एम एस एन होली डे बाईबल क्यम्प २०१० (सेप्टेम्बर १० र ११)
मलेशियन संगती नेटवर्कको संयोजन र आयोजनामा क्वाललुप्पुर क्षेत्रका नेपाली संगतीहरू नेग्री सम्बिलानको गाल्डेन स्याण्ड ब्याप्टिष्ट एसेम्ब्ली पोर्ट डिक्सनमा हालै दुइ दिने चेलापन कार्यक्रम सम्पन्न भयो।
क्याम्पको मुख्या उदेश्य तेरो पालको ठाँउ बढा।तेरो पालका पर्दाहरू तन्का। तेरा डोरीहरू लामो पार्, र तेरा किलाहरू बलियो गर्।यशैया ५४:२ क्याम्का प्रमुख अध्यक्ष सुङ वाई मिङ र संयोजक टिजे लिम दाजुहरूले गर्नुभएको थियो।
क्याम्पका प्रमुख वक्ता पास्टर रूपनारायन तिम्सीना ज्यूले प्रवासी नेपाली इसाइ माझ शत्तिशाली प्रकारले २दिन भर शिक्षा दिनु भयो। नेपाली दाजुभाइ र दिदी बहिनीहरू माझ नयाँ उमङ्ग र उत्साहका साथ समुद्र छालको सुमधुर आवाज संगै परमेश्वरको राज्य विस्तार गर्न र प्रभु येशूको दोस्रो आगमनको सन्देस प्रचार गर्न उहाँहरू स्पष्ट दर्शन vision को लागि आफुलाई प्रभुमा र्समर्पणको तयारीमा हुनुहुन्थ्यो। उक्त क्याम्पमा १४० जनाको सहभागिता थियो।
Republished in new layout on 7/10/2013
Written by Buddhi Joseph


















Discussion about this post