पेट्रोलीयम डीलर्स एसोसिएन कोसीले मंगलावर विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि कोसी पेट्रोकेमीकलले नक्कली डीजेल विक्री गरिरहेको आरोप लगाएको छ। एसोसिएसनद्धारा जारी विज्ञप्तीमा सो कम्पनीले राजश्व न्यून वुझाएर अकुत धन आर्जन गर्न खोजेको, वातावरणलाइ असर गर्ने डिजेल विक्री गरेको, जनस्वास्थ्यमा हानी गर्ने पेट्रोलीयमको कारोवार थालेको, गुणस्तरहीन डीजेल उत्पादन गरेको लगाएत आरोप लगाइएको छ।
कोसी पेट्रोको डीजेल अनुशन्धान गर्न माग
शिशिर दाहाल, असार २ – विराटनगरमा कच्चा तेल प्रशोधन गरि डीजेल विक्री गर्न थालेको कोसी पेट्रो केमीकल्सको कारोवार प्रति विभिन्न कारण देखाएर नेपाल आयल निगमका डीलरहरुले विरोध जनाएका छन।
पेट्रोलीयम डीलर्स एसोसिएन कोसीले मंगलावर विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि कोसी पेट्रोकेमीकलले नक्कली डीजेल विक्री गरिरहेको आरोप लगाएको छ। एसोसिएसनद्धारा जारी विज्ञप्तीमा सो कम्पनीले राजश्व न्यून वुझाएर अकुत धन आर्जन गर्न खोजेको, वातावरणलाइ असर गर्ने डिजेल विक्री गरेको, जनस्वास्थ्यमा हानी गर्ने पेट्रोलीयमको कारोवार थालेको, गुणस्तरहीन डीजेल उत्पादन गरेको लगाएत आरोप लगाइएको छ। एसोसिएसनका महासचिव मुकुन्दप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तीमा ५० औ अर्व रुपैयाको पेट्रोलीयमको कारोवारलाइ धराशयी बनाउन खोजेको, कारोवारमा आश्रीत मजदुरहरुको रोजीरोटीमा प्रश्न चिन्ह लगाएको , उपभोक्तालाइ ठगी गर्न खोजेको लगाएत आरोप लगाएर तत्काल यस्तो विवादास्पद कारोवारको अनुशन्धान गर्न माग गरिएको छ। माग पुरा नभए एसोसिएसनले राष्ट्रव्यापी रुपमा चरणवद्ध आन्दोलनको घोषणा समेत गर्ने चेतावनी दिइएको छ।
मोरङको हातिमुडामा स्थापना भएको कोसी पेट्रो केमीकल्सले गत जेठ ७ गते देखि प्रशोधन गरेको डीजेल वजारमा विक्री थालेको छ। कम्पनीका निर्देशक सुवेाध कोइरालाले भने आफुहरुको कम्पनीले राज्य, उपभोक्ता, मजदुरलाइ अहीत गर्ने गरि कुनै काम नगरेको दावी गर्नु भएको छ। उहाले उधोग, वातावरण मन्त्रालयले आफनो प्लाण्टको अवलोकन गरेर मात्रै कच्चा तेल प्रशोधनको अनुमती दिएको जानकारी दिनु भएको छ। उहाले भन्नु भयो – नेपाल आयल निगमले समेत हाम्रो कारोवारका सम्वन्धमा नो अव्जेकसन लेटर दिएको छ। तर त्यही निगमको मातहतमा रहेका डीलर्सहरुले रुनेकराउने गर्नुको अर्थ मैले वुझन सकेको छैन।
आफनो कम्पनीद्धार उत्पादीत डीजेलको गुणस्तर परिक्षण गर्ने, अनुगमन गर्ने, नियम पालना भए नभएको हेर्ने निकायले कुनै अवरोध नगरेको दावी गर्दै निर्देशक कोइरालाले भन्नु भयो – हाम्रो कारोवारको सम्वन्धमा कम्पनीले पुरा गर्ने सवै प्रक्रिया पुरा गरेको छ। प्रमाणीक रुपमा हामी माथी आरोप लगाउनु ठीक हुन्थ्यो। निराधार विषयवस्तु राखेर विज्ञप्ती प्रकाशीत गर्दैमा सत्य झुठ हुन सक्दैन।
Republished in new layout on 7/12/2013