“नयां सम्बिधानमा ख्रिष्टियान सुझाव समिति” को आयोजनामा गत चैत्र ९ गते देखि नेपाली ख्रिष्टियानहरुको लागि समाधिस्थल सरकारले उपलब्ध गराउनुपर्ने भन्दै रिले अनसन काठमान्डौको रत्नपर्क सान्ति बाटिकामा स्वतस्फुर्त रुपमा ख्रिष्टियानहरुको भब्य उपस्थितिका साथ चलिरहेको छ।
नेपालका ख्रिष्टियानहरु पनि यस देशका नागरिक हुन, नेपालका नागरिक हुनाले प्रत्यक नागरिकको आ-आफ्नो विश्वास अनुसारको मृत संस्कार पाउनु उसको अधिकार हो तर बिडम्बना भनौं यस देशका नागरिकहरुले आधारभुत आवश्यकता त परै जावस उचित मृत संस्कार समेत पऊंदैनन्। अब नेपालका ख्रिष्टियानहरुमा पनि आफ्नो अधिकार खोज्ने र राजनैतिक बिषयमा सचेतना आउन थालेको रहेछ, जसले गर्दा यस किसिमको कार्यक्रम आयोजना गर्न साहस गरियो जुन कुरा केहि वर्ष अगाडि हिचकिचहाट थियो फलश्वरुप हामि ख्रिष्टियानहरुको सम्बिधनसभामा कुनै सहभागिता हुन सकेन।
“नयां सम्बिधानमा ख्रिष्टियान सुझाव समिति” मेरो बुझाईमा एक राजनितिमा चासो राख्ने सेवकहरु र नेपालका प्रमुख पर्टिमा आवद्ध केहि यूवाहरु ख्रिष्टियानहरुको समुह हो। तर शुरु देखिनै यसलाई हांक्नेहरुले स्पष्ट नगरि “ताकपरे तिवारि नत्र गोतामे” को तालले सर्वसाधारण ख्रिष्टियानहरुलाई अलमल्लमा पारि खेलाईरहेको र अनजानबस खेलिरहेको अबस्था बिद्यमान छ। अर्को संवेदनशिल कुरा भनेको यस समिति को प्रति उत्तरदायि छ, भन्ने प्रश्न उत्तिकै गम्भिर छ। जे होस आगामि दिनमा यस समितिले आफुलाई एक राजनिति गर्ने ख्रिष्टियानहरुलाई खेलमैदान बनाईदिओस् ता कि कुनै पनि अहिलेका नेपालका पर्टिहरुको बुई नचडि र नचडाई यि र यस्ता सवालहरु सृजनात्मक ढंगले सम्बोधन गरोस्।
राजनिति र धर्म पृथक बिषयहरु हुन्, तर सम्बिधान सुझाव समितिका कार्यक्रमहरुमा (यो अनसनमा पनि) कताकता दुबैलाई मिसाउन खोजिएजस्तो लाग्छ। हो हामि प्रार्थना गर्नु पर्छ, तर पाखण्डिहरुले (बाईबलको शब्दमा) जसरि होईन तर एकान्तमा। अरुलाई देखाउन होईन तर हाम्रा श्वर्गमाहुनुहुने पिताले देखुन भनेर (येशूले सिकाउनु भएअनुसार)।
रत्नपर्कको सार्वजनिक स्थलमा बसेर प्रार्थनागरि कसलाई त्यो बिजोक देखाएको? तपाईं प्रर्थना गर्दैहुनु हुन्छ की राजनिति ? सम्बिधान सुझाव समितिका साथिहरु कृपया आफ्नो उद्धेश्य स्पश्ट गरिदिनोस् यसरि सर्वसाधारण ख्रिष्टियानहरुलाई अन्योलमा पारेर आफ्नो राजनैतिक उद्धेश्य पुरागर्ने सपना नदेख्नु नै उचित हुन्छ कि?
