काठमाडौं, मंसिर २९ गते । नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया लाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउने तयारी गरेको बताए।
सुब्बाले सम्बोधन गर्दै प्रिन्ट मिडिया र ब्रोडकास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भए पनि अनलाइन मिडियाहरुले चै अराजकता मच्चाउने काम गरिरहेको बताए। उक्त कार्यक्रममा बोल्दै उनले अनलाइन मिडियालाई जिम्मेवार हुन आग्रह पनि गरे ।
Discussion about this post