• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अध्यक्ष थापा गंभीर विवादमा

by Shishir Dahal
July 15, 2013
in News & Events

 

Shishir Dahal, Biratnagar
Shishir Dahal,
Biratnagar

प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा काम गरेका घनश्याम पोख्रेल र पुष्पराज देउजालाइ नियोगका क्षेत्रिय सचिव थापाले पैशा दिनु भएन। नियोगको मीटीङमा तीन महीनाको करीव १५ हजार रुपैया नदिएको भन्दै घनश्याम पोख्रेलले गाली गलौज नै गरेर रकम असुले।


अध्यक्ष थापा गंभीर विवादमा

विराटनगर,असार १७

गैह्र सरकारी संस्था महासंघ क्षेत्रिय समीतीका अध्यक्ष शंकर थापाले पदको दूरुपयोग गरि विभिन्न विवादास्पद कार्य गरेको रहस्य खुलासा भएको छ।

अध्यक्ष थापाले विभिन्न उपाय लगाएर आर्थीक कार्यहरु विवादस्पद रुपमा गरेको विश्वस्त स्रोतले अवदैनिकलाइ जानकारी दिएको छ। अध्यक्ष थापाले गर्नु भएका करीव दर्जन विवादास्पद कार्यहरुको फेहरिस्त प्राप्त भएको छ। प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा भएको विवाद, संविधान सभाका लागि चेतनामुलक जनयात्रा विवाद, रणनीतिक योजनामा जिल्ला गैससलाइ क्षेत्र गैससले २० हजार रुपैया नदिएको विवाद, तालीमका क्रममा संखुवासभा जादा भएको खर्च दुइ तर्फाट लिएको विवाद, लाहानमा भएको गोलमेच सम्मेलनमा नखुवाएको खानाको वील वनाएर पैशा लिएको विवाद, प्रोजेक्टर खरिदमा कम कोटेसन नदिने संस्थाबाट प्रोजेक्टर खरिदका लागि भएको विवाद, भएको सम्झौता अनुशारको पैशा नदिएर विभिन्न व्यक्तिहरुसंग भएको विवाद आदी प्रमुख छन।

प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा काम गरेका घनश्याम पोख्रेल र पुष्पराज देउजालाइ नियोगका क्षेत्रिय सचिव थापाले पैशा दिनु भएन। नियोगको मीटीङमा तीन महीनाको करीव १५ हजार रुपैया नदिएको भन्दै घनश्याम पोख्रेलले गाली गलौज नै गरेर रकम असुले। यो विषयमा वारम्वार विवाद समेत भयो। अर्का कर्मचारी देउजाले भने रकम अझै पाएका छैनन। अध्यक्ष थापाले देउजालाइ पनि पैशा दिएको जानकारी दिनु भएको थियो। यो विषयमा मानव अधिकार सञ्जाल मोरङका संयोजक सोमराज थापाले देउजासंग पैशाका बारेमा सोध्दा देउजाले पैशा नपाएको जवाफ दिएका थिए। सञ्जालमा पनि यो विषय पुगेपछी संयोजक थापाले यस विषयमा वुझनु भएको थियो।

करीव एक वर्षअघि सुशासन परियोजना अर्न्तर्गत महासंघ क्षेत्र अध्यक्ष थापा र केशव दाहाल एक कार्यक्रमका लागि संखुवासभा जानु भएको थियो। संखुवासभावाट फीरेपछी अध्यक्ष थापाले कार्यक्रमका दौरान करीव नैँ हजार रुपैया खर्च भएको विवरण केन्द्रीय समितिमा पठाउनु भयो र रकम लिनु भयो। यता क्षेत्रीय समितिमा पनि सोही विवरण पेश गरेर त्यति नै रकम लिनु भयो। एउटा कार्यक्रममा भएको खर्चको भर्पाइ दुइ तिरवाट उहाले लिनु भयो। यसको रेकर्ड गैससको केन्द्र र क्षेत्र दुवै तीर अझै छ। अनुशन्धान गर्ने हो भने यो विषय प्रमाणीत समेत हुन्छ -स्रोत दावी गर्छ।

त्यस्तै करीव डेढ वर्षअघि लाहानमा तराइको मुद्धाका विषयमा गोलमेच सम्मेलन भएको थियो। सो सम्मेलनमा भाग लिन अध्यक्ष थापा सहीत दिनेश श्रेष्ठ, सोमराज थापा, देवि वास्कोटा, सरु केसी, विष्णु र्समा लगाएतको ३०-३५ जनाको टीम लाहान गएको थियो। लाहान जाने वेलामा लौकहीमा सडक अवरुद्ध भयो। लौकहीमा केही समय टोली जाममा परयो। जाममा परेको वेला ३५ जनालाइ खाना खुवाएको विल अध्यक्ष थापाले वनाउनु भयो। रकम लिनु भयो। तर यथार्थमा लौकहीमा कसैलाइ पनि खाना खुवाइएको भने थिएन।

