• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, July 4, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

by BP Khanal ,PHD
April 13, 2025
in Articles, Socio-political

बि. पी. खनाल, अध्यक्ष, जनजागरण पार्टी नेपाल

 जीवनमा देखिएका कतिपय कमीकमजोरीहरूलाई नितान्त मानवीय त्रुटी ठान्ने र सुधारको अपेक्षासहित व्यक्तिगत मामिलामा दखल नदिने हो भने भर्खरै उदयीमान देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका सभापति रवी लामिछाने र त्यसैगरी एकाएक उदाएका स्वतन्त्र जनप्रतिनिधीहरूका विरुद्धमा मैले बोल्नु छैन। राष्ट्रियराजनीतिमा उनीहरूको उदयमाथि अनेकौं टिकाटिप्पणी भए, हुनु स्वाभाविक पनि हो । एकतमासले यथास्थिति प्रवृत्तिमा चलिरहेको राजनीतिक माहोल, अझ भनूँ भनेजनअपेक्षा प्रतिकूल राजनीतिक नेतृत्वले देखाइरहेको दिशाबिहिनता, राजनीतिक दलहरूले जनतासामु गरेका प्रतिज्ञाविपरीत पुरानो सत्ताकै पुनरावृत्ति र त्यसकोविकल्पको खोजीमा उर्जाशील नागरिकहरू सल्बलाइरहेको बेला परिवर्तनकारी भाषा बोल्दै आएका नयाँ, फुर्तिला र आँटिला लाग्ने युवा बयका मानिसहरूले गतिलोआशा जगाउनु स्वाभाविक कुरो भयो। यसरी एउटा बलियो धरोहरका रूपमा आशा गरिएका नामहरूमा केही स्वतन्त्र उमेदवारको रूपमा चुनाव जितेका गोपी, हर्क र बालेनहरू प्रतिनिधी पात्र बन्न सक्छन् । तथापि तिनका अलावा पनि केही वर्ष अघिदेखि यहाँ धेरथोर प्रयत्न भएका-भैरहेका छन्, हाम्रो आफ्नै प्रयत्नमा स्थापित जनजागरण पार्टी नेपाललाई यस सन्दर्भमा मननयोग्य प्रयासका रूपमा लिनुपर्दछ। तै प्रष्ट होस, स्वआस्थाको (ख्रीष्टियन) समुदायबीच शुरू भएका आमूल परिवर्तन मसिहा पार्टी र अन्य केही दलहरूको प्रकृत्ति भने यस चर्चामा अँटाउँदैन, किनभने तिनले समग्र राष्ट्रिय राजनीतिमा सीमित आस्थाको समूदायभन्दा बाहिर आफूलाई उभ्याउन अझै सकेका छैनन्। त्यस अलावा समावेसी चरित्र कायम राख्दै संविधानसम्मत् ढङ्गले दीगो राजनीतिक दर्शनसहित मैदानमा प्रस्तुत भएका यी सबै प्रयासहरूको समयोचित पहिचान गरियो र सहयात्राको इमानदार अठोट देखाइयो भने जनअपेक्षित परिणामसम्म पुग्न धेरै वर्ष अरू पर्खिनुपर्दैन।

