हाकीमलाई खोज्न आए फिल्डमा जानुभएको छ भन्नु भनि बताइएको छ, नाम नबताउने शर्तमा त्यहाँ एक कर्मचारीले बताए
नयाँ नेपालका कार्यालय प्रमुख
शिशिर दाहाल विराटनगर २१ बैशाख
कार्यालयमा महङ्गो कुर्सी र कुर्सीमाथि महङ्गै तौलिया छ । फोनको घण्टी बजिरहन्छ । वर्षबित्यो क्यालेण्डर पनि परिवर्तन गरिएको छैन । रातो कलम टेवुलमा ठड्याइएको छ । टेबुलभर निम्ता पत्रहरू छर पष्ट छन् ।अनि यी र यस्तै माहौलले कार्यलय प्रमुखको शानलाई जीवन्त बनाइरहेको छ । तर नयाँ नेपालका कार्यलय प्रमुखको शैली भने पुरानै छ।
प्रसंग हो विराटनगरस्थित सडक डिभिजन कार्यालयको । सो कार्यलयका प्रमुख अशोक कुुमार चौधरी बिभिन्न कामको बाहानामा कार्यलयमा प्राय संधै अनुउपस्थीत हुने गरेका छन । कार्यक्षेत्रमा ब्यस्त रहेको बहानामा चौधरीले नत कार्यलयको काम गरेका छन बा सेवाग्रहीलाई सेवा नै पुर्याएका छन ।
कार्यक्षेत्रको हकमा कार्यलयले रानि देखि भेडेटार सम्मको ६३ कीलोमीटर र मावा खोलादेखि उर्लावारी सम्मको सडक हेर्नुपर्छ । मोरङ र सुनसरी जिल्लाका यती सडकहरु मात्र हेर्नुपर्ने कार्यलय प्रमुख महिनै सम्म कार्यालयमा अनुपस्थीत हुने गरेका छन । अब दैनिकबाट पटक पटक समाचार संकलनको लागी सो कार्यलयमा पुग्दा प्रमुख चौधरी फील्डमा गएको बताइयो । कार्यलयका एक महिला कर्मचारीले कार्यलय प्रमुख कार्यलयमा नआउने गरेको कारणले नै आफुले चैत महीना देखिको तलव नपाएको गुनासो पोखिन । सोही कार्यलयका अर्का कर्मचारीलाई हाकीमको बारेमा सोध्दा भनैखै त उहाँ यहाँ हुनुहुन्न, दिनै पिच्छे मान्छेहरु आएर हाकीम खोज्छन हामीले के भन्ने । हाकीमलाई खोज्न आए फिल्डमा जानुभएको छ भन्नु भनि बताइएको छ, नाम नबताउने शर्तमा त्यहाँ एक कर्मचारीले बताए ।
प्रमुख नहुदा सास्ती
प्रमुख चौधरी जहिले पनि सर्म्पर्कदेखि बाहिर रहने गर्दछ । सजिलै सर्म्पर्क नहोस् भनेर उनले पश्चिम क्षेत्रको मेरो मोबाइलको सिम प्रयोग गरिरहेका छन् । अझ उनको कार्यालय आउने शैली त झन गबजको रहेको रहेछ । एक कर्मचारीले भने- वहाँ आकल झुकल कार्यालय त आउनुहुन्छ । अझ कार्यालय आउनु हुँदा हाफ पेन्टमै आउनु हुन्छ ।
कार्यलयमा हाकीम नबस्ने र सर्म्पर्कमा नरहने भएकाले आफ्नो काममा सास्ती भोग्नु परेको उर्लावारी रीङ रोड ब्यवस्थापन समितीका संयोजक विरवल थापा बताउछन । उर्लाबारीको रिङ रोडको लागी गत बर्षा विनियोजन भएको ११ लाख रुपैयाबाट प्रमुख कार्यलयमा नबस्ने भएको कारण १ लाखको पनि काम हुन नपाएको थापा बताउछन । यसपाली पनि ५ लाख रुपैया विनियोजन भएको छ कार्यलय प्रमुखको अतो पतो छैन प्रिmज भएपछि आफ्नो पोल्टामा हाल्न पाइहाल्छन उनले भने । फागुन महिनामा भेट्न आउदा एक साता पछि आउनु भनी समय दिएका थिए त्यस पछि अहिलेसम्म न कार्यालयमा भेट्न सकीन्छ न फोन लाग्छ आक्रोशित हुदै थापाले बताए ।
सडकमै समुद्र
सडक डिभिजन कार्यलयको काम ब्रि्रीएको सडक मर्मद गर्नुपर्ने हुन्छ । तर विराटनगरका बिभिन्न ठाउूमा सडक भत्कीएर पानि जमेको भए पनि कार्यलयले त्यसमा कुनै वास्ता देखाएको छैन्ा । विराटनगरस्थित बलभद्र राजमार्गको सत्यनारायण स्कुल अगाडी सडक भत्कीएर २ बर्षेखि बाह्रै महिना पानि जम्दा पनि कार्यलयले त्यसतर्फकुनै चासो देखाएको छैन । सम्वन्धित निकायमा सबै टोलका बासिन्दाले सडक बनाउन पहल गरेपनि कार्यलयले कुनै चासो नदेखाएका स्थानिय ब्यापारी मुकुन्द कोइराला बताउछन । त्यस्तै विराटनगरका बिभिन्न ठाउका सडकको यस्तै गति रहकेा छ ।
Republished in new layout on 7/17/2013
Discussion about this post