मुलुकका विभिन्न टेलिभिजन च्यानलहरूले प्रशारण गरेको सो भिडियोमा माओवादीका अध्यक्ष प्रचण्डले जनमुक्ति सेनालाई २०६४ पौष १८ गते तेस्रो डिभिजनमा निर्देशन दिएको थिए ।
शिशिर दाहाल विराटनगर २२ बैशाख
माओवादी सत्तामा रहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाका कमाण्डरहरूलाई दिएको निर्देशनको भिडियो र्सार्वजनिक भएपछि नयाँ हलचल पैदा भएको छ। मुलुकका विभिन्न टेलिभिजन च्यानलहरूले प्रशारण गरेको सो भिडियोमा माओवादीका अध्यक्ष प्रचण्डले जनमुक्ति सेनालाई २०६४ पौष १८ गते तेस्रो डिभिजनमा निर्देशन दिएको थिए । यद्यपी सो बेला प्रचण्ड भने प्रधानमन्त्री रहेका थिएनन्।
र्सार्वजनिक गरिएको भिडियोमा प्रचण्डले १२ बुँद्दे सहमतिमा माओवादीको हस्तक्षेपको कारणमात्र सम्भव भएको बताइएको छ । भिडियो उनले भनेका छन्- १२ बुँद्दे सम्झौता कसैका कारणले सम्भव भएको होइन, त्यसमा सम्झौता हुनुमा माओवादीले फौजी ढंगबाट चलाएको अभियानले मात्र सम्भव भएको हो । प्रचण्डले सो सहमतिका लागि भारतको कुनै सहयोग नरहेको खुलासा रहेका छन् ।
Republished in new layout on 7/17/2013
Discussion about this post