पुरानाहरूले “नयाँ बुहारी” को संज्ञा दिएर बढ्तै पखाल्दै गरेकोबेला रवी लामीछाने समूह र अन्य स्वतन्त्र जनप्रतिनिधीहरूको रफ्तार वास्तवमै अनियन्त्रित हुने पनि देखिँदैछ भन्ने हाम्रो टिप्पणी शुरूदेखि नै रहिआएको छ । किनभने आम नागरिकका मनले सर्वसत्तावादी, भ्रष्टाचारी वा अराजक अपराधीहरूको शासनलाईनैराश्यताबश स्वीकृतिप्राय: दिइसकेको अवस्थामा शान्तिपूर्ण आन्दोलन अलि अविश्वासिलो अवश्य भैदिन्छ, अहिलेको अवस्था यही हो। धेरैले विश्वास गरेका अब्बलनामहरूले अनेक बहानामा परिवर्तनलाई परसार्दै गरेको बेला आम जनतापंक्ति निराश बन्नु र अर्को कसैले परिवर्तनको पक्षमा केही गरेर देखाउँछु भन्दा नपत्याउनुस्वाभाविक हुन्छ। यस्तो अवस्थामा आमूल परिवर्तनको पक्षमा सार्वजनिक चुनौती दिनु आफैंमा चुनौतीपूर्ण कुरा हुन्छ। हामीले सामना गर्नुपरेको सबैभन्दा ठूलो चुनौतीनै उहिल्यैदेखि चलिआएको सामन्तवादी चरित्र बोकेको राज्यसत्ता र त्यसैको प्राप्तिका लागि मरिहत्ते गरिरहेका दलहरू हुन्, यसमा दुईमत हुनेछैन। समग्रमा हामीले सामना गर्नुपरेका प्रमुख बाधकहरू तीनथरी छन्: पुरानो सत्ता टिकाइराख्न सफल देशको कर्मचारीतन्त्र, मुलुक निर्माणको दर्शन, प्रतिबद्धता र कल्याणकारी भावनाबाटरित्तिइसकेका पहिल्यै  परिक्षित नेताजनहरू र जादु देखाएझैं तुरुन्तै परिवर्तन ल्याइहाल्ने नारासहित बुरुक्कै उफ्रिएका ’स्वतन्त्र’हरू आफैं पनि, किनभने बोलेकोगरिदेखाउनु हम्मेसी सजिलो छैन।

नयाँ र उर्जाशील प्रयत्नको सेवा-सुबिधाको न्यायपूर्ण वितरण गर्ने सार्वजनिक प्रतिबद्धतासहित “फोहोरी” बनिसकेको बदनाम राजनीतिमा उदाएका हाम्रो नयाँ अनुहार त्यसकारण पुरानो सत्ता र यथास्थितिवादी चरित्र बोकेका नेताजनहरूका आँखाको कसिङ्गर बनेको हो। नयाँहरूले गतिलो उडान लिने तयारी गर्नुअघि नै तिनका पखेटाकाटिदिने रणनीतिले अहिले जितिरहेको छ र नयाँ काम गर्न आतुर कार्यकर्ताहरू क्रमस: हार्दै छन् । प्रष्टै छ, रणनीतिक ढङ्गले नयाँ प्रयत्नका पखेटा उखेल्न लागिपरेकापुराना धूर्त खेलाडीहरूको चंगुलमा देशको अदालतसमेत फँसिसकेको छ। कारण त्यति नै हो, रवि लामीछाने र सत्तासामू सीधा चुनौती बन्ने सम्भावना बोकेका जोसुकै होउन्, तिनीहरूले अदालतबाट समेत न्याय पाउने छैनन्, उल्टै हजारौंको संख्यामा चाङ लागेका मुद्दा पन्छाएर छानबिन–अनुसन्धान गरेर देषी करार गराउने र दण्डित गराउने बाटो तय हुन्छ। उदाहरणको लागि रवी लामीछानेको नागरिकता मुद्दामा फास्टट्य्राक किन गरियो भन्ने प्रश्नको नैतिक जवाफ न्यायिक प्रक्रियामा सम्लग्नसबैले एकदिन दिनुपर्छ । होइन भने उनले प्रतिनिधीसभा सदस्य पदका लागि चितवन निर्वाचन क्षेत्र नं. २ मा उमेदवारी दिएको तत्कालै “दोहोरो नागरिकता मुद्दा”निर्वाचन आयोगसमक्ष दर्ता गराइएको थियो नि, त्यसबेला उनलाई योग्य ठहर गरेर चुनाव जित्न दिने रणनीति कसको थियो? के दोहोरो नागरिकतासम्बन्धी सवालमायसअघि कुनै निर्वाचित पदाधिकारी मुछिएका थिएनन्? उसबेला कसलाई रिझाउनका लागि उनीहरूलाई पूरा अवधि सांसद बन्नमात्रै होइन, पटकपटक मन्त्रीबन्नसमेत किन दिइयो? उनीहरू अझै पनि सक्रिय राजनीतिमै छन्। त्यसो त प्रधानमन्त्री बनेका कुलप्रसाद शर्मा ओलीकै नागरिकतामा फरक तथ्य राखिएको भन्ने चर्चा नभएको होइन, तर त्यस्ता नागरिकताहरूको छानबिनसम्म पनि गरिन्न किन? अङ्गीकृत नागरिकता बोकेर सिंहदरबार पसेकाहरूले हालीमुहाली गरिरहेको बेलाजन्मजात नागरिकलाई सामान्य प्रक्रियागत त्रुटी देखाएर देशमाथि नै गम्भीर क्षति थप्ने काम किन गरियोर? जवाफ एकदिन सबैका सामुन्ने आउने छ।

