“नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता” अभियानकोराष्ट्रव्यापी भेला सम्पन्न
(काठमाडौं, भदौं २१-२२) “नयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धता” नामक राष्ट्रव्यापी अभियानको दुइदिने कार्यक्रम ज्ञानेश्वर मण्डली, कालोपुलमा सम्पन्न भएको छ। दुइ दिनसम्म चलेको सो कार्यक्रम डा. बालकृष्ण शर्माको प्रार्थनाबाट सुरु भएको थियो। पहिलो दिनमा वचनको सेवा पा. मंगलमान महर्जनले गर्नुभएको थियो।
उहाँले उत्पत्ति १२:१-४ बाट हामीलाई सजिलो भएको स्थानमा नै हामी बस्न चाहेका छौं तर विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे अनि अब्राहामको कदम हाम्रो लागि चुनौतीपूर्ण भएको छ। हामी आफैंमा ठीक छैनौं भने हामीले समुदायमा अरू बेठीक छन् कसरी भन्न सक्छौं। जातीय विभेद हामी ख्रीष्टियानमा पनि भएको हुनाले हामीलाई नै गाह्रो भएको छ। स्थानीय मण्डलीले स्थानीय ठाउँमा कसरी प्रभाव पारिरहेका छौं – भन्ने कुराहरू बताउनुभयो। पा. लोकमणी ढकालले विगतमा भएका सम्पूर्ण गतिविधिको जानकारीको साथमा त्यहाँ भएका सम्पूर्ण आर्थिक हिसाब किताबको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसपछि वेन थुर्लीले विगतमा भएका कार्यशाला गोष्ठीबाट निस्केका सम्पूर्ण सवालहरूका बारेमा जानकारी दिनुभएको थियो र प्राथमिकीकरणको आधारमा बेरोजगारी, जातीय विभेद, भ्रष्टाचार, लैङ्गकि विभेद र महिला हिंसा र अशिक्षालाई चयन गरिएका कुराहरू बताउनुभयो। सो कार्यक्रममा यी विभिन्न सवालहरूलाई विभिन्न व्यक्तिहरूले सम्बोधन गरी सो सवालमाथि समूहमा विभाजन भई मण्डलीले, समुदायले र व्यक्तिले कसरी समाधान गर्न सक्छ भन्ने छलफल चलाएर केही समाधानहरू खोजिएको थियो र सो समाधानहरू समूहहरूले प्रस्तुत पनि गरेका थिए। डा. राजेन्द्रकुमार रोंगोंगले अशिक्षा, डा. सरिता थापाले जातीय विभेद, डा. बालकृष्ण शर्माले बेरोजगारी, डा. महेन्द्र भट्टर्राईले लैङ्गकि विभेद र महिला हिंसा र सीता गुरुङले भ्रष्टाचारको विषयमा परिचय दिँदै छलफल चलाउनुभएको थियो।
दोस्रो दिनमा पा. लोकमणी ढकालले राष्ट्रिय प्रतिबद्धता पत्र वाचन गरी सार्वजनिक गर्नुभयो। उपस्थित सबै पास्टर अगुवाहरूले राष्ट्रिय प्रतिबद्धता पत्रमा सामुहिक दस्तखत गरेका थिए। त्यसपछि थिर के.सी.ले असोज ८ गतेको कार्यक्रम सम्बन्धी जानकारी दिनुभयो, जसमा सो दिन एकै समयमा पचहत्तरै जिल्लामा नयाँ नेपाल निर्माणमा राष्ट्रिय प्रतिबद्धता पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने कार्यक्रमको बारेमा बिस्तृत जानकारी थियो। सो कार्यक्रम डा. बालकृष्ण शर्माको प्रार्थनापछि समापन भएको थियो। सो कार्यक्रममा पाँचै विकास क्षेत्रबाट अगुवा पास्टरहरू उपस्थित हुनुहुन्थ्यो।
साभार: हम्रो आशिष पत्रीका
Republished in new layout 7/4/2013
Discussion about this post