-बैसाख
कोशी वाढी पिडितहरुले सोमवार वाह्रौं दिन पनि प्रसासनको निषेधीत क्षेत्रको उल्लघंन गर्दै पर्ुव पश्चिम राजमार्गको इनरुवा कोशी ब्यारेज खण्डमा चक्काजाम जारी राखेका छन्। स्थनिय प्रसासनले शनिवार साँझ सात वजेदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरी यातायात सेवा संचालनमा ल्याउने प्रयास गरेपनि वाढीपिडितको अवरोधका कारण आइतवार विहान देखि पुनः चक्काजाम गरेका थिए। प्रहरी प्रसासनले आइतवार राती ८ वजेदेखि विहान सम्म स्कर्टिङवाट कटान क्षेत्रमा यातायात सुचारु गरेको भएपनि सोमवार विहान ७ वजेदेखि पर््रदर्शन गर्दै वाढी पिडितहरु राजमार्गमा निस्कीएपछि सावारी आवागमन ठप्प भएको छ।
प्रसासनले कडा कदम चाल्ने भने पनि उनिहरु प्रदर्शन गर्दै नारावाजी गर्न थालेपछि केहि गर्न नसकेको स्थनियवासीहरुले वताएका छन्।
प्रसासनले आइतवार देखि राती राती मात्र सवारी संचालन गर्न सफल भएको छ। वाढी पिडितहरु सरकारी छानविन कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, वाढी पिडितको सहयोगकोलागी विराटनगरमा स्थापना गरिएको कृषि तथा पुशु सेवा कार्यालय इनरुवामा सार्नुपर्ने लगायतका सात बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। उनिहरुले आफ्ना माग पुरा नभएसम्म राजमार्ग ठप्प पारीरहने चेतावनी दिएका छन्।
Republished in new layout on 7/18/2013
Discussion about this post