बिडम्बना नभनौं, यो सब त देशले भोग्नुपरिरहेको फोहोरी राजनीतिकै निरन्तरता हो। लोकतन्त्रकै पक्षमा दुहाइ दिँदै आएको कारण राजनीतिका पुराना खेलाडीहरूलेयी नयाँ अनुहारलाई चुनावमा भाग लिनबाट बञ्चित गर्न मिल्दैनथ्यो र सबैथोक हुन दिए। चुनाव सम्पन्न भयो। परिणाम जे आयो, त्यो उनीहरूले नचिताएको परिणामभन्ने थिएन। तर कसैगरी “नैतिक” वा “कानुनी” उल्झनमा फँसाउन पहिल्यैदेखि योजनाबद्ध लागिपरेका मानिसहरूलाई रवीहरूले पनि नजरअन्दाज गर्नुहुने थिएन।निर्वाचन आयोगले उमेदवारीलाई पहिल्यै अयोग्य ठहर्‍याउन सक्थ्यो। गरेन, त्यसो हुन्थ्यो भने मुलुकमा स्थापित लोकतन्त्रकै बारे अनावश्यक टिकाटिप्पणी हुनसक्थ्यो– अन्तर्राष्ट्रिय जगतले प्रश्न तेर्स्याउन सक्थ्यो, त्यसकारण चुनाव लड्न र जित्न पाउने नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित छ भन्ने देखाइयो । निर्वाचनकासम्बन्धमा नागरिकको राजनीतिक अधिकारबारे मुद्दाको किनारा गर्नसक्ने अख्तियारी पाएको निर्वाचन आयोगलाई सर्वोच्च अदालतले “नागरिकतासम्बन्धी प्रश्न”उठिराखेको अवस्थामा किन उमेदवारी सदर गरियो भनेर स्पष्टीकरण माग्नुपर्ने आवश्यकतै ठानेन । जनताका जीवनमरणसँग जोडिएका हजारौं मुद्दाहरूलाई एकातिरपन्छाएर रवीकै मुद्दा उठाइयो र उनलाई देशको सांसद तथा गृहमन्त्री त परै रह्यो, दलको सभापति बन्नसमेत अयोग्य साबित गरियो ।