त्य्स्तै करीव डेढ वर्षअघि गैसस मोरङले पाच वर्षो रणनीतिक योजना वनाउने काम पायो। यसका लागि २० हजार रुपैयाको वजेट थियो। जिल्लाले रणनीति वनायो। रणनीति बनाएपछी जिल्लाले क्षेत्रसंग पैशा माग गरयो। तर क्षेत्रले पैशा अझै दिएको छैन। प्राप्त जानकारी अनुशार क्षेत्रका कर्मचारीले करीव १५ हजार रुपैया क्षेत्रको खातामा पैशा जम्मा गरिदीए। तर त्यो पैशा अध्यक्ष थापा र कोषाध्यक्षको हस्ताक्षरवाट चल्ने खातावाट पैशा झिकीयो। त्यो पैशा जिल्लालाइ दिइसकेको रेकर्ड क्षेत्रमा छ। तर जिल्लाका पदाधीकारीहरु अझै त्यौ रकम क्षेत्रबाट माग गरिरहेका छन। रणनीति वनाउन करीव ५ हजार रुपैया भने जिल्लाले पहीले ने लिइसकेको सूचना प्राप्त भएको छ।

संविधान सभाका लागि गैशस केन्द्रीय कमीटीले इलाम देखि वुटवलसम्म जनयात्रा कार्यक्रम गरेको थियो। यो काममा सहयोग जिल्ला समीतिले पनि गर्नुपर्ने थियो। जिल्लालाइ कार्यक्रम गर्न उल्लेख्य वजेट दिइएको थिएन। मीटीङ खर्च र चीया नास्ताका लागि १० हजार रुपैया क्षेत्रले दिने भनेको थियो। तर त्यो रकम जिल्ला समितिले हालसम्म पनि पाएको छैन। यो पैशाको विवाद क्षेत्र र जिल्लामा अझै छ।

त्यस्तै केही समय अघि क्षेत्रलाइ चाहीने एलसीडी प्रोजेक्टर खरिद गर्ने तयारी गरियो। प्रोजेक्टर विक्री गर्ने विराटनगरका विभिन्न पसलहरुसंग कोटेसन माग गरियो। सवैभन्दा कम मूल्यमा विराटनगरको मेगाटेकले प्रोजेक्टर उपलव्ध गराउने भयो। तर अध्यक्ष थापाले पाच हजार रुपैया कमीसन लिने योजनामा विराटनगर हीमालय रोडको माइक्रो अफीसबाट प्रोजेक्टर खरिद गर्ने पक्का गर्नु भयो। तर क्षेत्रमा जानी जानी बढी मूल्य कीन तीर्ने भनेर चकाचर्की नै भयो। अन्तमा पाच हजार रुपैया कमीसन लिने अध्यक्ष थापाको योजना तुहीयो।

क्षेत्रीय समीतीले केही महीना अघि एक पुस्तक प्रकाशन गर्ने तयारी गरयो। पुस्तक सम्पादनका लागि उमेश विश्वकर्मासँग १५ हजार रुपैयामा सम्झौता भयो। पुस्तक प्रकाशन पछी विश्वकर्मालाइ थापाले ४ हजार ५ सय रुपैया दिने प्रस्ताव राख्‍नु भयो। विश्वकर्माले नमानेपछी पुरा रकम नै दिनु पनि भयो।

देखिएका विवादका सम्वन्धमा अध्यक्ष थापाले सम्पूर्ण विवादहरु भ्रामक, कपोल्पीत भएको प्रतिक्रीया दिनु भएको छ। रणनीतिक योजनाको २० हजार रुपैया भने जिल्लालाइ अव दिइने अध्यक्ष थापाले बताउनु भयो। त्यस्तै नियोगको विषय भने आफनो व्यक्तीगत नभएर समीतीमा आएको स्पष्ट पार्नु भयो। उमेश विश्व्कर्माको विषय भने चारवटा कामको १५ हजारमा सम्झौता भएकोमा अतिरञ्जीत पारिएको बताउनु भएको छ। संखुवासभाको विषय, गोलमेचको विषय आदी भने पूर्णता असत्य भएको दावी थापाको छ। उहाले विषयवस्तुलाइ नकारात्मक ढंगवाट सम्प्रेषण नगरिदीनु हुन आग्रह समेत गर्नु भयो ।

Republished in new layout on 7/12/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In