हामि आम ख्रिष्टियानहरुको साझा सवाललाई लिएर यसरि सरकारमा पहल गरेकोमा हामि आभारि छौं र एक्यवद्धता जाहेर गर्दछौं। एक एक हप्ता सम्म पनि कानमा तेल हालेर बसेको सरकार को ध्यान यस बिषयमा छिट्टै जावस र अर्को कठोर कदम लिन नपरि सजिलै समस्याको सम्बोधन गरियोस। हुनत हामि ढंङ्गामुढा, टायर जलाउने, बन्दहड्तालको संस्कृतीलाई प्रोत्साहन दिंसदैनौं तर त्यो भन्दापनि सृजनात्मक ढंगको नैतिक दबाब भने अबश्य दिन जानेका छौं। हाम्रा साशक बर्गलाई थाहानै छ नयां नेपाल निर्माणमा नेपाली ख्रिष्टियनहरुको यसभन्दा अघि पनि ठूलो योगदान थियो र अहिलेपनि सृजनात्मक ढंगले अघिबढिरहेको नै छ।
प्रकास राज बगाले
Republished in new layout 7/5/2013
Previous Comments
written by Dhan1 , April 08, 2011
Absolutely,it is a citizen’s right to perform one’s burial ceremony according to his/her faith in a country in such a way which should not be harmful or detrimental to others. On the other hand, it is a high time that Christian leaders should be united to solve common and national interested issue in an effective and different viable way rather than other political parties do. We pray that government should open their ears and bring a wise response towards this issue. More over, we can’t trust in government to solve the problem but we should also make a strategy which may be a stable and long term solution in the will of God.
थुप्रै सन्तान र आफन्त भएका; थुप्रै वर्ष वाँचेका मानिसको मृत्यु हुँदा उनको सम्मानित दफन गरिएन भने त्यो दु:खद हो भनिएको छ (उपदेशक ६:३)। यस मानेमा अनन्तताको वल्लो पाटाका अन्तिम उपलब्धि मृत अवस्थामा पाइने सम्मानित दफन देखिन्छ। परमेश्वर आफैंले प्रधानदूत माइकलद्वारा मोशाको शबलाई दफन गर्नुभई मोशाप्रतिको आफ्नो प्रेम र वास्ता प्रकट गर्नुभयो (व्यवस्था ३४:६; यहुदा ९)। अरिमथियाका युसुफले आफ्ना प्रभुका शवलाई आफ्ना निम्ति तयार पारिएको नयाँ कवरस्थानमा ससम्मान दफन गरे। मोशा जस्ता सम्मानित मानिस अनि प्रभु येशू ख्रीष्ट स्वयंको पार्थिव शवलाई दफन गरेर उहाँहरु प्रतिको सम्मान प्रकट गरिए। तर यसको ठिक विपरित राजा यहोयाकीमका शबलाई एउटा जनावरलाई झैं घिसारियो र शहर बाहिर फ्याँकियो। उनका निम्ति कोही रोएनन्। उनका निम्ति कसैले ‘हाय, मेरो दाज्यु’ भनेनन्, ‘हाय, उनका गौरव’ भनेनन् (यर्मिया २२:१८,१९)।
एउटा बगैंचा रुपी कवस्थानमा प्रिय जनलाई ससम्मान दफन गरियो र उनको स्मारक राखियो त उनका निम्ति त्यस स्थानमा संझना गरिने भयो। दफन रहनुको चित्रण, जलाइनु सकिनुको चित्रण हो तब। जलाइयो, खरानी भयो, सिद्धियो। जहाँ छँदै छैन त्यहाँ के को संझना? दफन छरिनुको चित्रण हो जो एकदिन उम्रनेछ, बौरनेछ तर जलाइनु समाप्तिको चित्रण। ख्रीष्टमा हुनेहरु एक दिन बौरनेछन् त्यस वास्वविकताको गवाही र चित्रण दफनले दिन्छ भने त्यो सुन्दर आशाको सन्देशका निम्ति पनि यो प्रकृया नै उत्तम हो। सबै ईशाईहरुको बुझाई र अभ्यास त यही नै हो। अब नेपाली ईशाईहरुले आफ्नो जीवन-कालमा थुप्रै स्वतन्त्रता र प्रवन्धहरु राष्ट्र र समाजवीच प्राप्त गरिरहे तापनि केही समय यता नेपाली ईशाईहरुको कटु अनुभवमा कवरस्थानको समस्या प्रमुख देखियो। यसको फलस्वरुप केही ईशाईहरु आफ्ना शवलाई पशुपतिमा जलाउन बाध्य भए। यो दु:खद घटना थियो।
