पोखरा- पोखरेली ख्रीष्टिय युवा संगतिको आयोजनामा गत कार्तिक २१ र २२ गतेका दिन नेपाल ख्रीष्टिय रामघाट मण्डली भवनमा जवानहरुको सम्मेलन सम्पनन भएको छ। सम्मेलनमा करिव ३१४ जनाको सहभागिता रहेको थियो।
सम्मेलनको बक्ता श्री पिटर आईजक हुनुहुन्थ्यो भने ख्रीष्टिय नैतिकता सम्बन्धामा कार्यशालामा सहजिकरण को लागि पोखरा बाईवल स्कुलका प्रध्यापक श्री प्रकाश गुरुङ रहनु भएको थियो। सम्मेलनको मुख्य विषय आत्मा र सत्यतामा आराधना गरौ भन्ने विषयमा केन्द्रित रहेको थियो। सम्मेलन पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष श्री सुधिर गुरुङ ज्युको सभापतित्व र पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष श्री पा. के.पी त्रिपाठी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
Republished in new layout 7/8/2013



















Discussion about this post