६ जनवरि २०११- गैर आवासिय नेपाली एसोसियसनले नेपालका विभिन्न धर्मका धर्मगुरुहरु र नेपालका प्रमुख तिन दलका सिर्श नेताहरुलाई आमनेसामने गराई शन्ति र तोकिएकै समयमा सम्बिधन लेखनको लागि दवाब सिर्जना गर्न सोल्टि होटलमा एक कर्यक्रमको आयोजना गरेको थियो।
यस्तो किसिमको धर्मिक नेताहरु र राजनितिक नेताहरुको जमघट र धार्मिक नेताहरुबाट दबाब सिर्जना गरिएको नेपालको ईतिहासमा पहिलो चोटि हो, धेरैले यसलाई मौलिक र सर्जनशिल कार्यक्रम भनेका छन् । ऊक्त कार्यक्रममा नेपाल ख्रिष्टियन समाजबाट माहासचिव लोकमणि ढकाल र केन्द्रिय सदस्य तथा सुचना तथा संचार समन्वय समितिका संयोजक पास्टर प्रकास राज बगाले ले भाग लिनु भएको थियो। महासचिव लोकमणि ढकाल ज्यूले बुद्धिमान बनि नेपाललाई बचाउन आग्रह गर्नुभएको थियो भने अरु धर्मिक नेताहरुले पनि नेपालका प्रमुख चार दल मिलि सान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन र तोकिएकै समयमा सम्बिधान लेख्न सन्देशहरु दिनु भएको थियो। कार्यकर्मको अन्त्यमा दुईबुंदे प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको थियो । अब हेरै नेपालका नेताहरुको सुबुद्धि पलाएर एकताबद्ध भई नेपालि मौलिकता अनुसारको कार्यकुशलाता प्रदर्शन गरि आमनेपलीहरुलाई ऊज्वल भविष्य तिर डोर्याउलान् कि?
Republished in new layout 7/8/2013


















Discussion about this post