यहाँ प्रष्ट गर्नुपर्ने अर्को कुरा, रवि लामीछानेको सहकारी संलग्नता, ठगी, सम्पत्ति शुद्धीकरण वा संगठित अपराधको सम्बन्धमा अहिले जेजस्तो छानबिन भैरहेको छ, त्यसले हामी सबैलाई सत्य के भएको थियो भन्ने तत्कालै बताउने छ भन्नेमा विस्वस्त आधार देखिएको छैन। तापनि उनीमाथि भैरहेको अनुसन्धानले उनलाई दोषी ठहर गरोस् र उनीमाथि हदैसम्मको सजाय तोकियोस् पनि। “देखिस् हामीले चाहे के गर्न सक्दैनौं!” भन्ने शैलीमा रवी लामिछानेलाई सडकमा पछारियो । तर त्यस्तै संगठित ठगीमा बदनाम भैसकेका नेताजीहरूमाथि सामान्य सोधखोज नहुनु र उनीहरू विरूद्ध जाहेरीसम्म दर्ता नहुनुले प्रष्ट पार्छ, राज्य नयाँ अनुहारसँग मर्नेगरी तर्सिएको छ र पूर्वाग्रहपूर्वक अन्याय लाद्ने काम राज्यकै तर्फबाट भैरहेको छ। आशंका गरिँदैछ, दुर्गा प्रसाइँसँगै कुलमान घिसिङ र अरू अभियन्ताहरू पनि बस्तारै शासकहरूका पन्जामा पर्न सक्छन्।

यता राज्यकोषको दोहोलो काढिने क्रम रोकिएको छैन। लोकतन्त्रको लाज लुटिएको छ। जनताका मतको अवमूल्यन गरिएको छ। संविधानको मर्म बलात्कृत भएको छ – जनता सार्वभौमशक्ति सम्पन्न हुन्छन् भन्दैभन्दै समग्रमा अरूको भन्दा दोब्बर मतले चुनाव जिताएका मतदाताहरूलाई पुनमतदानको भारी बोकाउने काम पनि त यहीँ हुन्छ।

आई

यी पंक्तिहरू पढ्दै गर्दासम्ममा स्थानीय तहको उपनिर्वाचन पनि सम्पन्न भैसक्नेछ,  मत परिणाम पनि सार्वजनिक हुनेछ र फेरि पनि सम्भवतः नयाँ अनुहारले नै परिणामआफ्नो पक्षमा पार्नेछन् पनि। तर उनीहरूलाई जित्नै नदिने हरसम्भव प्रयत्न मत परिणाम जनतासामु आइसकेपछि पनि भैरहनेछ। संयोगमात्रै होइन, नयाँहरूले जितेफेरि पनि हराउने अर्को हत्कण्डा शुरू भैसकेको छ भन्नु अत्युक्ति हुने छैन। ठूला “न्युजमेकर”का लागि काम गर्ने पत्रकाररहरू एकोहोरो चुनावी माहोललाईपरिवर्तनकामी जनताको विपक्षमा पार्न लागिपरेका त छैनन्, निशङ्कोच बस्नै नदिनेगरी निरन्तर “फलोअप” भैरहेको हुन्छ। पहिल्यैदेखि पुरानो सत्ताको तर मार्न पल्किएका कति कानूनविद, वकील र न्यायधीसहरू पनि उसैगरी आशलाग्दा मानिसहरूको विरुद्ध मुद्दालाई कसरी बलियो बनाउने र फेरि उठ्नै नदिने भन्ने माथापच्चीगर्दै बसेका हुनसक्छन् भनेर आशंका गर्नु सायदै भूल हुँदैन। परिवर्तनका पक्षधर जोसुकैलाई यसैगरी निस्प्रभावी, निस्तेज र पलायन गराउने पुरानै षड्यन्त्रको गोलचक्करजारि छ ।

