जनताले स्पष्ट वहुमत दिएर माओबादीलाई सरकारको नेतृत्व गर्ने आदेश दिएको भएपनि नेपाली कांग्रेस र एमाललेका नेताहरुले आफनो निर्देशनमा नभई विदेशी प्रभूहरुको इशारामा माओबादी नेतृत्वको सरकार ढालेको आरोप प्रचण्डले लगाए । उनले भने – कांग्रेस एमाले नै प्रयास गरेर नया सरकार वनाएको भएपनि स्वभाविक हुन्थ्यो। तर यहा त आकाशवाणीवाट आएको सन्देश अनुशार स्व्देशी प्रभु राष्ट्रपति रामवरण यादव र विदेशी प्रभूहरुको निर्देशनमा जनताद्वारा निर्वाचीत सरकार ढालीयो।
यो सरकार ढाल्नुको विकल्प छैन – प्रचण्ड
विराटनगर, भदौ २१ ।
एकिकृत नेकपा माआबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई ढाल्नु वाहेकको अर्को विकल्प माओबादीसंग नभएको वताएका छन। आइतवार विराटनगरमा माआबोदीको संयूक्त राज्य जनआन्दोलन समीतिद्धारा आयोजीत जनसभालाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखका हुन। उनले भने -कल्पवृक्ष भनेर रोपेको विरुवा विषवृक्षमा परिणत भयो। अव यसलाई ढाल्नुको विकल्प नै के छ र – जनताले स्पष्ट वहुमत दिएर माओबादीलाई सरकारको नेतृत्व गर्ने आदेश दिएको भएपनि नेपाली कांग्रेस र एमाललेका नेताहरुले आफनो निर्देशनमा नभई विदेशी प्रभूहरुको इशारामा माओबादी नेतृत्वको सरकार ढालेको आरोप प्रचण्डले लगाए । उनले भने – कांग्रेस एमाले नै प्रयास गरेर नया सरकार वनाएको भएपनि स्वभाविक हुन्थ्यो। तर यहा त आकाशवाणीवाट आएको सन्देश अनुशार स्व्देशी प्रभु राष्ट्रपति रामवरण यादव र विदेशी प्रभूहरुको निर्देशनमा जनताद्वारा निर्वाचीत सरकार ढालीयो।
अध्यक्ष प्रचण्डले लोकतन्त्रको संस्थागत विकास, स्व्सधिनता र नागरिक सर्वौच्चताका लागि लढन खोज्दा आफनो सरकार ढलेको दोहोरयाए। जनताले राजनीतिको वस चलाउने चालकको जिम्मेवारी दिएको दललाई पाखा लगाएर वनेको नया सरकारमा खलासीहरुले वस चलाइरहेको दावी गर्दै अध्यक्ष दाहालले भने – जनताले माओबादीलाई चालक, कांग्रेसलाई कण्डक्टर र एमालेलाई खालासीको जिम्मेवारी दिएका थिए। तर यहा त वस चलाउन नजान्ने खलासीले वस चलाईरहेका छन । अव दुर्घटना हुन्छ ।
लोकतन्त्रको संस्थागत विकासका लागि जनताकै हातमा हतियार हुनु पर्नेमा जोड दिदै अध्यक्ष प्रचण्डले भने- नेपाली जनताले पाएको अधिकारलाई संस्थागत गर्न कटवाल प्रवृतिलाई हटाउनु पर्छ भन्दा प्रतिक्रीयावादीहरु विदेशीहरुको शरण परे। गैरलोकतान्त्रीक पद्धतीवाट निर्माण भएको सरकारका विरुद्ध कडा संर्घर्षका कार्यक्रम ल्याइने संकेत गर्दै माओबादी अध्यक्ष दाहालले भने – मुलुकभरका विभिन्न स्थानमा १८ वटा जनसभाका कार्यक्रम तय भएका छन । यो जनसभामा हामी जनताहरुसंग आन्दोलनका विषयमा सल्लाह मात्रै गर्र्छौ । वास्तवीक आन्दोलन त्यसपछी तय हुने छ।
४० मीनेटको आफनो भाषणमा अध्यक्ष दाहालले अधिकांस समय वर्तमान सरकार र सत्तारुढ दलहरुको आलोचना गर्नमा खर्चीए। जनसभामा माओबादीका स्थायी कमीटी सदस्य गीरीराजमणी पोख्रेल, केन्द्रीय सदस्य रामरिझन यादब लगायतले धारणा राखेका थिए । कार्यक्रममा माओबादी निकट सामना जनसंस्कृति संगठनका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरे।
Republished in new layout on 7/11/2013
Discussion about this post