ईशाईहरुका आफ्नो कवरस्थान नभएका होइनन् तर त्यसको उपभोग गर्ने पाइएन। त्यसमा समाज बाधक बने। सामाजिक अवधारणा सकरात्मक बन्न केही समय अझै लाग्न सक्दछ। कवरस्थान व्यवस्थापन मण्डली सेवाकाईको एउटा महत्वपूर्ण पाटो नै बन्न पुगेको सन्दर्भमा अब मण्डलीहरु यस विषयमा सचेत बनिसकेको अवस्था छ। मण्डली भवनका निम्ति लगानी गरिए जस्तै कवरस्थानलाई पनि सम्मानित र मर्यादित बनाउन त्यस तर्फको लगानी पनि केही बढ्नै पर्ने चाहिँ पक्कै देखियो। यी सबै कुरामा हाम्रा परमेश्वरले प्रशस्त समझ दिनुभएको होस् मण्डलीहरुलाई। ललितपुरको लेले क्षेत्रमा एवेनेजरले आफ्ना शवहरु दफन गरेका करिव डेढ दशक पछि मात्र दफनमा समस्या आए। दफनमा त्यसवेला समस्या आयो जब शवहरुलाई विविध मण्डलीहरुले यत्रतत्र अनियन्त्रित रुपमा दफन गर्नथाले र कवरस्थानहरु अव्यस्थित र दुर्गन्धित बन्न थाले। तिनै स्थानहरुमा तिनै कवरस्थानहरुलाई पर्खालले घेरेर व्यवस्थित गर्दा के होला? अनि ती स्थानहरुलाई घाट होइन पार्कको रुप दिंदा के होला? दफनै त नथालिहालौं तर पार्क बनाउन थाल्दा कसो होला। यसले समाजमा सकरात्मक अवधारणा ल्याउनेछ र निकट भविष्यमा नै ती स्थानहरु दफनका निम्ति प्रयोग गरिन अनुकुल बन्न सक्छ। अर्को कुरा दिनमा १२ घण्टा हुन्छन् (यूहन्ना ११:९)। यदि ईशाईहरु ज्योतिमा हिंडे तिनले ठेस खानेछैनन्।
पा. यू. जे. गुरुङ
Dear Pastor Bagale,
Greatly appreciate your question “to whom is this committee accountable?” and also demanding a clarification of their stand as whether they are a “political” or a “religious” group. Certainly, “takpare tiwari” has been the character of such groups in Nepal so far. Lets hope that they truly become a credible and responsible Christian body whether religiously or politically. I have a feeling that such groups have already enjoyed the power of money but somehow, the money power alone does not satisfy their empty hearts and now are looking for the political power to find significance in their lives. Unfortunately they have forgotten the words of Jesus to the rich fool “what good is it to loose your soul and gain the whole world”. As far as burial ground is concerned, we all know that land is not going to solve the issue, sooner or later, we will have to accept that there is no other alternative to cremation. Instead of land, we rather look for a suitable place where we can also burn our dead ones with full Christian rituals since the Priests in Aryaghat do not allow us to read our Bibles and Pray even if we want to cremate our dead ones.
Discussion about this post