कर्णाली अञ्चलको जुम्ला जिल्लामा यही २०६७ साल पौष ९ गतेको दिन जुम्ला इसाई समाजद्बारा ख्रीष्टमस र्याली सम्पन्न भयो । यहाँका स्थानिय मण्डलीहरु: आशिष मण्डली जुम्ला बजार, बिलिभर्स मण्डली महत गाउँ, फूल गोस्पल मण्डली विजयनगर, उर्थु मण्डली पटमारा, ओमगाड मण्डली लाम्रा मिली निकालिएको ख्रीष्टमस र्याली हो ।
जुम्ला इसाई समाजको गठन भए पछिको यो पहिलो पटक निकालिएको ख्रीष्टमस र्याली हो । यहाँका पाष्टर अगुवा लगायत सबै विश्वासी जनहरु हातमा गिटार, मादल बोकी उत्साहकासाथ ख्रीष्टमसको भजन गाउँदै प्रभु येशूको जय भन्ने नाराकासाथ जुम्ला बजारको परिक्रमा गरियो ।
यस र्यालीको मुख्य उद्देश्य चाहिँ यहाँका स्थानीय बासीहरुलाई प्रभु येशूको बारेमा सुसमाचार सुनाउनु थियो । अनि अन्तमा बजारको बीच भाग तिर सबैजना जम्मा भइ गीत भजन गाइयो र फूल गोस्पल चर्चका पाष्टर श्री होम बहादुर सिंहद्बारा ख्रीष्टमसको महत्व दर्साउँदै प्रभु येशू किन यस संसारमा जन्मनुभयो र मानिसले कसरी उद्धार पाउन सकिन्छ र येशू नै एक मात्र स्वर्गजाने बाटो हुन् भनी प्रवचन दिइयो । सो दिनमा धेरै जनाले सुसमाचार सुन्ने मौका पाए।
– Kiran Taman
Republished in new layout 7/8/2013
Discussion about this post