बरिष्ठ पास्टरमा देवकुमार क्षेत्री नियुक्त
नेपालको मण्डली इतिहासमा नेपालको दोस्रो पुरानो मण्डली अथवा काठमाडौ उपत्यकामा पहिलो मण्डली बेथशालोम पुतलीसडक चर्चले हालसालै, ९ अप्रिल २०११ मा बसेको बेथशालोम परिषद्बाट श्री देवकुमार क्षेत्रीलाई पुतलीसडकको नयाँ पाष्टरमा नियुक्त गरेको छ।
मण्डलीको नयाँ विधान अनुसार बेथसालोम पुतली सडक चर्चको पाष्टरनै सम्पुर्ण बेथसालोम सेवाहरुको बरिष्ट पाष्टर रहने भएकाले श्री देवकुमार क्षेत्री नै बरिष्ट पाष्टरमा नियुक्त हुनुभएको हो।
गत १ अक्टोवर २०१० मा बरिष्ट पास्टर एम जे जोसेफ प्रभुमा उठाई लगिनुभए पश्चात उक्त दिनदेखी हालसम्म बरिष्ट एल्डर पि.ए. थोमस ज्युले आन्तरिम रुपमा नेतृत्व दिईरहनुभएको थियो। अब निकट भविष्यमा नै उपत्यकाका पास्टर तथा अगुवाजनहरु माझमा भव्य रुपमा नव नियुक्त पाष्टर देव क्षेत्रीलाई अविषेक गर्ने हेतुले अभिसेक सेवा आयोजना गर्ने कुरा मण्डलीले जनाएको छ। नव नियुक्त वरिष्ट पास्टर श्री देवकुमार बेथसालोम मण्डलीमै विगत २० वर्षदेखि पुरा समय सेवकको रुपामा सेवा गर्दै आउनुभएको थियो। उहाँ भारतको सेरामपुर विश्व विद्यालयबाट बि.डी अध्यायन पुरा गर्नु भएको छ। उहाको पत्नी शान्ता क्षेत्री र दुइ छोराहरु सन्दिप र सचिन छन् ।
ज्ञानु श्रेष्ठ
Republished in new layout 7/5/2013

















Discussion about this post