अर्कोतिर देशी–बिदेशी हाउगुजी फैलाएर सर्वसाधारण मानिसहरूको दिमाग भुट्ने तर ताक परे आफैं दूतावास धाउने प्रवृत्ति मानिसहरूले साँच्चिकै हामीलाई बर्बादीतिर धकेलिरहेका छन्। आफूलाई अब्बल नेपाली नागरिक भनाउन पछिनर्ने स्वदेशी मान्छेहरूले नै विश्वास तोडेर देशमा अराजकतापूर्वक भ्रष्टाचार गरेका हजारौं उदाहरणहामीसँग छँदैछन्। ठूलाठूला भ्रष्टाचार आरोपीहरू अझै खुलेआम हिँडिरहेका छन्। राजनीतिक दलको संरक्षणमा हुने घूसखोरी, करछली, कालाबजारी,मिसावट-चुहावट र गुण्डागर्दी अहिलेसम्म धेरै मौलाइसकेको छ । चुनावअघि जसरी नि जित्ने लहडमा हुने अस्वस्थ साँठ्गाँठदेखि लिएर चुनावताका हुने धाँदली रचुनावपछिका बेरुजू तथा भ्रष्टाचार हाम्रा नेताजीहरूले स्थापित गरेको राजनीतिक संस्कार हो। यिनीहरूकै आसपास र रोहबरमा देश लुटिएको छ । अनि बिदेशीकम्पनीले चाहिँ त्यसभन्दा बढ्ता के नै गर्न सक्दो होला र भन्ने अवस्था आइसकेको छ । त्यसमाथि अत्याधुनिक सूचनाप्रविधि, यान्त्रिक उपकरण तथा वेबमा डाटास्टोरिङ गर्ने प्रविधिमा नेपालको आफ्नै क्षमता विकास भैसकेको अवस्था छैन। त्यही काम गर्न कस्सिएका महावीर पुनहरूलाई बारम्बार हतास बनाउने काम पनि त हुँदैछ । हामीले साक्षी दिनुपरेको छ, देशमै जन्मिएका कम्युटर वैज्ञानिक मुनीबहादुर शाक्यको ज्ञान र सीपको बेवास्ता भयो। उनी अहिले कहाँ छन्? विज्ञान रप्रविधिको आविस्कार गर्न आँट र जोश देखाउने युवाहरू कसरी छिट्टै देशबाट लखेटिए? त्यसो त अहिलेसम्म नागरिकका वैयक्तिक विवरण संकलन, प्रसोधन,भण्डारण र प्रयोजन गर्ने भरपर्दो प्रविधि नेपाल राज्य आफैंले विकास गरिसकेको भए कुनै बिदेशीलाई किन त्यस्तो काम जिम्मा दिनुपर्ने थिएन।  हाम्रै नेता रकर्मचारीहरू साँच्चिकै नागरिक कर्तव्य तथा राष्ट्रभक्तिमा प्रतिबद्ध भैदिएका थिए भने हामीले विश्वसामू छाती चौडा गरेर खडा हुनसक्ने अवस्था आउँथ्यो, हामीयतिबिघ्न गरीब र निरिह नागरिक बन्नुपर्ने थिएन, देश अत्याधुनिक समृद्धिमार्गमा निर्बाध लम्किरहेको हुन्थ्यो। नागरिकता बोकेकै मान्छेहरूले विश्वासघात् गरेकोकारण होइन देश सबैखाले समस्याहरूको दलदलमा जाकिँदै गएको? देशका जिम्मेवार मान्छेहरूले राष्ट्रघात् नगर्ने हो भने कुनै बिदेशीले यहाँ आएर वा उतै बसेरहाम्राविरुद्ध कुभलो गर्न त परै जाओस् सोच्ने आँट पनि गर्ने थिएन। त्यसकारण गोप्यता कायम राख्ने सवालमा बिदेशी कम्पनीमाथि भरोसा गर्नै नहुने भन्ने हाउगुजीकिन फैलाउनुपर्ने ? फेरि भन्छु, यदि त्यो निर्णयले आर्थिक घोटाला गर्ने ठाउँ दिँदैन भने स्वदेशी कि बिदेशी भन्ने सवाल आफैंमा निरर्थक छ। किनभने कुनै पनितथ्याङ्कलाई अनलाइनमा राख्ने कुरा नितान्त गोप्य राख्ने भन्दा पनि आवश्यक पर्दा सरोकार राख्ने व्यक्ति वा पक्षले तत्काल प्राप्त गर्न र प्रयोग गर्न सक्नेगरीराख्नुपर्छ। राज्यले खास प्रयोजनका लागि गर्ने सङ्कलन तथा भण्डारण गर्ने जुनसुकै तथ्याङ्क कति गोप्य कि पारदर्शी रहन्छ, राख्नुपर्छ भन्ने कुरा आफैंमा निर्बिवाद हुनसक्दैन। त्यसकारण नागरिकका व्यक्तिगत विवरण लिने र त्यसको सुव्यस्थित प्रयोग गर्ने काम सोही काममा ज्ञान, सीप, प्रविधि र विश्वसनीयता जोसँग छ उसैले गर्नेहो, विश्वसनीयता उलङ्घन भएको खण्डमा स्वदेशी भए देशको र बिदेशी भए अन्तरराष्ट्रिय कानुनबमोजिम कार्वाही गर्ने शर्त लागू हुन्छ ।

