काठमाण्डौं। नेपाली चलचित्र “स्वर्गयात्रा Rapture” अब चाँडै पर्दामा आउने खरसाङको ट्रु फ्रेण्ड प्रोडक्शनको ब्यानर र डि टिभी दार्जीलिङको वैष्णवी प्रोडक्शनको सहयोगमा निर्माण भईरहेको नेपाली चलचित्र स्वर्गयात्रा Rapture को छायांकनको कार्य समाप्त भएको जानकारी चलचित्रको निर्माता तथा निर्देशक प्रकाश छेत्रीले दिएका छन्। स्वर्गयात्रा के हो र किन मानिसहरु स्वर्गयात्राको निम्ति तयार रहनुपर्छ भन्ने विषयमा जनमानसलाई बुझाएको छ। यस चलचित्रमा दार्जीलिङको धेरै प्रख्यात कलाकारहरुले अभिनय गरेका छन्। खरसाङ तथा दार्जीलिङको विभिन्न ठाँउहरुमा छायांकन गरिएको यस चलचित्रले केवल स्थानीय मात्र नभएर विश्व भरिनै छरिएर बसेका नेपाली जातिको मन अवश्य जित्ने छ भनेर धेरैले दावी गरेका छन् तथा यस चलचित्रले दर्शकहरुमा निकै लोकप्रियता हासिल गर्नेछ भनेर हाल यस माथि चर्चा चलिरहेको छ। चलचित्रका तीनवटा गीत जो अति नै लोकप्रिय बनीसकेको छ ती गीतहरुमा विज्ञान बराईली, मन्जना राई अनि शरद गहतराजले सुमधुर स्वर दिएका छन्।
स्वर्गयात्रा चलचित्र निर्माण गरिएको होहल्लाले सर्वजनसाधारणमा एउटा उत्सुकता धेरै अघिदेखी आइसकेको छ र अब दर्शकहरुका यसै उत्सुकतालाई मध्यनजर राख्दै प्रदर्शनको निम्ति तयार भएर आउनै लागेको कुरो टोलीले जनाएका छन्। यस चलचित्रभित्र बजारमा, अस्पतालमा, स्कूलमा, चर्च भवनमा अनि चारैतिर Rapture भएको घटनाहरुको दृश्यहरु दर्शकहरुले अवलोकन गर्न पाउनेछन्। २ घण्टाभन्दा अधिक समय रहेको ठूला पर्दाको चलचित्र अब चाँडैनै दर्शकहरु माझ आउने भएको छ।
Discussion about this post