मंगलबार राजतन्त्र ब्युताउने भन्दै राजावादीले गरेको कार्यक्रमको विरोधमा उत्रिएका गणतन्त्रवादीलाई आक्रमण गर्ने मोरङ प्रहरीका डिएसपी र प्रमुख जिल्ला अधिकारीमाथि कार्वाहीको माग गरिएको हो।

Biratnagar
अनिश्चितकालीन बन्दको आव्हान
विराटनगर, २३ असार/ राजावादी संरक्षण गरी गणतन्त्रको नारा लगाउनेमाथि दमन गर्ने सुरक्षा प्रमुखलाई कार्वाहीको माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले अनिश्चितकालिन विराटनगर बन्दको आव्हान गरेको छ।
मंगलबार राजतन्त्र ब्युताउने भन्दै राजावादीले गरेको कार्यक्रमको विरोधमा उत्रिएका गणतन्त्रवादीलाई आक्रमण गर्ने मोरङ प्रहरीका डिएसपी र प्रमुख जिल्ला अधिकारीमाथि कार्वाहीको माग गरिएको हो।
मजदुर संगठनले राजावादीको विरोधमा गरेको प्रदर्शनमा मंगलबार प्रहरीले अन्धाधुन्ध आक्रमण गरी ३ मजदुरलाई घाइते बनाएर पक्राउ गरेको थियो। महासंघले घटनामा दोषी राजावादीका मतियार सिडिओ र प्रहरी प्रमुखलाई कार्वाही तथा घाइतेको उपचार र क्षतिपूर्तीको माग गर्दै बुधबारबाट बन्दको आव्हान गरेको हो।
ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तेजलाल कर्ण्र मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राष्ट्रप्रमुख ज्ञानेन्द्र नै हुन् भन्ने राजावादीलाई संरक्षण गरी गणतन्त्रको नारा लगाउनेमाथि गरिएको आक्रमणको निन्दा गर्नुभयो। उहाँले आफ्ना माग पुरा नभएसम्म विराटनगर बन्द जारी रहने जानकारी दिनुभएको छ।
Republished in new layout on 7/12/2013