मैले माथि भनेँ, नयाँ र स्वतन्त्रहरूको रफ्तारले अपेक्षित परिवर्तनलाई केही हदसम्म अस्वाभाविक बनाउँदैछ। त्यसमा सबैभन्दा अप्ठ्यारो बाधा जनता स्वयम्बन्नसक्छन्,  राजनीतिमा आम नेपालीको औसत सुझबुझ, नातागोता वा पुराना प्रभावले लतारिराखेको मानसिकताले डोर्याउने मत र उहिल्यैदेखिकाले त गर्नसकेनन्, भर्खर देखापरेकाले के नै गर्लान् त भन्ने अपत्यारजस्ता कुराले नयाँ सम्भावनालाई अलिकति भए पनि हतारो कम गर्न र परिवर्तनका ढोकाहरू बिस्तारै उघार्दैजान सुझाउँछ । त्यसमाथि मान्छे कोही पनि त्यागी मसिहा हुन सक्दैन। खोतल्दै जाने हो भने सबैमा धेरथोर खोटहरू भेट्टाइन्छन् । यस अर्थमा स्वतन्त्रहरू मात्रै अपवादहोइनन्। त्यसकारण राजनीतिक दलहरूले एकाएक कसैलाई देवत्वकरण गर्नु हुँदैन। जसरी स्थापित भनिएका दलहरूमा अमूक नामहरू निर्विकल्प नेतृत्वमाउचालिएका छन्, उसैगरी नवोदित दलहरूमा पनि जोकसैलाई ईश्वरतुल्य पूजनीय बनाउनु हुँदैन । वास्तवमा जतिसुकै लोकतान्त्रिक भनिएका भए पनि राजनीतिकदलहरूले सामन्तवादी चरित्र आजपर्यन्त कायम राखिरहनुको खास कारण नै तिनले अवलम्बन गरेको एकल नेतृत्व परम्परा हो । एकल नेतृत्व स्थापित गरिएकोदलको शिर्षनेतृत्व अहंकारी हुन्छ, मानिसहरूले उचाल्दै जाँदा त्यो ज्यादै निरंकुश अधिनायक बन्छ, उसले सुधारको लागि दिइएको सुझाव सहँदैन, आलोचना ग्रहणगर्दैन र आफूबाहेक अरू कसैलाई योग्य देख्दैन, योग्य बन्न पनि दिँदैन ।

