कुटो कोदालोका साथ घरघरबाट श्रमदान गरेर, भवनका लागि आवश्यक काठ, बाँस, ढुंगा आफैले जोहो गरेर उनीहरुले भवन निर्माण गरेका हुन् । भवनको छानो लगाउने बाहेक सबै काम सम्पन्न गरिसकेका उनीहरुले त्यतिका धेरै काम गर्दासम्म कुनै सरकारी वा गैरसरकारी निकायलाई गुहार्नु परेन ।
गाउँलेहरुको आफ्नै प्रयासबाट सामुहिक अध्यायन केन्द्र भवन निर्माण
शिशिर दाहाल उदयपुर २१ बैशाख
सामुहिक प्रयास गरे, सम्भव केही छैन भन्ने उदाहरण उदयपुरको सिद्धिपुर-४ का बासिन्दाहरुले गरेरै देखाएका छन् ।उनीहरुले सामुहिक प्रयासबाट गाउँमा सामुदायिक अध्यायन केन्द्रका लागि भवन निर्माण गरेका छन् । कुटो कोदालोका साथ घरघरबाट श्रमदान गरेर, भवनका लागि आवश्यक काठ, बाँस, ढुंगा आफैले जोहो गरेर उनीहरुले भवन निर्माण गरेका हुन् । भवनको छानो लगाउने बाहेक सबै काम सम्पन्न गरिसकेका उनीहरुले त्यतिका धेरै काम गर्दासम्म कुनै सरकारी वा गैरसरकारी निकायलाई गुहार्नु परेन । आफ्नो काममा अरुको मुख ताके आसै आसमा निरास बन्नु पर्ने भएकोले अन्य दश काम छाडेर भएपनि भवन निर्माणमा जुटे गाउँलेहरु। “अरुको आसमा बसे कामै हुँदैन, त्यसैले आफ्नो काममा आफै जुट्यौं ।” स्थानीय युवा विजय थुलुङ र्राईले भन्नुभयो । “यस कामका लागि गाउँका बालादेखि बृद्धसम्मले खटेका छन् ।” र्राईका अनुसार भवन निर्माणका लागि स्थानीय विभिन्न सामुदायिक संस्था, आमा समूह, युवा समुह, बाल समूह र सामुदायिक वनको महत्वपूर्ण भुमिका छ । विशेषगरी सिंहदेवि समूह, उच्चज्योती महिला समूह, जनचेतना युवा क्लव लगायतको महत्वपूर्ण भूमिका रहेको र्राईले बताउनुभयो । ती समूहहरुले आफ्नो समुहमा बचत भएका रकमहरु समेत भवन निर्माणमा खर्च गरेका छन् ।
भवनको बाँकी एउटा प्रमूख काम छानो लगाउन भने जिल्ला स्थित एक संस्था नेस्पेक-उदयपुरलाई आग्रह गरिएको र गाउँलेहरुको आग्रह बमोजिम जस्तापाताको छानो लगाईदिने सहमति भईसकेको गाउँकी सामाजिक परिचालिका बसन्ती र्राईले बताउनु भयो। गाउँलेहरुका गाउँभरीका समुहहरुलाई बैठक, छलफल, अध्यायन आदिका लागि सजिलो होस् भन्ने उदेश्यले निर्माण गरिएको हो । भवन निर्माण सम्पन्न भईसकेपछि गाउँमै भएपनि आफुहरुको बैठक, छलफल, भेला, गोष्ठि, अन्तरक्रिया आदिका लागि सजिलो हुने उनीहरुको भनाई छ । सामुहिक भवन नहुँदा कहिले गाउँलेको आँगनमा, त कहिले चौरी, बारीमा समेत बस्नु पर्ने स्थिति थियो । त्यस्तोमा बस्दा कहिले पानी परेर समस्या पार्ने, कहिले घामले पोलेर सताउने त कहिले हावाहुण्डरी चलेर चिहिलविहिल पार्ने गरेको थियो । अव भने त्यस्ता समस्याबाट मुक्ति पाईएको आभाव गाउँलेहरुले गरेका छन् ।
“अव हामी ढुक्क छौं, किनकी हाम्रो सामुहिक भेला र बर्साईको लागि हामी आफैले ब्यबस्थित भवन निर्माण गरिसकेका छौं” विजयले भननुभयो ।
Republished in new layout on 7/17/2013
Discussion about this post