उक्त अवस्रमा नव प्रवेशी कार्यकर्तालाई सम्बोधन गर्दै इन्चार्ज वस्नेतले माओवादी र जतीवादी पार्टी अन्याय र अत्याचारबाट दिक्क भएका नेपाली जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन एमालेले जागरुक यूवाहरुको संगठन निर्माण गरेको बताउनु भयो।
युथफोर्सद्वारा वृक्षारोपण
शिशिर दाहाल रंगेली १ असार- ने.क.पा. एमालेको भातृ संगठन युथफोर्सले सोमवार मोरङ जिल्लाको रंगेलीमा शक्ति प्रदर्शन पछि जिल्ला अस्पताल रंगेलीमा वृक्षारोपण गरेको छ।
जनता मा.वि. आमतोलामा आयोजना गेको शक्ति प्रदर्शन कार्यक्रम विभिन्न पार्टीसँग आवद्ध यूवाहरुलाई फोर्सका मोरङ जिल्ला इन्चार्ज पर्शुराम वस्नेतले टिा र पट्टा लगाई स्वागत गर्नु भएको थियो भने उक्त अवसरमा विभिन्न पार्टी त्यागि ५० यूवाहरु फोर्समा आवद्ध भएका थिए।
उक्त कार्यक्रम पछि निस्किएको फोर्सको र्यालीले बजार परिक्रमा गरी जिल्ला अस्पताल रंगेलीमा पुगेर वृक्षारोपण गर्नुका साथै अस्पताल सफाई कार्यक्रम समेत सम्पन्न गरेको थियो।
फोर्सको मोरङ जिल्लार् इन्चार्ज पर्शुराम वस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व ने.क.पा. एमाले रंगेली गाउँ कमिटी सचिव मनोज अग्रवालले गर्नु भएको थियो।
उक्त अवस्रमा नव प्रवेशी कार्यकर्तालाई सम्बोधन गर्दै इन्चार्ज वस्नेतले माओवादी र जतीवादी पार्टी अन्याय र अत्याचारबाट दिक्क भएका नेपाली जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन एमालेले जागरुक यूवाहरुको संगठन निर्माण गरेको बताउनु भयो।
सो अवसरमा बोल्दै बस्नेतले हिजोमात्र पनि माओवादीका कार्यक्रकर्ताद्वारा कालिकोटमा एमाले जिल्ला सचिव कर्मराज शाही र युथफोर्स सचिव दान व. शाही माथी सांधातिक आाक्रमण भएको भन्दै त्यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्न नसके युथफोर्सले कारवाही गरेर देखाउने बताउनु भयो।
माओवादी कार्यकर्ताले जहिले पनि निहात्या र्सवसाधारण माथी लुकेर पछाडिबाट आक्रमण गर्नै गरेका कारण हिम्मत भए अगाडी बाट आक्रमण गर्न वहाले चुनौती दिनु भएको छ।
सो अवसरमा बोल्दै अनेरास्ववियू का सचिवालय सदस्य नरेश खतिवडाले माओवादीको भुलभुलैयामा परेर हजारौ नेपाली युवाले ज्यान गुमाई सकेको हुदा अब नेपाली युवाहरु हत्या हिंसाको राजनीति छाडी राष्ट्रियता जोगाउने र विकास निर्माणमा जोडदिनु पर्ने बताउन भोलिका राष्ट्रका कषाधार युवाले सधै हत्या र हिंसाका बातावरणमा गुज्रि रहनु पर्दा मुलुकको ठुलो शक्ति दिन प्रति दिन होस् हुदै भए गएको भन्दै अव वैचारिक छलफलबाटै युवा जमात अघि बढनु पर्ने बताउनु भयो।
सो अवसरमा एमालेकार् इलाका सहसचिव संतोष साहले स्वागत मनतव्य दिनु भएको थियो भने गाउँ कमिटी सचिव मनोज अग्रवालले माओवादीका जिल्ला सदस्यबाटै आमतोलामा आफ्ना पार्टी जेष्ठ नागरिक माथी अपमानित ढंगबाठ माओवादीमा आउन दवाव दिने गरेका कारण कार्यकर्ताको हौसला बुलन्द गर्ने उद्देश्यबाट युथफोर्सले आमतोलामा शक्ति प्रदर्शन कार्यक्रम आयोजना गरेको बताउनुभयो सुदिप के.सी. तथा एमाले रंगेली गाउँ कमिटी सहसचिव देवमणी कटुवाल, फोर्स इन्चार्ज अजय राय, गाउ“ कमिटी सल्लाहकार जगरनाथ साह, हरि प्रसाद मण्डल लगायतको सहभागिता रहेको थियो।
Republished in new layout on 7/12/2013