यस सवालमा लोकतन्त्रको व्यवहारिक पक्षमाथि चर्चा गर्नु मुनासिब हुन्छ। अहिले सक्रिय राजनीतिक दलहरू कति लोकतान्त्रिक छन् त? शिर्ष तहको नेता नमरेसम्मअर्को नेताले मौका पाउँदैन भने त्यो दल कुनै हालतमा लोकतान्त्रिक होइन, अहिले उदाइरहेका कति नयाँ दल र अरू पनि अधिकांश नयाँ प्रयासहरूको हाउभाउलेपहिलेका दलहरूको भन्दा फरक चरित्र स्थापित गर्ने छाँट देखाइरहेका छैनन् । अर्कोतिर, राजनीतिक फाँटमा पहिल्यै स्थापित भैसकेका नेताहरू हुन् कि नयाँ उदाएकानामहरू, ती सबै मान्छे नै हुन् । परिबन्दले नबाँधिएसम्म हम्मेसी कोही सहीद बन्ने छैन । त्यसमाथि चुनावद्वारा सत्ता प्राप्त गर्ने सिद्धान्त अँगालेको कुनैपनि दल वाअभियानको नेतृत्व गर्ने व्यक्तिमा पनि के कति राष्ट्रवादी कर्तव्यपरायणता छ, उसले दललाई कसरी लोककल्याणकारी प्रयत्नतिर समर्पित गराउँछ र त्यसका लागिउसको दल पूर्णतः लोकतान्त्रिक मूल्यमान्यतामा खडा हुन सक्छ कि होइन भन्ने कुरा जम्माजम्मी तीनवटा कुराले निर्धारण गर्छन्: समावेसिता, सामुहिक नेतृत्व रसुसँस्कृत विधिवाद।

  • देशको वस्तुस्थितिले कुनै पनि दललाई समावेसी बन्न करमा पार्छ। यहाँको जनसांख्यिक संरचनाले विविधताभित्र एकता कायम राख्नैपर्ने बाध्यतातिर स्वतःडोर्याउँछ । यहाँका विभिन्न जाति, भाषा, धर्म, रहनसहन र सँस्कृतिहरूलाई यथोचित सम्मानसहित समेट्न सक्दामात्रै दललाई समावेसी बनाउन सकिन्छ।त्यसकारण समतामूलक मानव अस्तित्व स्वीकार गर्दै सबैको समान र सम्मानजनक उपस्थितिको ग्यारेण्टी गर्नुपर्छ । राजनीतिक दलले कुनै विशेषजातजातिको बर्चस्व देखाउने, कुनै खास वर्ग वा क्षेत्रको पक्षपोषण गर्ने अथवा कुनै धार्मिक आस्थाको हिमायति बनेर अर्कोलाई निषेध गर्ने व्यवहारगर्नुहुँदैन। राजनीतिक दल समावेसी हुनु भनेको सबैले विभेदशून्य वातावरणमा समान उपस्थिति जनाउने र सम्मानजनक ढङ्गले नेतृत्व कौशलता प्रदर्शन गर्नपाउने अवसर ग्यारेण्टी गरिएको अवस्था हो।
  • त्यसैगरी अहिलेसम्म नेपाली राजनीतिमा देखिएको विचलन, फूट,  हैकमवाद र ठूलो ओहदामा हुनेले जेसुकै बोल्न र गर्नु जायज हुन्छ भन्ने प्रचलनको अन्त्यगर्नका लागि “सामुहिक नेतृत्व पद्दति” स्थापित गर्नुपर्दछ, जसबाट पार्टी (संगठन), राष्ट्र (जमिन, जनता र जनमत) र परराष्ट्र (छिमेकी मुलुकहरू) सम्बन्धमाशिर्षनेतृत्वले एकल निर्णय गर्न पाउने विशेषाधिकार अन्त्य हुनेछ । कुनै एउटा व्यक्तिले गरेकोभन्दा कम्तीमा पनि एउटा सानो समुहले गरेको निर्णयत्रुटीरहित र परिपक्व हुनसक्छ। वास्तवमा सामुहिक नेतृत्वले पार्टीलाई र देशलाई दुर्घटनामा पर्न नदिन अहम् भूमिका खेल्न सक्छ। पार्टी संगठनको जुनसुकैतहको कार्यसमितिलाई सामुहिक नेतृत्वको अभ्यासमा ल्याउन सकेमात्रै आन्तरिक लोकतन्त्र बलियो बन्न सक्छ। यसो हुँदा पार्टीमा समावेसिता र सुसँस्कृतविधिवाद स्वतः स्थापित हुँदै जानेछ।
  • सुसँस्कृत विधिवादले प्रथमतः पार्टीलाई र त्यसले योगदान गर्न सक्ने सबै क्षेत्रलाई स्रोतसाधन, अवसर र सेवामा न्यायपूर्ण वितरण गराउँछ। दलले आफ्नैलागि चयन गरेको विधान, नीतिनियम, आचारसंहिता वा निर्देशन-निर्देशिकाको पालन गर्ने सवालमा कसैले पनि कुनै बहानामा बढी बाँधिएको वा छूटपाएको हुनुहुँदैन भन्ने सम्झौताहिन मान्यता नै विधिवाद हो, जसले पार्टीलाई अनुशासित, मर्यादित र सुसँस्कृत बनाउँछ।

