पास्टर एम जोसेफ र उहाँका जीवन यात्राका पाईलाहरु एक विशेष कार्यक्रम
१७ मंसिर २०६८ तदानुसार इ.सं ३ दिसेम्बर २०११का दिन, बेथशालोम पुतलीसडक मण्डलीका सम्पूर्ण विश्वासी परिवार साथै उपत्यकाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरु, ख्रीष्टियन संघ संस्थाका प्रतिनिधिहरु र ईसाइ पत्रकार बन्धुहरु माझ आफ्नो प्रिय गुरुबा साथै सबैको एक नमुनाको व्यक्तित्व बेथशालोम मण्डलीको बरिष्ठ पास्टर स्वर्गीय एम.जे. जोसेफको स्मृती सभा भव्यताका साथ आषिशमय बातावरणमा सम्पन्न भयो।
उक्त स्मृती सभामा स्वर्गीय पाष्टर एम.जे. जोसेफको सम्झनामा एक जोसेफ स्मृती सभाहलको औपचारीक उद्धघाटन गरिएको थियो। उक्त स्मृती सभाहलको औपचारिक उद्धघाटन ने.इ.मका बरिष्ठ पास्टर रोर्बट कार्थक ज्यूले गर्नुभएको थियो। अर्को आर्कषणको रुपमा पाष्टर एम जे जोसेफका जीवन यात्राका पाईलाहरु नामाङ्गकरण गरिएको स्मृति पुस्तक पनि बिमोचोन गरिएको थियो। उक्त स्मृति पुस्तकको विमोचन भने पाटन मण्डलीको बरिष्ठ पाष्टर डा. मंगलमान द्धारा गरिएको थियो। स्मृती पुस्तकमा
मण्डलीका विभिन्न विश्वासी जनहरु साथै गुरुबाका नजिकका मित्रहरुले उहाँबाट प्रेरणा पाएका, सिकाईहरु साथै उहाँसंगका रमाईला क्षणहरु व्यक्त गरिएका लेखहरुको संगालो भएको साथै यसको अध्यानबाट नेपालको सबै विश्वासीहरुलाई विशेष आशिष पाईने कुरा स्मृती प्रकाशन टोलीको नेतृत्व गदै मण्डलीकै सदस्य ज्ञानु श्रेष्ठले जानकारी दिनु भएको थियो। यसै गरि स्मृति सभाहलबाट गुरुबाको जीवनहरु झल्किने वस्तुहरु साथै उहाँका विभिन्न अवस्थाका तस्वीरहरु राख्नुका साथै सन् २०५३ देखीका पास्टरहरुको तस्वीरहरु सजाईएका थियो जसले गर्दा बेथशालोम मण्डली इतिहासलाई सम्झना गराईरहने कुरा कार्यक्रमका संचालक एल्डर पि.ए थोमसले बताउनुभएको थियो। उक्त विशेष कार्यक्रममा गुरुबाको सम्झना गदै आफ्नो भनाईहरु व्यक्तगर्नेहरुमा बरिष्ठ व्यक्तित्वहरु डा.बालकृष्ण शर्मा, पा.लोकमणी भण्डारी, पा.देब कुमार क्षेत्री साथै गुरुआमा सारमा जोसेफ जो स्वर्गीया पा. जोसेफको धर्मपत्नी हुनुहुन्छ।
-ज्ञानु श्रेष्ठ
Republished in new layout 7/4/2013
Discussion about this post