यहाँ चर्चा गरिएका सवालहरू फगत सैद्धान्तिक गफ छाँट्नका लागि होइनन्। बरू गलत चरित्र बनाइसकेको राजनीतिक परिवेसलाई शुद्ध बनाउने लक्ष्यतिर बढ्नकालागि गतिलो विकल्प पक्रन सहज होस् भनेर सुझाइएका विषयहरू यी हुन् । निश्चय नै राष्ट्रिय राजनीतिमा उदाएका नयाँ अनुहारहरू तत्काल आशाको झिल्को हो।यसलाई निभ्न दिनुहुँदैन। तर निरन्तर विकल्प खुल्ला राखेर अघि बढ्नु नै आजको आवश्यकता हो। यो वा त्योमात्रै विकल्प हो भन्ने हो र माथि भनिएजस्तो पुरानैदलहरूले स्थापित गरेको राजनीतिक चरित्र यिनले पनि अँगाल्ने हो भने ती ढीलोचाँडो पतनतिर ओरालो अवश्य लाग्नेछन्। त्यसकारण मुलुक निर्माणको दर्शनबोकेका, नितान्त लोककल्याणकारी कर्तव्यमा लागिरहेका, चेतनशील, सुसूचित र विषयविज्ञता भएका अरू पनि नागिरकहरूलाई सम्मानजनक सहभागिताका लागिस्थान उपलब्ध गराउने साँचो प्रतिबद्धता प्रदर्शन हुनु जरुरी देखिन्छ। अर्थात् कसैले पनि आफूलाई मात्रै विकल्प देख्न छाडेर राष्ट्रनिर्माणको यात्रामा योग्य रविश्वासयोग्य सँगीनागरिकहरूको वृहत राष्ट्रिय अभियानका रूपमा दललाई अघि बढाउनुपर्छ। स्मरण रहोस्, उनीहरूभन्दा वरपर पनि छन् देशलाई सुन्दर शान्त र समृद्धमुलुकका रूपमा हेर्न आतुर मानिसहरू। उनीहरूलाई समयमै नसमेट्ने हो भने तिनले कतै उपहास गरिएको अनुभूतिमा अभिमान पाल्न सक्छन् र सहकर्मी बन्न सक्नेहरूप्रतिस्पर्धी बन्नसक्छन्। असल कामका लागि उत्तिकै सक्षम र जिम्मेवार मानिसहरू अनावश्यक प्रतिस्पर्धामा उत्रिनु असल होइन। हो, अहिले देशको पूर्वी क्षितिजमाउज्वल बिहानीको सम्भावनाप्रति देशप्रेमीहरू आशावादी बनेका छन्। त्यो यात्रा निकै चुनौतीपूर्ण छ, तर समयको माग, समान दर्शन र साँचो प्रतिबद्धता बोकेकामानिसहरूले ससम्मान सहयात्रा गर्ने वातावरण उपलब्ध हुँदै जानुपर्छ। यसो हुने हो भने देशमा सुशासन, शान्ति र समृद्धिको सम्भावना अझै प्रबल बन्ने निश्चित छ।

#PaM

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In